काठमाडौं । पछिल्लो समय नेपालको ऊर्जा क्षेत्रमा एक पछि अर्को गर्दै चिनियाँ लगानी भित्रन थालेको छ । पछिल्लो पटक उद्योग विभागको उद्योग तथा लगानी प्रवद्र्धन बोर्डको बैठकले रसुवाको पार्वतीकुण्ड गाउँपालिकामा निर्माण हुने जलविद्युत् आयोजनामा चिनियाँ कम्पनीले रु १४ अर्ब लगानी भित्र्याउन स्वीकृति दिएको छ । नेपाली प्रवद्र्धकसमेत सहकार्यमा चिनियाँ कम्पनीले लगानी भित्र्याउन लागेको हो । कूल ७८ मेगावाट क्षमताको सो आयोजना सालासुङ्गी पावरले निर्माण गर्न लागेको हो । नेपाल विद्युत् प्राधिकरणको सहायक कम्पनी साञ्जेन जलविद्युत् कम्पनी लिमिटेडले हाल निर्माण गरिरहेको माथिल्लो साञ्जेन जलविद्युत् आयोजनाभन्दा करीब ५०० मिटरमाथि विद्युत्गृह निर्माण गर्ने गरी सालासुङ्गी पावरले विगत तीन वर्ष पहिले अनुमति लिएको थियो । सो आयोजनामा नेपाली लगानीकर्ताको आठ प्रतिशत र चिनियाँ लगानीकर्ता चाइना हार्वर इन्जिनियरिङको ९२ प्रतिशत लगानी रहने छ । कूल रु १५ अर्ब २२ करोड ७० लाख लगानी रहने सो आयोजनाको प्रवद्र्धक सालासुङ्गी पावरले अध्ययनको सबै काम सम्पन्न गरेको छ । यसअघि चिनियाँ कम्पनी चोङ्जिङ वाटर टर्बाइन वक्र्स समूहले पिपल्स इनर्जी लिमिटेडमा रु नौ अर्ब लगानी भित्र्याएको छ । आयोजनाले दिएको जानकारीअनुसार दोलखा र रामेछापको सिमानामा निर्माणाधीन ४८.८ मेगावाट क्षमताको सो परियोजनाको निर्माण शुरु भएको जनाएको छ । हाल आयोजनामा पूर्वाधार निर्माणको काम धमाधम भइरहेको छ । पुल निर्माण, सडक निर्माण तथा विस्तार, आवास क्याम्पलगायतका काम भइरहेको आयोजनाका इन्जिनियर रामहरि शर्माले बताए । आयोजनास्थलसम्म पुग्ने र आसपासका क्षेत्रका लागि नौ किलोमिटरमध्ये तीन किलोमिटर सडक निर्माण भइसकेको छ । चीनको चोङ्जिङ वाटर टर्बाइन वक्र्स कम्पनीले भौतिक पूर्वाधार निर्माणको काम शुरु गरेको छ । सो आयोजनाका लागि चीनबाट रु नौ अर्ब रकम भित्र्याइएको छ । इन्जिनियरिङ, खरिद र निर्माण (इपिसी) मोडेलमा बन्ने सो आयोजना निर्माणका लागि गत २०७४ फागुन ३० गते सम्झौता भएको थियो । सुपर मादीको लगानी स्वीकृत यस्तै कास्कीको मादी गाउँपालिकामा आयोजनास्थल रहेको सुपर मादी जलविद्युत् आयोजनामा रु आठ अर्ब नौ करोड ८१ लाख ५० हजार वैदेशिक लगानी भित्र्याउन स्वीकृति दिएको छ । हिमाल हाइड्रोले निर्माण गर्न लागेको सो परियोजना ४४ मेगावाट क्षमताको हो । उद्योग विभागका सूचना अधिकारी दुर्गाप्रसाद भुसालका अनुसार पछिल्लो दिनमा जलविद्युत् क्षेत्रमा लगानी भित्र्याउने क्रम बढेको छ । उनले भने “प्रक्रिया पु¥याएर आएका सबै वैदेशिक लगानीलाई विभागले स्वीकृति दिने गरेको छ ।” यस्तै दूरसञ्चार सेवा प्रदायक युटिएल नेपाल र अर्घाखाँची सिमेन्टमा समेत वैदेशिक लगानी भित्र्याउन स्वीकृति दिने प्रक्रियामा बोर्ड रहेको छ । आर्थिक समृद्धिको अर्को आधारका रुपमा रहेको ऊर्जा क्षेत्रमा समेत लगानीको मात्रा बढेको विभागले जनाएको छ । चालू आर्थिक वर्षको हालसम्म रु एक खर्ब ५० अर्ब ७९ करोडबराबरको लगानी ऊर्जा क्षेत्रमा भित्रिएको छ । सो प्रतिबद्धताअनुसार लगानी भित्रिए एक हजार ६०८ जनाले रोजगारीको अवसर पाउने विभागले जनाएको छ । रासस
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
बैशाख २० गते, २०७८ - १०:२१
काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ । भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना ग...
बैशाख २० गते, २०७८ - ०७:२४
काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...
बैशाख २० गते, २०७८ - ०७:१७
काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...
बैशाख १९ गते, २०७८ - १६:०६
काठमाडाैं । नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...
बैशाख १९ गते, २०७८ - १३:४८
लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ। माओवादी र एमाले विभा...
बैशाख १९ गते, २०७८ - १०:३१
काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...
बैशाख १९ गते, २०७८ - १०:२६
काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ । पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...
बैशाख १९ गते, २०७८ - ०९:५१
काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...
बैशाख १९ गते, २०७८ - ०९:४७
चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले स्थलगत अध्ययन तथा छलफल गरेको छ । चितवनबाट प्रतिनिधित...
बैशाख १९ गते, २०७८ - ०९:४०
दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...




प्रतिकृया लेख्नुहोस्: