Ntc summer Offer
Khabar Dabali १६ चैत्र २०८० शुक्रबार | 29th March, 2024 Fri
NIMB

शुक्रबार मात्रै प्रधानमन्त्री राहत कोषमा ६ करोड बढी जम्मा

काठमाडौं, विनाशाकारी भूकम्पबाट प्रभाावितहरुको सहयोगका लागि प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा विभिन्न संघ, संस्था र व्यक्तिबाट शुक्रबार मात्रै करिब ६ करोड भन्दा बढी रकम जम्मा भएको छ । व्यापारिक, धार्मिक तथा सामाजिक संघ, संस्था र व्यापारिहरुले बालुवाटारमा गएर उक्त रकम बाल्ुवाटारमा गएर प्रधानमन्त्री सुशिल कोइरालालाई हस्तान्तरण गरेका थिए । शुक्रबार मात्रै बीमा समिति र विभिन्न बीमा कम्पनीहरुले प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा ३ करोड ८८ लाख ६० हजार ७ सय १८ रुपैया ६७ पैसा सहयोग गरेका छन । त्यस्तै प्रधानमन्त्री दैवि प्रकोप उद्धार कोषमा उद्यमी अजय सुमार्गीले १ करोड, शाक्य बौद्ध धर्माबलम्बीहरुका तर्फबाट गद्दीधारी गुरु शाक्य ट्रिन्जिन रिन्पोछेबाट २५ लाख, केबल टीभी नेटवर्कमा समर्पित सुबिसु केबलका तर्फबाट बिजय श्रेष्ठले २० लाख, अहमदिया मुस्लिम समाजले भूकम्प पीडितहरुको सहयोगको लागि प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा ५ लाख रुपैया प्रदान गरेको छ । राष्ट्रिय बाणिज्य बैंकले प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा १ करोड रुपैया प्रदान गरेको छ । प्रधानमन्त्री निवास बालुवाटारमा आयोजित कार्यक्रममा बैंकका अध्यक्ष डा. रेवतबहादुर  कार्कीले सो रकमको चेक प्रधानमन्त्री सुशील कोइरालालाई हस्तान्तरण गरेका थिए । सो अवसरमा बैंकका अध्यक्ष डा.कार्कीले बैकले ३० लाख बराबरको चामल नुवाकोट र सिन्धुपाल्चोकका भूकम्प पीडितलाई वितरण गरिसकेको र बैंकका कर्मचारीहरुका तर्फबाट १ करोड २२ लाख रुपैया बराबरको सहयोग जुटाइएको  जानकारी प्रधानमन्त्री कोइरालालाई दिएका थिए । सभासद् पवन शारदाको तलब सुविधा कोषमा मधेशी जनाधिकार फोरम लोकतान्त्रिकका तर्फबाट सभासद् बनेका पवन कुमार शारदाले मनोनित भएको दिनदेखि हालसम्म सभासदको रुपमा प्राप्त तलब भत्ता सहितका सुविधाहरु साँबा र व्याज सहित भूकम्प पीडितको सहयोगका लागि प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा दिने घोषणा घोषणा गरेका छन् । शुक्रबार बिहान बालुवाटारमा आयोजित कार्यक्रममा उनले ११ लाख ३८ हजार ६ सया ७१ रुपैयाको चेक  प्रधानमन्त्री सुशील कोइरालालाई हस्तान्तरण गरेका थिए  । प्रधानमन्त्री सुशील कोइरालाले भूकम्प पीडितलाई दिइने राहतमा हिनामिना भएको सूचना पाएमा आफूलाई खबर गर्न आग्रह गर्नुभएको छ । उहाँले हिनामिना गर्नेलाई कडा कारबाही गरिने पनि बताएका छन् ।
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Right path detel page
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending Alphabet Education Consultancy Pioneer Software Technologies