Khabar Dabali २४ चैत्र २०८२ मंगलवार | 7th April, 2026 Tue

तेस्रो पटक चेन्नइ आइपीएलको च्याम्पियन

काठमाडौं । चेन्नई सुपरकिंग्सले तेस्रो पटक इण्डियन प्रिमियर लिग ९आईपीएलको उपाधि जीतेको छ । मुम्बइको वानखेड़े स्टेडियममा हिजो साँझ भएको फाइनल खेलमा सनराइजर्स हैदराबादलाई हराउदै चेन्नइले तेस्रो पटक उपाधि जितेको हो । टस हारेर ब्याटिङको निम्तो पाएको हैदराबादले पूरा ओभरमा ६ किकेटको क्षतीमा १७८ रन बनाएको थियो । उसका लागि कप्तान केन विलीएम्सनले ४७, युसुफ पठानले नट आउट ४५, शाकिवअल हसनले २३, शिखर धवनले २६ कार्लोस ब्रैथवेटले २१, श्रीवत्स गोस्वामी ५ र दिपक हुडाले ३ रन बनाएका थिए । मध्यम स्कोरमा रोक्न चेन्नइका ब्राबो, जडेजा, शर्मा, ठाकुर र एन्गीडीले समान एकएक विकेट लिए । १७९ रनको मध्यम लक्ष्य पाएको चेन्नइले नौ बल बाकि छदै जित हासिल गर्यो । जितका हिरो अष्ट्रेलियाका खेलाडी शेन वाट्सन बने । उनले यो संस्करणमा दोस्रो पटक शतक बनाए । हिजो भएको फाइनलमा उनले नटआउट ११७ रन बनाउदै आफ्नो टिमलाई सहजै जित दिलाए । विष्फोटक व्याटिङ वाटसनले मात्र ५७ बलमा ८ छक्का र ११ चौकाको मद्दतमा १ सय १७ रन बनाएका हुन् । उनले अन्तर्राष्ट्रिय क्रिकेटबाट सन्यास लिइसकेका छन् । उनी आइपीएलको फाइनल प्रतियोगितामा लक्ष्य पाएर शतक प्रहार गर्ने पहिलो खेलाडीसमेत बनेका छन् । यस्तै, टिमका लागि सुरेश रैना ३२, अम्बाती रायडू नट आउट १६ र फाप डुप्लेसिसले १० को योगदान गरे । फाइनल अघि हैदरावादले बलिङका कारण सबै टिममाथि हावी देखिन्थ्यो । उसले चार पटक १५१ रनभन्दा कमको स्कोरमा पनि जित दर्ता गरेको थियो । तर, फाइनलमा भने उसका बलर पूरै पm्लप रहे । हैदरावादका सबैभन्दा आशा गरिएका रशिद खानलेसमेत एउटा पनि विकेट लिन सकेनन् । यसकारण पनि यो पटकको आइपीएल उपाधि चेन्नइले सजिलै जित्यो । हैदरावादका लागि संदिप शर्माले चार ओभरमा ५२ रन दिदै मात्र एक विकेट लिए, कार्लोस ब्रैथवेटले २७ रन दिएर एक विकेट झारे । चेन्नइ यस आइपीएलको सबैभन्दा बढि उमेर भएका खेलाडीले भरिपूर्ण टिम हो । उसका खेलाडीको औसत उमेर ३४ साल छ । जबकि अन्य टिमका खेलाडीको औसत उमेर २६ र २८ को बीच छ । चेन्नइले यसअघि २०१० र २०११ मा उपाधि जितेको थियो ।
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Salt
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending