Khabar Dabali १ पुष २०८२ मंगलवार | 16th December, 2025 Tue
Investment bank

मनास्लु पदमार्गका सबै होटल ध्वस्त

विदेशी पर्यटकको चाप बढ्दै गएको गोरखाको मनास्लु पदमार्गमा धमाधम खुलेका होटल भूकम्पले ध्वस्त बनाएको छ । वैशाख १२ गते र त्यसपछि गइरहेको पराकम्पनले पदमार्गका सयौँ होटल ध्वस्त भएको हो । दोस्रो व्यापारिक केन्द्र आरुघाट बजारदेखि सामागाउँको धर्मशालासम्म पदमार्गका दायाँबायाँ खुलेका सानाठूला होटलमा पूर्ण क्षति भएको छ । आरुघाट, आर्खेत, सोतीबजार, लापुबेंसी, माछाखोला, जगत, फिलिम, चुम्चेत, छेकम्पार, बिही, प्रोक, स्याला, सामागाउँ, साम्दो र धर्मशालामा खुलेका १२८ होटल भूकम्पले पूर्णरुपमा क्षतिग्रस्त बनाएको छ । आन्तरिक तथा विदेशी पर्यटकको पदमार्गमा चाप बढेपछि उत्तरी भेगका स्थानीय होटल व्यवसायतर्फ आकर्षित भएका थिए । पदमार्गको छेउछाउमा इन्टरनेटसहितको सुविधा सम्पन्न होटल सञ्चालनमा आएको थियो । अन्नपूर्ण पदमार्ग मोटरबाटो पुगेपछि विदेशी पर्यटक मनास्लु पदमार्गमा पदयात्रा गर्न रुचाउँथे । मनास्लु संरक्षण क्षेत्र आयोजना ९एमक्याप० को तथ्याङ्कअनुसार सन् २०१४ मा छ हजार जना विदेशी पर्यटकले मनास्लु पदमार्ग भई उत्तरी गोरखा र लार्केपास गरी मनाङ हुँदै झरेको देखिन्छ । आन्तरिक पर्यटक कति जनाले मनास्लु क्षेत्र भ्रमण गरे भन्नेबारे यकिन तथ्याङ्क एमक्यापसँग छैन । मनास्लु पदमार्ग नौ दिनदेखि २७ दिनसम्म पदयात्रा गर्न मिल्ने पदमार्ग हो । साथै ‘किलर माउन्टेन’ मनास्लु हिमाल आरोहण गर्न विभिन्न देशका टोली पनि पदमार्ग हुँदै सामागाउँस्थित मनास्लु हिमालको आधार शिविर पुग्छन् । भूकम्प गएपछि पनि तीन टोली मनास्लु हिमाल आरोहणका क्रममा रहेको सामागाउँका स्थानीयवासीले जनाएका छन् । पदमार्गमा रहेका जग्गा भाडामा लिएर नयाँ होटल खुल्ने क्रम बढेको थियो । तिब्बत, गोरखा बजार, आरुघाट बजार र हेलिकप्टरमार्फत राजधानी काठमाडौँदेखि विभिन्न खाद्यान्नलगायत व्यापारिक प्रयोजनका सामान होटलमै उपलब्ध गराइएको थियो । काठले छाएको, काठले नै बारेको र काठका फल्याक बिछ्याइएको सुविधा सम्पन्न होटल खुलेका थिए । पदमार्गको सबैजसो होटलमा क्षति पुगेको छ । एमक्यापका प्रमुख राजकुमार श्रेष्ठले भन्छन् – ‘विस्तृत जानकारी स्थलगत अध्ययनपछि मात्रै थाहा हुन्छ’, होटल ध्वस्त भएकाले अर्बौंको क्षति भएको उनले बताए ।
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending