Ntc summer Offer
Khabar Dabali ८ बैशाख २०८१ शनिबार | 20th April, 2024 Sat
NIMB

नेपालमा १२ विपदः वर्षेनी ८९० जनाको मृत्यु, एक अर्बको क्षति

झापा । नेपालमा वर्र्षेनी आउने प्राकृतिक विपत्तिका कारण सयौंको ज्यान जाने गरेको छ । विपत्तिकै कारण वर्र्षेनी करीब डेढ अर्ब बराबरको आर्थिक क्षति हुने गरेको छ ।

नेपालमा वर्र्षेनी ८९० जनाको मृत्यु र एक हजार ७७१ जना घाइते हुने गरेको एसियाली विपद् पूर्व तयारी केन्द्र (एडिपिसी)का नेपाल प्रमुख मानबहादुर थापाले जानकारी दिए । उनका अनुसार प्राकृतिक विपत्तिकै कारण वर्र्षेनी रु एक अर्ब ३१ करोड बराबरको भौतिक क्षति हुने गरेको छ भने एक लाख ३२ हजार १६१ घरपरिवार प्रभावित हुने गरेका छन् । ‘आगलागी, बाढी, पहिरो, चट्याङ, भूकम्प, हावाहुरी, असिना, शीतलहर, हिमपहिरोलगायतका १२ प्रकारका प्राकृतिक प्रकोपले नेपालमा वर्र्षेनी विपद् निम्त्याउने गरेको छ’, प्रमुख थापाले भने “वर्र्षेनी ठूलो संख्यामा मानवीय तथा भौतिक क्षति हुने गरेको छ, यसको न्यूनीकरणको लागि विपद् व्यवस्थानबारे सर्वसाधारणमा जानकारी हुन आवश्यक छ ।” पछिल्लो चार दशकमा नेपालमा २२ हजार २१६ वटा प्राकृतिक विपत्तिका घटना भएको प्रमुख थापाले बताए । उक्त घटना परी ७९ हजार ७०२ जना घाइते भएका थिए भने ५९ लाख ४७ हजार २६८ घरपरिवार प्रभावित भएको संस्थाको तथ्यांक छ । संस्थाको तथ्यांकमा २०७२ सालमा आएको महाभूकम्पको क्षति पनि समावेश गरिएको छ । विपद्बाट रू पाँच अर्ब ९१ करोड ९८ लाख ५५ हजार बराबरको भौतिक सम्पत्ति क्षति भएको संस्थाको तथ्यांक छ । यसैबीच, विपद् व्यवस्थापनका लागि स्थानीय सरकार र स्थानीय संघ संस्थाको क्षमता अभिवृद्धि गर्न झापाको विर्तामोडमा तीन दिने ‘विपद् व्यवस्थापनमा पूर्वतयारी’ सम्बन्धी तालीम आयोजक गरिएको छ । प्रमुख थापाले नेपाल विपद्को अत्यन्त जोखिममा रहेको मुलुक भएकाले विपद् व्यवस्थापनका लागि सरोकारवालाको कार्यदक्षता बढाउन आवश्यक रहेको बताउँदै तालीमको आयोजना गरिएको बताए । विराट सामुदायिक अध्ययन केन्द्र र उत्थानशील विकास केन्द्रसमेतको व्यवस्थापनमा आयोजित सो तालीममा झापा, ताप्लेजुङ र सुनसरीका गरी ३० जनाको सहभागिता रहेको थियो । विपद्सम्बन्धी गर्नुपर्ने कार्यबारे ज्ञानको कमी, अभिलेखीकरणमा दक्षताको कमीजस्ता कारणले स्थानीय सरकार तथा गैरसरकारी संस्थाले प्राप्त सहयोग उपयोग गर्न नसकिइरहेको प्रमुख थापाले बताए । अमेरिकी नागरिक बिल गेट्सले स्थापना गरेको अन्तर्राष्ट्रिय सामाजिक संस्था ‘बिल एण्ड मेलिण्डा गेट्स फाउण्डेशनको आर्थिक सहयोगमा तालीम सातवटै प्रदेशमा सञ्चालन गरिने बताइएको छ । रासस
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending Alphabet Education Consultancy Pioneer Software Technologies