Khabar Dabali १३ चैत्र २०८२ शुक्रबार | 27th March, 2026 Fri
Investment bank

सुकेका मूलमा फेरि पानी !

काठमाडौं, गत वैशाख १२ गते गएको विनाशकारी भूकम्पसँगै काठमाडौं दक्षिणभेगमा दुई दशकदेखि सुकेका पानीका मूलबाट पूर्ववत् अवस्थामा पानी आउन थालेको छ । भूकम्पपछि सञ्चालनमा आएका मूलमा पनि पानीको बहाब बढेको छ । सुरुका दिनमा धेरै धमिलो पानी आउने गरेका ती स्थानमा पछिल्ला दिनमा पानी सफा हुँदै जान थालेको छ । विगत केही वर्षयता पानीको बहाब निकै कम हुँदै गएको फर्पिङ्को शेषनारायणमा भूकम्पपश्चात् पानीको बहाब बढेको छ भने चाल्नाखेलमा २०५०/५१ सालदेखि सुकेका रैला, मूलपानी, खहरेलगायतका स्थानका मूलमा पानी पलाएको छ । स्थानीयवासी एवम् चम्पादेवी क्षेत्र सुधार तथा व्यवस्थापन संस्थाका अध्यक्ष जनक तामाङका अनुसार सुकिसकेका पुराना पानीका मुहानमा भूकम्पसँगै पानी आउन थालेको छ भने आसपासका अन्य पानीका स्रोतमा पनि पानीको बहाब बढेको छ । फर्पिङ्स्थित शेषनारायणमा रहेका दुई मूलमध्ये एउटा मूलमा लगभग १२ वर्षयता सुकेको मूल १२ गतेको भूकम्पपछि पूर्ववत्रुपमा सञ्चालनमा आएको छ । स्थानीयवासीका अनुसार उक्त दिन भूकम्पसँगै माटो मिसिएको लेदोयुक्त पानीले यस अघि सुकेको शेषनारायण कुण्डपूर्ण रुपमा भरिएको थियो । उक्त दिनपछि क्रमशः पानी सफा हुँदै गएकामा २९ गतेको भूकम्पका कारण केही दिनयता अझै धमिलो पानी आइरहेको छ । स्थानीय समाजसेवी शशी शर्मा अर्यालका अनुसार दक्षिणभेगस्थित डल्लुको नौमुल, सेतीदेवीस्थित सातमूलमा भूकम्पपछि पानीको बहाब निकै बढेको छ । भूकम्पपछि पानीका प्राचीन मुहानमा पानी आउन थालेका कारण अचम्मित बनेका चाल्नाखेलवासीलाई पछिल्ला दिनमा छ्वाङ्डाँडाबाट लगातार ढुङ्गा खस्न थालेपछि भने थप चिन्तित बनाएको छ । ‘डाँडा तल रहेको ठूलो बस्तीमा ढुङ्गा खस्न थालेपछि रातदिन ठूलै पहिरो आउँछ कि भन्ने चिन्ताले त्रसित बनाएको छ । सयौँ घरहरु डाँडाको सिधैँ तल रहेका कारण वर्षात् अगावै जोखिम कम गराउने उपाय निकाल्नुपर्छ’– तामाङले भन्छन् ।
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Salt
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending