Ntc summer Offer
Khabar Dabali ६ जेष्ठ २०८१ आईतवार | 19th May, 2024 Sun
NIMB

ट्रकको ठक्करबाट ११ हिन्दू तीर्थयात्रीको मृत्यु, १९ घाइते

नयाँ दिल्ली, भारत, ४ जेठ । उत्तर भारतमा शुक्रबार एक ट्रक तीर्थयात्रीको भीडलाई धक्का दिँदै गुड्दा कम्तीमा ११ तीर्थयात्रीको मृत्यु भएको भारतीय प्रहरीले जनाएको छ । उत्तराखण्ड राज्यको पुर्णागिरी धार्मिकस्थलतर्फ हिँडिरहेको तीर्थयात्रीको ठूलो भीडलाई चम्पावत जिल्लाको विचाई–टनकपुर भन्ने ठाउँमा दुर्घटना भएको प्रहरीले अधिकारीले बताए । घटनास्थल उत्तराखण्डको राजधानी शहर देहरादूनबाट ३१२ किलोमिटर दक्षिणपूर्वमा पर्छ ।

चम्पावतका उप–प्रशासक हेमन्त कुमार वर्माले सिन्ह्वा न्यूज एजेन्सीसँगको कुराकानीमा भने, “चम्पावतमा आज एउटा ट्रक तीर्थयात्रु हिडिरहेको स्थानमा अनियन्त्रित गतिमा गुड्दा भएको भयानक दुर्घटनामा तीर्थाटनमा हिँडेका कम्तीमा ११ जनाको निधन भएको छ । घटनामा १९ तीर्थालु घाइते भएका छन् ।” उनले घाइतेहरूलाई स्थानीय विभिन्न अस्पतालमा उपचारका लागि पठाइसकिएको बताए ।अधिकारीका अनुसार उक्त स्थान हुँदै कम्तीमा २५० तीर्थालु खाली खुट्टा तीर्थस्थलतर्फ जाँदै थिए । घटनामा मृत्यु हुने र घाइते भएका प्राय उत्तर प्रदेशकै बराइली जिल्लाबाट धार्मिक उद्देश्यका लागि गएका थिए । प्राप्त पछिल्लो विवरण अनुसार ट्रकका चालक घटनापछि फरार रहेका छन् भने प्रहरीले चालकको खोजी गरिरहेको छ । प्रत्यक्षदर्शीका अनुसार ट्रक एक्कासी भीडतर्फ बढिरहँदा तीर्थाटनमा हिँडेका सबैजना रोइ कराई गर्दा उक्तस्थानमा कोलाहल मच्चिएको थियो । भारतमा चालकको लापर्वाही, कमजोर सडक संरचना तथा क्षमताभन्दा अत्यधिक भार लिएर सवारी चलाएका कारण वर्षेनी हजारौँको सङ्ख्यामा नागरिकले ज्यान गुमाउने गरेका छन् । रासस

aplly description here...

बिहिबारदेखि निषेधाज्ञाको अवधिभर सुन आयत नहुने

काठमाडौं । नेपाल सुन चाँदी व्यवसायी महासंघले निषेधाज्ञा अवधिभर बैंकमार्फत हुने सुनको आयातलाई रोक्ने निर्णय गरेको छ । महासंघले बुधबार एक प्रेस बिज्ञेप...

रोल्पामा भीषण आगलागी : जंगलमा लागेको आगो पिराले गाउँमा फैलिदा २५ घर खरानी, २४ चौपायाँ मरे

रोल्पा । रोल्पाको नुवागाउँको एक जंगलबाट सुरु भएको भीषण आगलागी बस्तिमा फैलिदा पिराले गाउँका २५ घर जलेर नष्ट भएका छन् । सोमबारदेखि त्रिवेणी–२ नुवागाउँस...

बुधबार सुनको भाउ घट्यो, चाँदी १३ सय पाँच रुपयाँमा कारोबार

काठमाडौं । सुनको भाउ तोलामा सात सय रुपैयाँले घटेर बुधबार ९० हजार पाँच सयमा कारोबार भएको छ । मंगलबार ९१ हजार दुई सय रुपैयाँमा कारोबार भएको छापावाल सुन...

नेताहरुमा कोरोना संक्रमण देखिएपछि कांग्रेस केन्द्रीय समिति बैठक स्थगित

काठमाडौं । केन्द्रीय सदस्य सहित पार्टी कार्यलयका कर्मचारीलाई कोरोना संक्रमण पुष्टि भएपछि नेपाली कांग्रेसको केन्द्रीय समितिको बैठक स्थगित भएको छ । यसअ...

मन्त्री रायमाझी सहित एमालेका तीन नेतालाई कोरोना संक्रमण पुष्टि

काठमाडौं । नेकपा एमालेका तीन जना नेताहरु कोरोना संक्रमण पुष्टि भएको छ । कोरोना संक्रमण पष्टि हुनेमा उर्जामन्त्री समेत रहेका स्थायी कमिटी सदस्य टोपबहा...

गण्डकी प्रदेशका तीन जना सांसदमा कोरोना पुष्टि, अविश्वास प्रस्तावको पक्ष विपक्षमा भोट हाल्न पाउने

पोखरा । गण्डकी प्रदेश सभाका ३ सांसदलाई कोरोना संक्रमण पुष्टि भएको छ । सोमबारदेखि सुरु भएको प्रदेशसभाको विशेष अधिवेशनको दिन हिजो सत्तारुढ नेकपा एमालेक...

काठमाडौंमा कोरोना र अन्य बिरामीका लागि छुट्टाछुट्टै एम्बुलेन्स व्यवस्था

काठमाडौं । काठमाडौँ महानगरपालिकाले कोरोना भाइरस सङ्क्रमण भएका र अन्य बिरामीलाई अस्पतालसम्म लान ल्याउनका लागि छुट्टाछुट्टै निःशुल्क एम्बुलेन्सको व्यवस...

नेपाली कांग्रेसको कार्यसमिति बैठक बुधबार बस्दै, सबै केन्द्रीय सदस्यको पिसिआर नेगेटिभ

काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय कार्यसमिति बैठक बुधबार दिउँसो बस्ने भएको छ। यसअघि सोमबार बस्ने भनिएको बैठक केन्द्रीय सदस्यहरूको पिसिआर गर्ने भ...

पूर्वी नाकामा भारतीयको अनावश्यक आगमनमा रोक

झापा । नाका खुकुलो भएको विषयमा सबैतिरबाट आलोचना हुन थालेपछि पूर्वीनाका काँकडभिट्टामा भारतीय नागरिकको अनावश्यक आगमनमा रोक लगाइएको छ । भारतमा कोभिड–१९ ...

लोकमार्ग र टेलिकमबीच समन्वय नहुँदा फाइबर टुक्राटुक्रा

गलकोट । शुक्रबार साँझ एक्कासी नेपाल टेलिकमको टेलिफोन सेवा अवरुद्ध भयो । फोन अवरुद्ध हुँदा इन्टरनेटसमेत अवरुद्ध हुन्छ । धवलागिरिका चार जिल्लामा शनिबार...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Right Path
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending Alphabet Education Consultancy Pioneer Software Technologies