Khabar Dabali २५ चैत्र २०८२ बुधबार | 8th April, 2026 Wed

मोदीको भ्रमणबारे संसदमा प्रधानमन्त्री अोलीः भारतसँग यी बिषयमा भयो सहमति

 

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाल–भारत सम्बन्ध नयाँ उचाइमा पुगेको बताएका छन् । भारतका प्रधानमन्त्री नरेन्द्र मोदीको नेपाल भ्रमण र उपलब्धिबारे प्रतिनिधिसभामा आज सार्वजनिक महत्वको विषयमा वक्तव्य दिँदै उनले भने “ दुई देशबीचको सम्बन्ध पारस्परिक र समान लाभका आधारमा अघि बढाएर लैजाने वातावरण बनेको छ ।” राष्ट्रहितलाई शिरोधार्य गरी मनमा राखिएको छ, कहीँ कतै छोडिएको छैन भन्दै उहाँले देश र जनताको शिर निहुरिन दिने र कमजोर पार्ने काम नभएको स्पष्ट पारे । प्रधानमन्त्री ओलीले भन्नुभयो, “अहिलेभन्दा तीन वर्षअघि नेपाल र भारतबीचको सम्बन्ध तनावको अवस्थामा थियो, त्यो स्थितिबाट नाकाबन्दीको स्थितिमा गयो, नाकाबन्दीपछि कम्तीमा आज हामी यो स्थितिमा पुगेका छाँै । हामी छिमेकीसँग राष्ट्रिय लाभका लागि सन्तुलित सम्बन्धका कुरा गर्छाैं । हामी दुश्मनी कसैसँग चाहँदैनौँ, मित्रता चाहन्छौँ, कसैसँग शत्रुता, वैरभावको होइन, मित्रताको सम्बन्ध चाहन्छौँ ।” दुई देशबीचको सम्बन्ध बराबरीका आधार हुने तथा आवश्यकता र प्राथमिकताका आधारमा समान व्यवहार हुने बताउँदै उनले भारतका प्रधानमन्त्री मोदीको वक्तव्यमा नेपालको सार्वभौमसत्ता र अखण्डताका विषय खुलस्त प्रकट भएको उल्लेख गरे । भारतीय प्रधानमन्त्री मोदीको भ्रमणका बेला भएका छलफल र सहमति दुवै देशको स्वाभिमान र साझा लाभका विषय भएकाले तत्कालै अघि बढाइने बताउँदै उनले भने, “ढुक्क भए हुन्छ, सबै सहमति पारदर्शी छन्, कुनै विषयमा तलमाथि भएको छैन, त्यसको जिम्मेवारी म लिन्छु ।” प्रधानमन्त्रीले एउटै पनि शब्द, काम र व्यवहार राष्ट्रको सार्वभौमसत्ता, भौगोलिक अखण्डताको प्रश्नमा कमजोर हुन नदिएको तथा राष्ट्रिय हित विपरीत नरहेको स्पष्ट पारे । छिट्टै चीन जाने  “हाम्रा दुवै छिमेकीसँग सम्बन्ध सुमधुर र सुदृढ बनाइनेछ, निकट भविष्यमा म चीन भ्रमणमा जानेछु ”, उनले भने । नेपाली जनताले गल्ती, कमजोरी र चुक्ने काम नहोस्, विगतका गल्ती पनि सच्याइयोस् भनी लगातार गरेको खबरदारीलाई आफूले अत्यन्तै सकारात्मक ढंगले लिएको बताउँदै प्रधानमन्त्री ओलीले राष्ट्र, राष्ट्रियता, स्वाधीनता र स्वाभिमानप्रति सरकार निकै सचेत रहेको उल्लेख गरे । राष्ट्रिय हित र स्वाभिमानमा नझुकीकन सन्तुलित र सुमधुर सम्बन्ध बनाइयोस् भन्ने पूर्वप्रधानमन्त्री, राजनीतिक दलका नेता तथा बुद्धिजीवीप्रति धन्यवाद व्यक्त गर्दै उहाँले त्यसबाट नेपाल र भारतबीचको सम्बन्धलाई समयानुकूल र सुदृढ तुल्याउन योगदान पुगेको विश्वास व्यक्त गरे । “केही विषयमा हामीले सहमति गरेका छाैं, विगतमा भएका केही सम्झौतालाई हामीले कार्यान्वयन गर्नुपर्नेछ, त्यसलाई कार्यान्वयन