Khabar Dabali २५ चैत्र २०८२ बुधबार | 8th April, 2026 Wed

अमेरिकाद्वारा उत्तर कोरियासँगको शिखर वार्ता रद्द

वाशिङ्गटन डिसी । उत्तर कोरियाले परमाणु साइटहरु बन्द गरेकै दिन अमेरिकाले बहुप्रतिक्षित शिखर वार्ता रद्द गरेको घोषणा गरेको छ । अमेरिका र उत्तर कोरियाबीच १२ जुनमा सिंगापुरमा शिखर वार्ता हुने कुरा तय भएको थियो । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको यो घोषणाले कोरियाली प्रायद्विपमा निरन्तर जारी रहेको संकट थप गहिरिने आशंका बढेर गएको छ । अमेरिकी समर्थक मिडियाहरुले उत्तर कोरियाली राष्ट्रपति किमको अभिव्यक्तिका कारण ट्रम्पले वार्ता रद्द गरेको जनाएका छन् । यसअघि उत्तर कोरियाले आफ्ना सबै परमाणु साइटहरु बन्द गरेको घोषणा गरेको थियो । अन्तर्राष्ट्रिय पर्यवेक्षकहरुले समेत साइटहरुमा ठूलो विष्फोटको आवाज सुनिएको पुष्टि गरेको थियो । उत्तर कोरियाले साइट बन्द गर्ने कुराको पर्यवेक्षण गर्न अन्तर्राष्ट्रिय समुदायलाई खुला आमन्त्रण समेत गरेको थियो । तर अमेरिकाले भने उत्तर कोरियाकै कारण वार्ता रद्द गर्न परेको जनाएको छ । ट्रम्पले किमलाई पत्रलेख्दै उत्तर कोरियाको निकै कडा बिरोधको अभिव्यक्ति आएपछि वार्ता रद्द गरेका जनाएका छन् । “कोरियाले जतिखेर पनि परमाणु बमको धम्की दिने ग¥यो ।” ट्रम्पले भनेका छन्, “हामीसँग पनि उनीहरुभन्दा बढी शक्तिशाली हतियार नभएका हुन र ? म भगवानसँग प्रार्थना गर्न चाहन्छु, यी हतियार कहिल्यै प्रयोग गर्न नपरोस् ।” शिखर वार्ता रद्द गर्ने अमेरिकाको निर्णयलाई उत्तर कोरियाले भने निकै दुखद रहेको जनाएको छ । “अमेरिकाको अप्रत्याशित निर्णय अत्यन्तै खेदपूर्ण छ ।” कोरियाली समाचार एजेन्सीलाई प्रतिक्रिया दिँदै विदेश राज्यमन्त्री किम क्ये ग्वानले भनेका छन्, “हामीले यो वार्ताको तयारीका लागि ट्रम्पले गरेका प्रयासको उच्च सम्मान गर्दै आएका थियौं ।” उत्तर कोरियाले कुनै पनि समय, कुनै पनि तरिकाले समस्याको समाधान खोज्न तयार रहेको समेत बताएको छ ।  
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Salt
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending