Khabar Dabali २२ माघ २०८२ बुधबार | 4th February, 2026 Wed
Investment bank

यसरी खेल्न सक्छ नेपालले टी ट्वान्टी विश्वकप

काठमाडौं, नेपाली टोली टिट्वेन्टी विश्वकप क्रिकेट छनोट प्रतियोगिताको समूह ‘ए’ मा परेको छ। आजको अन्नपूर्ण पोष्ट दैनिकमा खबर छ– सन् २०१६ मा आयोजना हुने टिट्वेन्टी विश्वकपको छनोट प्रतियोगिताका लागि अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आईसीसी) ले बिहीबार खेलतालिका सार्वजनिक गरेको हो। छनोट प्रतियोगिता आगामी जुलाई ९ देखि २६ तारिखसम्म आयरल्यान्ड र स्कटल्यान्डका आठवटा खेल स्थलमा आयोजना हुँदैछ। छनोट प्रतियोगितामा १४ वटा टोलीको सहभागिता रहने छ। घोषित खेलतालिकामा नेपालसँगै आयरल्यान्ड, हङकङ, पपुवान्युगिनी, नामिबिया, अमेरिका र जर्सी पनि समूह ‘ए’ मा परेका छन्। अफगानिस्तान, संयुक्त अरब इमिरेट्स (यूएई), नेदरल्यान्ड्स, स्कटल्यान्ड, क्यानडा, केन्या र ओमन भने समूह ‘बी’ मा परेका छन्। छनोट प्रतियोगिताबाट टिट्वेन्टी विश्वकपका लागि ६ वटा टोलीको टुंगो लगाइनेछ। दुवै समूहको शीर्ष स्थानमा आउने दुई टोली सीधै सन् २०१६ को मार्च ११ देखि अप्रिल ३ तारिखस म भारतमा आयोजना हुने टिट्वेन्टी विश्वकपका लागि चयन हुनेछन्। बाँकी चार टिम छनोटका लागि भने प्ले अफ खेल हुनेछ। यी ६ टोलीका अतिरिक्त टिट्वेन्टी विश्वकपमा १० वटा पूर्ण सदस्य राष्ट्रको पनि सहभागिता रहनेछ। छनोट प्रतियोगिताअघि नेपालले जुलाई ६ तारिखमा ओमनसँग र जुलाई ७ तारिखमा यूएईसँग अभ्यास खेल पनि खेल्नेछ। छनोट प्रतियोगितामा भने नेपालले आफ्नो पहिलो खेल जुलाई १० तारिखमा अमेरिकासँग खेल्नेछ। यसैगरी ११ तारिखमा नेपालले नामिबियासँग दोस्रो खेल खेल्नेछ। नेपालले तेस्रो खेल १३ तारिखमा आयरल्यान्डसँग, चौथो खेल १५ तारिखमा हङकङसँग, पाँचौं खेल १७ तारिखमा पपुवान्युगिनीसँग र छैटौं खेल १८ तारिखमा जर्सीसँग खेल्नेछ। नेपालले यसअघि पनि टिट्वेन्टी विश्वकप खेलिसकेको छ। बंगलादेशमा भएको टिट्वेन्टी विश्वकपको अघिल्लो संस्करणमा पहिलो पटक सहभागिता जनाएको नेपालले उत्कृष्ट प्रदर्शन पनि गरेको थियो। बलियो प्रतिद्वन्द्वी अफगानिस्तानलाई हराए पनि प्रतिस्पर्धात्मक खेलमा टेस्ट मान्यता प्राप्त आयोजक राष्ट्र बंगलादेशसँग पराजित भएपछि नेपाली टोली दोस्रो चरणमा भने पुग्न सकेको थिएन। सोही विश्वकपमा गरेको उत्कृष्ट प्रदर्शनका आधारमा आईसीसीले नेपाललाई टिट्वेन्टी अन्तर्राष्ट्रियको मान्यता पनि दिएको थियो।
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE