Khabar Dabali २४ फाल्गुन २०८२ आईतवार | 8th March, 2026 Sun
Investment bank

‘बजेटमा नयाँपन देखिन आवश्यक’

 

काठमाडाैं । राष्ट्रियसभामा आव २०७५/७६ का लागि विनियोजन विधेयकका सिद्धान्त र प्राथमिकता सम्बन्धमा (कर प्रस्तावबाहेक) माथिको छलफलमा जारी छ । आजको बैठकमा उक्त प्रस्तावमाथिको छलफलमा पहिलो वक्ताका रुपमा भाग लिँदै सांसद खिमलाल भट्टराईले सार्वजनिक क्षेत्रलाई व्यवस्थित रुपले अघि बढाउने र स्वाधीन अर्थतन्त्रको विकासमा ध्यान दिएर बजेट बनाइनुपर्ने बताए । सांसद बद्रीप्रसाद पाण्डेले ‘श्वेतपत्र मुलुकको अर्थतन्त्रलाई आतंकित तुल्याउने ढंगबाट ल्याइएकाले’ बजेटका बेला त्यसलाई सुधार्न आवश्यक रहेको बताउँदै कृषिलाई व्यवसायीकरण गर्ने पक्षमा बजेट आउनुपर्ने बताए । सांसद कालीबहादुर मल्लले राज्यले अवलम्बन गरेको तीनखम्बे अर्थनीतिअनुसार सहकारी क्षेत्रलाई समेट्ने ढंगले बजेट ल्याउन सुझाव दिए । सांसद रामनारायण बिंडारीले मुलुकमा नयाँ शासन नयाँ भएसँगै बजेटमा पनि नयाँपन देखिन आवश्यक रहेको धारणा व्यक्त गरे । सांसद हरिराम चौधरीले व्यावहारिक रुपमा कार्यान्वयन हुन सक्ने र नेपाली ढाँचाको बजेट ल्याउन सरकारलाई सुझाव दिए । सांसद कोमल ओलीले ‘सुखी नेपाली समृद्ध नेपाल’ निर्माण गर्ने आधार तयार पार्दै कृषि, उद्योग, पर्यटनलगायत क्षेत्रमा बजेट यथेष्ट उपलब्ध गराउनुपर्नेमा जोड दिए । सांसद चक्रप्रसाद स्नेहीले मुलुकलाई आत्मनिर्भर गर्न खानी उत्खननका लागि नीति र बजेटको व्यवस्था गर्न सुझाव दिए । आजको बैठकमा सदस्य बृशेषचन्द्र लाल, अगम वान्तवा, रमेशजंग रायमाझी, राजकुमार कुँवर, अनिता देवकोटा, हरिराम चौधरी, तारादेवी भट्टलगायतले जनताको भावना समेटेर बजेट ल्याउन र सांसद विकास कोषमा बजेट छुट्याउँदा राष्ट्रियसभाका सदस्यका लागि पनि विनियोजन गर्न आग्रह गरे । राष्ट्रियसभाको अर्को बैठक यही वैशाख ३१ गते बिहान ११ बजे बस्नेछ । रासस

Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE