Khabar Dabali २४ चैत्र २०८२ मंगलवार | 7th April, 2026 Tue

गृहमन्त्रीकै गाडी फेल भएर वनमन्त्रीको पास भएपछि...

काठमाडाैं । घटना आइतबार विहानको हो । थापाथली चोकमा सरकारको प्रत्यक्ष उपस्थिती देखियो । एकाविहानै सरकारी कर्मचारी, पत्रकार, ट्राफिक प्रहरी र अन्य सरोकारवालाहरुको बाक्लो उपस्थितीले यहाँ के हुँदैछ भन्ने प्रश्न उठिरहेको थियो । अचानक मन्त्रीका गाडी आए । कर्मचारीले मन्त्रीहरुलाई हरियो एप्रोन र मास्क थमाए । गृहमन्त्री रामबहादुर थापा बादल र वन तथा वातावरणमन्त्री शक्तिबहादुर बस्नेत एकाएक सडकमा ओर्लिए । ट्राफिक प्रहरी महाशाखा एसएसपी बसन्त पन्तको टोलीले प्रदुषण मापक यन्त्र झिके र गुडिरहेका गाडीलाई रोकेर मन्त्रीहरु जाँचपड्तालमा कस्सिए । घटना नं १: रत्नपार्कबाट जावलाखेल गुड्दै गरेको बा.२ ख ९३५२ नम्बरको भाडाको माइक्रो बस सडकमा साइड लगाइयो । गृहमन्त्री बादलले माइक्रो बसको साइलेन्सरमा प्रदुषण मापक यन्त्र छिराए । डिजिटल मेसिनमा ५.५ अंक देखायो । प्रदुषण मापदण्डअनुसार हुनुपर्ने थियो, २.२ अंक । तत्कालै ट्राफिक प्रहरीले प्रदुषण मापदण्ड फेल भएको भन्दै चिट काटे । लगत्तै वातावरण प्रदुषण गर्नु पनि एक प्रकारको भ्रष्टाचार हो भन्दै गृहमन्त्री बादलले स्वच्छ र स्वस्थ्य जनता भए देश र जनता समृद्ध हुने घोषणा गरे । घटना नं २: वन तथा वातावरणमन्त्रीले बा. १ ज. ४३३१ नम्बरको ट्याक्सीको प्रदुषण मापन गरे । सो ट्याक्सी मापदण्ड भित्र रहेर गुडिरहेको पाइयो । ट्राफिकले पास भन्दै पठाए । मन्त्री बस्नेतले वातावरणमा प्रतिकुल असर पुर्याउने कुनै पनि काम गर्न नमिल्ने बताए । गृहमन्त्री बादलले यो सिम्बोलिक रुपमा काम गरिएको सुरुवात हो भन्दै यो अभियानलाई देशैभरि चाँडै नै लागू गरिने जानकारी दिए । वन मन्त्री बस्नेतले नेपाल सरकार देशैभरि स्वच्छ वातावरण र हरियाली प्रवद्र्धन गर्न लागिपरेको बताए । स्थानीय र प्रदेश सरकारको समन्वयमा प्रदुषण नियन्त्रण अभियानलाई देशव्यापी बनाइने दुबै मन्त्रीले एकसाथ घोषणा गरेका थिए । सरकारले जेठ २२ गते मनाउन लागिएको सप्ताहव्यापी वातावरण दिवसको पाँचौ दिन आज आइतबार सो छड्के जाँचपड्ताल गरिएको अधिकारीले बताएका छन् । सातौ दिन अर्थात् जेठ २२ गते प्रधानमन्त्री केपी शर्मा ओलीको उपस्थितीमा एकवर्षे नेपाल सरसफाइ महाअभियान घोषणा गरिने कार्यक्रम रहेको छ ।
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Salt
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending