Khabar Dabali ११ चैत्र २०८२ बुधबार | 25th March, 2026 Wed
Investment bank

मनास्लु पदमार्गका सबै होटल ध्वस्त

विदेशी पर्यटकको चाप बढ्दै गएको गोरखाको मनास्लु पदमार्गमा धमाधम खुलेका होटल भूकम्पले ध्वस्त बनाएको छ । वैशाख १२ गते र त्यसपछि गइरहेको पराकम्पनले पदमार्गका सयौँ होटल ध्वस्त भएको हो । दोस्रो व्यापारिक केन्द्र आरुघाट बजारदेखि सामागाउँको धर्मशालासम्म पदमार्गका दायाँबायाँ खुलेका सानाठूला होटलमा पूर्ण क्षति भएको छ । आरुघाट, आर्खेत, सोतीबजार, लापुबेंसी, माछाखोला, जगत, फिलिम, चुम्चेत, छेकम्पार, बिही, प्रोक, स्याला, सामागाउँ, साम्दो र धर्मशालामा खुलेका १२८ होटल भूकम्पले पूर्णरुपमा क्षतिग्रस्त बनाएको छ । आन्तरिक तथा विदेशी पर्यटकको पदमार्गमा चाप बढेपछि उत्तरी भेगका स्थानीय होटल व्यवसायतर्फ आकर्षित भएका थिए । पदमार्गको छेउछाउमा इन्टरनेटसहितको सुविधा सम्पन्न होटल सञ्चालनमा आएको थियो । अन्नपूर्ण पदमार्ग मोटरबाटो पुगेपछि विदेशी पर्यटक मनास्लु पदमार्गमा पदयात्रा गर्न रुचाउँथे । मनास्लु संरक्षण क्षेत्र आयोजना ९एमक्याप० को तथ्याङ्कअनुसार सन् २०१४ मा छ हजार जना विदेशी पर्यटकले मनास्लु पदमार्ग भई उत्तरी गोरखा र लार्केपास गरी मनाङ हुँदै झरेको देखिन्छ । आन्तरिक पर्यटक कति जनाले मनास्लु क्षेत्र भ्रमण गरे भन्नेबारे यकिन तथ्याङ्क एमक्यापसँग छैन । मनास्लु पदमार्ग नौ दिनदेखि २७ दिनसम्म पदयात्रा गर्न मिल्ने पदमार्ग हो । साथै ‘किलर माउन्टेन’ मनास्लु हिमाल आरोहण गर्न विभिन्न देशका टोली पनि पदमार्ग हुँदै सामागाउँस्थित मनास्लु हिमालको आधार शिविर पुग्छन् । भूकम्प गएपछि पनि तीन टोली मनास्लु हिमाल आरोहणका क्रममा रहेको सामागाउँका स्थानीयवासीले जनाएका छन् । पदमार्गमा रहेका जग्गा भाडामा लिएर नयाँ होटल खुल्ने क्रम बढेको थियो । तिब्बत, गोरखा बजार, आरुघाट बजार र हेलिकप्टरमार्फत राजधानी काठमाडौँदेखि विभिन्न खाद्यान्नलगायत व्यापारिक प्रयोजनका सामान होटलमै उपलब्ध गराइएको थियो । काठले छाएको, काठले नै बारेको र काठका फल्याक बिछ्याइएको सुविधा सम्पन्न होटल खुलेका थिए । पदमार्गको सबैजसो होटलमा क्षति पुगेको छ । एमक्यापका प्रमुख राजकुमार श्रेष्ठले भन्छन् – ‘विस्तृत जानकारी स्थलगत अध्ययनपछि मात्रै थाहा हुन्छ’, होटल ध्वस्त भएकाले अर्बौंको क्षति भएको उनले बताए ।
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्: