Khabar Dabali २४ चैत्र २०८२ मंगलवार | 7th April, 2026 Tue

'किम जङ अन शिखर वार्ताको लागि मस्को जाने'

उत्तर कोरियाले आफ्ना नेता किम जोङ अन एक शिखर वार्तामा भाग लिन मस्को जानका लागि सहमत भएको जनाएको छ ।

रुसी विदेश मन्त्री सर्गेइ लाभ्रोभले उत्तर कोरियाको भ्रमण गरेलगत्तै त्यस्तो घोषणा भएको हो । प्योङयाङमा लाभ्रोभलाई भेटेपछि नेता किमले यसै वर्षको अन्त्यसम्ममा मस्कोमा राष्ट्रपति भ्लादिमिर पुटिनसँग भेटघाट गर्ने जानकारी दिएका हुन् । उत्तर कोरियाली समाचार संस्थाका अनुसार लाभ्रोभसँगको भेटमा नेता किमले परमाणु अस्त्र निश्शस्त्रीकरण प्रतिको आफ्नो प्रतिबद्धता नबदलिएको बताएका थिए । तर किमले त्यस्त्रो निश्शस्त्रीकरण \"चरणबद्ध रूपमा\" हुने बताएको जनाइएको छ । त्यही विषय उत्तर कोरिया र अमेरिकाबीच जारी संवादका क्रममा पेचिलो बन्दै आएको छ । अमेरिकाले चाहिँ पूर्ण निश्शस्त्रीकरणपछि मात्र उत्तर कोरियामाथि लगाइएका प्रतिबन्धहरू फुकुवा गर्न सकिने सर्त राखेको छ । त्यसअघि अमेरिकी विदेशमन्त्री माइक पोम्पेओले बिहीवार उत्तर कोरियाली नेताका विश्वासपत्रसँगको भेटमा \"वास्तविक प्रगति हासिल\" भएको बताएका थिए । तर पोम्पेओले नेता किम र राष्ट्रपति डोनल्ड ट्रम्पबीच हुने भनिएको बहुप्रतीक्षित शिखर वार्ता निर्धारित समय र स्थानमा हुने हो वा होइन भनेर खुलाएनन् । बीबीसी  
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Salt
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending