Khabar Dabali २५ चैत्र २०८२ बुधबार | 8th April, 2026 Wed

उत्तर कोरिया घोषणाको दक्षिण कोरियाले गर्यो स्वागत

सोल । आणविक हतियारहरुको परीक्षण गर्ने गरिएको स्थल भत्काएर नष्टगर्ने भनी उत्तर कोरियाले गरेको घोषणाको दक्षिण कोरियाले स्वागत गरेको समाचार छ । उक्त स्थल भत्काउन लागिएको र त्यसका लागि केही विदेशी विज्ञहरुलाई समेत आमन्त्रण गर्न सकिने जानकारी उत्तर कोरियाले दिएको थियो । शनिबार मात्र उत्तर कोरियाली केन्द्रीय सामाचार संस्था केसिएनएले सो जानकारी दिएको छ । यही मे २३ देखि यस्तो कार्यको सुरुआत गरिने जानकारी उक्त समाचार समितिले दिएको हो । आगामी जुन १२ मा सिङ्गापुरमा हुने अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र उत्तर कोरियाली सर्वोच्च नेता किम जोङ उनबीच कोरियाली प्रायद्वीपको शान्तिका विषयमा वार्ता हुदैछ । विगत लामो समयदेखि उक्त प्रायद्वीपमा रहँदै आएकोे तनावलाई अन्त्यगर्ने उद्देश्यका साथ हुने सो शिखर सम्मेलनलाई मार्ग प्रशस्त गर्न उत्तर कोरियाले केही सकारात्मक कदम चालेको छ । उक्त कदममध्येको आणविक परीक्षण गर्ने स्थललाई भत्काउने पनि एउटा सकारात्मक कार्य हो । उत्तर कोरियाले आणविक हतियार परीक्षणस्थललाई नष्ट गर्ने प्रक्रियालाई अघि बढाएको समाचार यसअघि नै आएको थियो । दक्षिण कोरियाली राष्ट्रपतिको कार्यालय ब्ल्यु हाउसका एकजना प्रवक्ताले उत्तर कोरियाको उक्त कदमको स्वागत गरेको बताउनुएको छ । उहाँले आइतबार प्रकाशन गर्नुभएको विज्ञप्तिमा आणविक विषय नै उत्तर कोरियासँगको प्रमुख विषय हो, त्यसैले यस विषयमा आएका सकारात्मक क्रियाकलापहरुले आगामी दिनका लागि पनि मार्ग प्रसस्त गर्ने बताउनुभयो । आगामी केही दिनमा उत्तर कोरियाली आणविक हतियार परीक्षणस्थलको नष्ट गर्ने प्रक्रिया अन्तर्गत विदेशी सञ्चारमाध्यमलाई बोलाइने र यसले उक्त कामको अनुगमन गर्नेछ । चीन, रूस, संयुक्त राज्य अमेरिका, बेलायत र दक्षिण कोरियाका सञ्चारकर्मीलाई आणविक हतियार परीक्षणस्थल नष्ट गरेका समाचार रिपोर्टिङका लागि अनुमति दिइने विदेश मन्त्रालयले जनाएको छ । आगामी महिना सिङ्गापुरमा हुन लागेको अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र उत्तर कोरियाली सर्वोच्च नेता किम जोङ उनबीचको वार्तालाई विश्वमा नै निकै चासोका साथ हेरिएको छ । यसअघि उत्तर कोरियाली नेता उनले चिनियाँ राष्ट्रपति सि चिनफिङ्सँग दुई पटकसम्म भेटवार्ता गर्नुभएको छ । त्यसैगरी उहाँले दक्षिण कोरियाली राष्ट्रपति मुन जाय इनसँग पनि भेटवार्ता गरेका थिए । भेटवार्ताका अतिरिक्त यी दुई कोरियाबीचमा कोरियाको विभाजनपछि पहिलो पटक शान्ति सम्झौता पनि भएको छ । दुई देशबीच युद्ध नगर्ने भनी गरिएको यस युद्धविरामबाट कोरियामा शान्तिको आशा पलाएको छ । एएफपी

Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Salt
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending