रुपन्देही । प्रदेश नं ५ को विनियोजन विधेयक, २०७५ का सिद्धान्त, उद्देश्य, प्राथमिकता र प्रमुख नीतिहरु (कर प्रस्तावबाहेक) का सम्बन्धमा आज छलफल भएको छ । छलफलमा भाग लिँदै प्रदेशसभा सदस्यहरुले विनियोजन विधेयकले असमानताका दूरी कम गर्दै कृषि उत्पादकत्व बढाउने सरकारको योजना प्रसंशनीय भएको बताए । प्रदेशसभा सदस्य हरिप्रसाद रिजालले कृषि उत्पादकत्व बढाउने विषयलाई बजेटले प्राथमिकता दिएको उल्लेख गर्दै उत्पादनशील जमीनमा भएको अतिक्रमण हटाउन आवश्यक भएको बताए । अर्का सदस्य कमलराज श्रेष्ठले बजेटका कार्यक्रम जति राम्रो भए पनि कार्यान्वयन फितलो भए त्यसले परिणाम राम्रो नल्याउने धारणा व्यक्त गर्दै देशमा सरकारभन्दा ठेकेदार ठूला देखिएका छन्, त्यसैले ठेकेदारी प्रथाको अन्त्य जरुरी छ भने । प्रदेशसभा सदस्य विष्णु पन्थीले प्राचीन कपिलवस्तुलाई जोडेर पर्यटकीय शहर बनाउन जोड दिँदै लगानीमैत्री प्रदेशका रुपमा ५ नं प्रदेशलाई स्थापित गराउनुपर्ने बताए । यसैगरी अर्का सदस्य कृष्णप्रसाद न्यौपानेले पर्यटन, उद्योग र कृषिलाई जोड दिए त्यसले दिगो लक्ष्य हासिल गर्न सहज हुने बताए । सदस्य फकरुद्दिन खाँले राजनीतिक पहुँचका आधारमा बजेट जाने र कहीँ बजेटको चाङ लाग्ने विषयले समृद्धि हासिल हुन नसक्ने बताए । अर्का सदस्य उत्तरकुमार ओलीले दाङको पश्चिम क्षेत्र चौधरीको बाहुल्यता रहेको क्षेत्र भएकाले चौधरीको साक्षरता बढाउन थारू भाषालाई ऐच्छिक भाषाका रुपमा पाठ्यक्रममा सम्बोधन गर्नुपर्नेमा जोड दिए । अर्का सदस्य सन्तोषकुमार पाण्डेले विदेशिने युवालाई रोक्न नयाँ योजना ल्याउनुपर्नेमा जोड दिए । छलफलमा प्रदेश सभा सदस्य दीपेन्द्रकुमार अधिकारी, वैजनाथ कलवार, कमलादेवी विक, सरस्वती गौतमलगायतले भाग लिँदै विनियोजन विधेयकले जनताका आधारभूत समस्यालाई सम्बोधन गर्नुपर्ने बताउनुभयो । छलफल जारी रहेको छ । रासस
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
बैशाख २० गते, २०७८ - १०:२१
काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ । भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना ग...
बैशाख २० गते, २०७८ - ०७:२४
काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...
बैशाख २० गते, २०७८ - ०७:१७
काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...
बैशाख १९ गते, २०७८ - १६:०६
काठमाडाैं । नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...
बैशाख १९ गते, २०७८ - १३:४८
लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ। माओवादी र एमाले विभा...
बैशाख १९ गते, २०७८ - १०:३१
काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...
बैशाख १९ गते, २०७८ - १०:२६
काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ । पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...
बैशाख १९ गते, २०७८ - ०९:५१
काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...
बैशाख १९ गते, २०७८ - ०९:४७
चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले स्थलगत अध्ययन तथा छलफल गरेको छ । चितवनबाट प्रतिनिधित...
बैशाख १९ गते, २०७८ - ०९:४०
दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...
प्रतिकृया लेख्नुहोस्: