Ntc summer Offer
Khabar Dabali ४ आश्विन २०८१ शुक्रबार | 20th September, 2024 Fri
NIMB

भूकम्पले ध्वस्त सात सालको पुस्तकालय

काठमाडौं, राणाशासनको अन्त्यसँगै शिक्षाको ज्योति फैल्याउने उद्देश्यले २००७ सालमा साँखुमा खुलेको उग्रतारा पुस्तकालय मङ्गलबारको पराकम्पनले ध्वस्त भएको छ । यही वैशाख १२ गतेको भूकम्पले सामान्य क्षति भए पनि पुस्तकालय सञ्चालन हुँदै आएकामा मङ्गलबारको पराकम्पनले पछाडिको घर भत्किएर थिचेका कारण भवन पूर्ण रुपमा क्षति भएको पुस्तकालयका अध्यक्ष गोपालाल श्रेष्ठले जानकारी दिए । केही वर्षअघि पाठक बढेपछि पुल्चोक हरिहरभवनस्थित नेपाल राष्ट्रिय पुस्तकालयबाट पुस्तक ल्याई घुम्ती पुस्तकालय समेत चलाइएको थियो । पुस्तकालयले २००९ सालमा नेपालमा पहिलो पटक बुद्धिचाल प्रतियोगिताको आयोजना गरेको थियो जसलाई नेपाल बुद्धिचाल सङ्घले ऐतिहासिक घटनाका रुपमा लिपिबद्ध गरेको छ । इतिहासलाई जोगाउन पुस्तकालयले २०६१ सालमा राष्ट्रव्यापी बुद्धिचाल प्रतियोगिताको समेत आयोजना गरेको थियो । ‘अहिलेका बालबालिकामा पुस्तक र पत्रपत्रिका पढ्ने बानी बढाउन पनि पुस्तकालयलाई निरन्तरता दिनु आवश्यक छ, भवन नै भत्किएपछि कसरी सञ्चालन गर्ने भन्ने समस्या आएको छ’–पुस्तकालयका सचिव एवं स्थानीय ‘लावण्य सन्देश’ साप्ताहिकका सम्पादक पवनलाल श्रेष्ठले भने । शङ्करापुर नगरपालिकास्थित बज्रयोगिनीमा रहेको पुस्तकालयमा तीन हजार महत्वपूर्ण पुस्तक छन् । पुस्तकालयमा नेपाली, नेवारी, हिन्दी, अङ्ग्रेजी, संस्कृत, तामाङ र केही पुस्तक जर्मन भाषाको समेत रहेको अध्यक्ष श्रेष्ठले बताए । पुस्तकालयमा विद्यालय र क्याम्पसस्तरका पाँच सय पाठ्यपुस्तक समेत छन् । भूकम्पले भवन नै भत्काएपछि पुस्तकालयमा पानी समेत छिर्न थालेको छ । ऐतिहासिक धरोहरका रुपमा रहेको पुस्तकालय जोगाउन समस्या परेको पुस्तकालय सञ्चालक समितिले जनाएको छ । पुस्तक जोगाउन कोठा भाडामा खोज्दा पनि पाइएको छैन । रासस
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Right Path
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending Alphabet Education Consultancy