गर्न समयसीमा तोकेका छौँ । नेपालको संविधान दिवसलाई आधार बनाई सहमतिलाई कार्यान्वयन गर्ने भन्ने सहमति भएको छ”, प्रधानमन्त्री ओलीले भने । काठमाडौँ–रक्सौल रेलका लागि भारतकै खर्चमा निर्माणका लागि सर्वेक्षण र जलमार्ग सञ्चालन गर्ने विषयमा कार्यदल बनाएर अघि बढ्ने सहमति भारतसँग भएको जानकारी प्रधानमन्त्री ओलीले दिए । असन्तुलन पनि भन्न नसुहाउने भयावह व्यापार घाटा न्यूनीकरण गर्न तीन महिनाभित्र व्यापार सन्धिको पुनरवलोकन गर्ने, चिया अदुवा, जुट र अलैँची निकासीमा देखिएका समस्या समाधान गर्ने, थप चार स्थानबाट हवाई मार्ग प्राप्त गर्ने, सीमा क्षेत्रका बाँधका नाममा बनाइएको सडकका कारण हुँदै आएको डुबान रोक्न संयुक्त कार्यदल बनाएर काम गर्ने विषय पनि भारतीय प्रधानमन्त्रीको भ्रमणका क्रममा सहमति भएको उनले बताए । नेपालमा लगानीलाई प्रोत्साहन गर्ने कुरा भइरहेका समयमा भारतको एकतर्फी निर्णयले ऊर्जा क्षेत्रको विकास प्रभावित हुनुहुँदैन भन्दै उनले पाँच वर्षभित्र अरुण तेस्रो परियोजनाबाट विद्युत् उत्पादन गर्दै अन्तरदेशीय प्रसारण लाइन बनाइसक्ने सहमति भएको बताए । इनर्जी बैंक बनाउन प्रस्ताव  दुई देशबीच भएका १९५० लगायत सन्धि सम्झौता पुनरवलोकन गर्ने वा के गर्ने भन्ने सन्दर्भमा नेपाल–भारत प्रबुद्ध समूहबाट भइरहेको कार्यप्रति सन्तोष व्यक्त गर्दै प्रधानमन्त्री ओलीले उक्त सन्धि एउटा मुलुकको प्रधानमन्त्री र अर्काे मुलुकको राजदूतले हस्ताक्षर गर्नु नै असमान रहेको टिप्पणी गरे । पञ्चेश्वर बहुउद्देश्यीय आयोजनाको कार्यान्वयन गर्ने सन्दर्भमा त्यस क्षेत्रमा आवश्यकतानुसारका सडक र पुल निर्माण गर्न नेपालले गरेको प्रस्तावलाई भारतले सकारात्मक रुपमा लिएको बताउँदै प्रधानमन्त्री ओलीले विद्युतको उपयोगलाई व्यवस्थित तुल्याउन इनर्जी बैंक बनाउन प्रस्ताव गरिएको जानकारी दिए । विराटनगर र भैरहवामा एकीकृत जाँचचौकी निर्माण छिट्टै गर्ने सम्बन्धमा अनौपचारिक सहमति भएको जानकारी दिँदै उनले ग्यास बुलेट, फर्मास्युटिकल्सको समस्या पनि छिटो समाधान होस् भन्ने चाहेको बताए । नेपालको बैंकिङ प्रणालीमा रहेको भारतीय नोटका विषयमा भारतीय पक्षबाट खास जवाफ आइनसकेको बताउँदै प्रधानमन्त्री ओलीले पारवहन सुविधाका लागि थप बन्दरगाह दिन आग्रह गरिएको तथा जलमार्ग र रेलमार्गका बारेमा पनि पत्राचार भएको बताए । ‘मुख्यमन्त्रीको वक्तव्य अनुपयुक्त’ भारतीय प्रधानमन्त्री मोदीको जनकपुरमा अभिनन्दन गर्ने क्रममा मुख्यमन्त्रीबाट भएको वक्तव्य राष्ट्रिय हित र कूटनीतिक मर्यादाको दृष्टिकोणबाट कमजोर र अनुपयुक्त रहेको देखिएको प्रधानमन्त्री ओलीले स्पष्ट गरे । अभिनन्दनप्रति भने जनताको सकारात्मक चासो रहेको उनले बताए । रासस

Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Salt
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending