Ntc summer Offer
Khabar Dabali ४ आश्विन २०८१ शुक्रबार | 20th September, 2024 Fri
NIMB

भूकम्पपीडितको माग – ‘कम्बल होइन पाल देउ’

धादिङ, भूकम्प प्रभावित क्षेत्र धादिङ जीवनपुरका बासिन्दाले कम्बलभन्दा पाल वा जस्तापाता चाहिएको बताएका छन् । यही वैशाख १२ गते आएको भूकम्पले घरवारविहीन भएका जनता आफ्नो जिउको सुरक्षा र वर्षातबाट बच्न पालकै माग गरेका हुन् । जीवनपुर गाविस–८ निवासी कान्छी तामाङले भूकम्पले घर लगेपछि ओत लाग्नका लागि पालको सबैभन्दा ठूलो आवश्यक रहेको बताए । उनी भन्छन्, ‘विस्तारै बर्षायाम लाग्न थालेको छ परिवार ठूलो सङ्ख्यामा भएकाले कम्बलभन्दा पाल नै दिए बस्न पाइन्थ्यो पाल एकवटा मात्र हुँदा पानी चुहिएर हैरान भएको छ ।’ सोही गाउँकी निर्मला तामाङको पीडा पनि उस्तै छ । उनी भन्छन्, ‘तत्काल कम्बलभन्दा राज्यले पाल दियोस् कम्बल त भत्किएको घरबाट पनि निकाल्न सकिन्छ ।’ स्थानीय बच्चुराम ढकाल राहत बाँड्न आएका कैयौँ संस्थाले त्रिपाल थोरै ल्याउँदा सबै परिवारलाई नपुगेको भन्दै स्थानीयवासी राहत बाँड्न आउनेसँग पाल नै माग्न बाध्य भएको बताए । वैशाख १२ गते गएको विनाशकारी भूकम्पमा उक्त गाविसमा ५७ जनाको ज्यान गएको थियो भने १०३ जना घाइते भएका थिए । जीवनपुर गाविसमा रहेका दुई हजार २१५ घरमध्ये दुई हजार २०१ घर पूर्णरुपमा बस्न नहुने गरी ध्वस्त भएकाले यहाँका जनताले दुःख व्यहोर्न परेको सो गाविसकी सचिव विन्दाकुमारी खड्काले बताए । उनले भूकम्प गएको दुई दिन पछाडि सदरमुकामबाट केही राहत सामग्री ल्याई पीडित परिवारलाई वितरण गरेको सचिव खड्काले बताए । भूकम्प आएपछि सो गाविसमा राहत बाँड्न करिब दुई दर्जनभन्दा बढी सङ्घसंस्था पुगेपनि थोरै सामग्री लिएर उक्त ठाउँमा पु¥याएकाले सबै घरपरिवारलाई पु¥याउन गाह्रो परेको स्थानीय समाजसेवी विदुरप्रसाद अकौलिया बताउँछन् । भूकम्पबाट पीडित तथा गरिब परिवारको अवस्थाबारे बुझ्न तथा राहत वितरण गर्न पुगेका गरिब घरपरिवार तथा समन्वय बोर्डका उपाध्यक्ष चिन्तन पौडेल हरेक घरपरिवारलाई विपद्को बेला सहयोग गर्नु पहिलो प्राथमिकता रहेको बताए । उनले गरिब घरपरिवार तथा समन्वय बोर्डले गरिब र भूकम्पपीडित पहिचान कार्यक्रम ल्याउन लागेको भन्दै वास्तविक गरिब र भूकम्पपीडितले वडा र गाविसमा सही तथ्याङ्क दिन आग्रह गरे । पौडेलको समन्वयनमा अखिल भारत माडवारी युवा मञ्चले ल्याएको सामग्री सो गाविसका बडहरे, ढकालखोला, डडुवा, फुरौले, बद्रीटार, बाह्रबिसे, सेढाइगाउँमा, कुमाइखोला, धाराचौर, आँपघारी, बेलडाँडा, छत्रेपाटी, भागेलगायतका एक हजारभन्दा बढी घरपरिवारमा वितरण गरिएको थियो । वितरण गरिएका सामग्रीमा त्रिपाल, कम्बल, च्युरा, अम्खरा, कचौरा, थाल, बिस्कुटलगायतका रहेका छन् । नेपालीको पीडामा केही कमी होस् भन्न आफूले विभिन्न ठाँउबाट सङ्कलन गरिएको राहत यहाँ ल्याएर वितरण गरिएको माडवारी युवा मञ्च बिहारका संयोजक दीपक अग्रवालले बताए । मारवाडी युवा मञ्चले यसअघि नुवाकोट, गोरखा, सिन्धुपाल्चोकलगायत जिल्लामा राहत वितरण गरिसकेको छ ।
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Right Path
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending Alphabet Education Consultancy