Khabar Dabali १ पुष २०८२ मंगलवार | 16th December, 2025 Tue
Investment bank

उपत्यकाका चर्किएका घर तत्काल भत्काउन माग

काठमाडौं, काठमाडौँ जिल्लाबाट प्रतिनिधित्व गर्ने नेपाली काँग्रेसका सभासद् तथा उपत्यकाका तीन जिल्ला काठमाडौँ, ललितपुर र भक्तपुरका पार्टीका जिल्ला सभापतिले उपत्यकाका चर्किएका घरहरू तत्काल भत्काउन माग गरेका छन् । नेपाली काँग्रेसले पार्टीका वरिष्ठ नेता शेरबहादुर देउवाको संयोजकत्वमा गठन गरेको अनुगमन समितिले आज गरेको छलफल कार्यक्रममा उनीहरूले चर्किएका घरहरूका कारण उपत्यकावासी त्रसित भएको भन्दै भत्काउन माग गरेका हुन् । काँग्रेसका सभासद् तथा जिल्ला सभापतिहरूले भौतिक संरचना भत्किएर अवरुद्ध भएका बाटोहरूबाट भग्नावशेष हटाउन पनि सरकारसँग आग्रह गरेका छन् । भग्नावशेषका कारण पैदल हिँड्न तथा यातायातका साधन सञ्चालन गर्न नपाउँदा धेरै गाह्रो भएको गुनासो उनीहरूले गरेको अनुगमन समितिका सदस्य चन्द्र भण्डारीले जानकारी दिए । साथै, उनीहरूले भुकम्प पीडितहरूलाई पुनर्वास तथा पुनर्निर्माणका लागि सरकारले दिने भनेको स्रोतसाधनहरू पनि तत्काल उपलब्ध गराउन माग गरेका छन् । पुनर्वास तथा पुनर्निर्माणका लागि सरकारले भत्किएका संरचनाहरूको वर्गीकरण गरी नगद, जस्तापाता, टेन्ट, प्राविधिक सहयोगलगायत उपलब्ध गराउने बताउँदै आएको छ । सरकारले उपलव्ध गराउने स्रोतसाधन पाएमा भुकम्पपीडितहरूले आफैँ पुनःनिर्माण थाल्ने काँग्रेसका सभासद् तथा पार्टीका जिल्ला सभापतिहरूको भनाइ छ । अनुगमन समितिले भोलि पार्टीका क्षेत्रीय सभापतिहरूसँग पनि छलफल गर्ने भएको छ । समितिले यसअघि भूकम्प प्रभावितलाई उद्धार र राहत प्रदान गर्ने निकाय तथा सरोकारवालासँग पनि पटक पटक छलफल गर्नुका साथै उनीहरूका कामका बारेमा स्थलगत अनुगमन गरेको थियो ।
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending