Ntc summer Offer
Khabar Dabali १३ बैशाख २०८१ बिहीबार | 25th April, 2024 Thu
NIMB

कांग्रेस भन्छ पुनर्वासको लागि माओवादी शिविर प्रयोग गरौं

काठमाडौं, नेपाली कांग्रेसले वर्षायम सुरु भइसकेको भन्दै जस्तापाता दिंदा ढिलाई हुने भएकाले पीडित परिवारलाई तत्काल नगद नै उपलब्ध गराउन माग गरेको छ । केन्द्रीय कार्य समितिद्वारा गठित अनुगमन समितिले विनाशकारी भूकम्पबाट भएको क्षतिको अनुगमन गरिरहेको नेता शेरबहादुर देउवा नेतृत्वको अनुगमन समितिले जस्तापाता नभई तत्काल आर्थिक सहयोग गरेमात्र पीडितले अस्थायी बसोबास छिटो बनाउन सक्ने भन्दै यस्तो माग गरेको हो । सरकारी उद्दार, राहत र पुनर्वासको काम प्रभावकारी नभएको भन्दै देउवा नेतृत्वको समितिले ११ बुँदे सुझाव दिंदै आफनै पार्टीको नेतृत्वसँग यस्तो माग गरेको हो । साथै कांग्रेसले पीडितको पुनर्वासको लागि द्धन्द्धका समयमा माओवादीहरु बसेको शिविर प्रयोग गर्न पनि सरकारलाई आग्रह गरेको छ । हालसम्म राहत वितरणको प्रकृयाको अनुगमन गर्दा, समयमा सम्बन्धित स्थानमा सबैको पहुँचमा पुगेको छ भन्ने कुराको सुनिश्चित गर्न नसकिएको भन्दै कांग्रेसले राहत लाई प्रभावकारी बनाउन समन्वयात्मक भूमिका खेल्न पनि सरकारसँग माग गरिएको छ । पुनर्निर्माणका लागि आवश्यक दक्ष र अर्धदक्ष जनशक्तिको कमि हुने देखिएको भन्दै कांग्रेसले तत्काल कम्तिमा पनि ५० हजार युवाहरुलाई निर्माण सम्बन्धी अल्पकालीन तालिमको व्यवस्था गर्न पनि माग गरेको छ । यस्ता छन् कांग्रेस अनुगमनपछि निष्कर्ष र माग
  •  सरकारी तथा गैरसरकारी क्षेत्रबाट भईरहेको खाद्यान्न, पाल लगायतका विभिन्न राहत सामग्रीहरुलाई व्यवस्थित ढंगबाट वितरण गरी सबै प्रभावितहरु समक्ष पु¥याउन सरकारले समन्वयात्मक भूमिकलाई प्रभावकारी बनाउनु पर्ने ।
  •  शुरु हुन गईरहेको वर्षायामलाई समेत मध्येनजर गरी तत्काल अस्थाई आवासको व्यवस्थापनलाई पहिलो प्राथमिकता दिदै अस्थाई बसोवासका लागि जस्तापाता लगायतका सामग्री सरकारले गर्नु भन्दा त्यसको जिम्मेवारी पिडित परिवारलाई प्रत्यक्ष आर्थिक रकम तत्काल उपलब्ध गराएमा स्वयंले छिटो निर्माण गर्न सक्ने देखिन्छ ।
  • हालसम्म राहत वितरणको प्रकृयाको अनुगमन गर्दा, समयमा सम्बन्धित स्थानमा सबैको पहुँचमा पुगेको छ भन्ने कुराको सुनिश्चित गर्न सकिएन ।
  •  जोखिमयुक्त र भग्नावशेसमा परिणत भएका भवनहरु तत्काल सरकारले सफा गर्ने कार्य अगाडी बढाउनुपर्ने ।
  •  यसैगरी राहत वितरण प्रकृयालाई निष्पक्ष र प्रभावकारी बनाउन राहत कार्डको व्यवस्था मिलाउनु आवश्यक देखिन्छ ।
  •  स्वास्थ्य र शैक्षिक पूर्वाधारहरुको अस्थाई व्यवस्था तत्काल गरी स्वास्थ्य र शैक्षिक सुविधा सुचारु गर्नुपर्ने ।
  •  प्रभावित क्षेत्रका कतिपय गाउँ वस्तीहरु बस्न योग्य नभएको देखिएकोले त्यस्ता गाउँवस्तीका बासिन्दाहरुलाई पुनर्वासको व्यवस्था गर्ने । तत्कालका लागि भूटानी शरणार्थी शिविर लगायत खाली भएको अन्य माओवादी लडाकूहरु बसेको शिविरहरु समेतको प्रयोग गर्न सरकारले विचार गर्नुपर्ने ।
  •  ध्वस्त भएका ऐतिहासिक, पुरातात्विक, धार्मिक तथा साँस्कृतिक धरोहरहरुलाई तत्काल सुरक्षित गरी पुनर्निर्माणको कार्य अगाडी बढाउनु पर्ने ।
  •  दीर्घकालीन आवास र पुनर्निर्माण तथा नवनिर्माणका लागि आवश्यक कार्ययोजना यथाशीघ्र तयार गर्नुपर्ने ।
  •  महाभूकम्पको दौरानमा अत्यन्त दुर्गम र जोखिमपूर्ण स्थानहरुमा पुगी जनताले भोगेका वास्तविकताको बारेमा सूचना प्रवाह गर्ने सञ्चारकर्मीहरुको आवश्यकतालाई ध्यानमा राखी राहतको व्यवस्था सुनिश्चितता गर्नुपर्ने ।
  •  महाभूकम्पबाट भएको व्यापक धनजनकोे क्षतिलाई ध्यानमा राखी उक्त संरचनाहरुको पुनर्निर्माणका लागि आवश्यक दक्ष र अर्धदक्ष जनशक्तिको कमि हुने देखिएको छ । तसर्थ सरकाले तत्काल कम्तिमा पनि ५० हजार युवाहरुलाई निर्माण सम्बन्धि अल्पकालीन तालिमको व्यवस्था गर्नुपर्ने ।
शेरबहादुर देउवा संयोजक
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending Alphabet Education Consultancy Pioneer Software Technologies