Khabar Dabali २४ चैत्र २०८२ मंगलवार | 7th April, 2026 Tue

साढे ३३ किलो सुन प्रकरणः पूर्वप्रहरी लोहनी, केसी र संजेललाई रमेश खरेलले किन बचाए ?

काठमाडाैं । साढे ३३ किलो सुन प्रकरण र सनम शाक्य हत्या प्रकरणमा मुछिएका नेपाल प्रहरीका वरिष्ठअधिकारीलाई छुटाउन पूर्ववरिष्ठ अधिकारीहरु सक्रिय हुने थालेका छन् । सक्रियता देखाउनेमा नेपाली प्रहरीका डिआईजी रमेश खरेल पनि थिए । सुन तस्करी र सनम शाक्यको हत्या प्रकरण प्रहरीका एसएसपी दिवेश लोहनी, डिएसपी प्रजित केसी र सई बालकृष्ण संजेललाई फसाइएको भन्दै उनीहरुमाथि निष्पक्ष छानविन गर्न माग गरेका हुन् । राजधानीमा भएको एक कार्यक्रममा नेपाल प्रहरीका पूर्व एआइजी राजेन्द्रसिंह भण्डारी, डिआइजीद्धय हेमन्त मल्ल ठकुरी र रमेश खरेलले लोहनीलगाएका प्रहरी अधिकारीलाई फसाइएको भन्दै बैंकल्पिक संयन्त्र बनाएर फेरि छानबिन गर्नुपर्ने माग अघि सारेका छन् । आयोग गठन गरेर वा त्यसभित्रै रहने गरी टाक्स फोर्स या संसदीय समिति बनाएर ३३ किलो सुन तस्करी र सनम शाक्यको हत्याको पुनः छानबिन गर्न सकिने उनीहरुको सुझाव थियो । पूर्वडिआइजी रमेश खरेलले आफू पनि प्रहरीमा रहदाँ ७ किलो चरेश बोकेर अप्रेसनमा हिँडि अपराधी समाउन सफल भएको भन्दै विभिन्न बहाना लगाएर अनुसन्धान गर्ने अधिकारीलाई थुन्न नहुने बताए । ‘लोहनीले काम गर्ने तरिका प्रहरीमा यसअघिका सबैले पहिलेदेखिनै गर्ने तरिका यही हो, खरेलले भने, ‘उसले त्यो काम प्रहरी संगठनका लागि गरेका हुन् ।’ खरेलले यस विषयमा तत्कालिन प्रहरी प्रमुखले केही बोल्न नसक्नु नालायकीपन भएको आक्रोश पोखे । ‘यस अप्रेसनबारे तत्कालिन प्रहरी प्रमुख प्रकाश अर्याललाई सबै कुरा जानकारीमा भएको र यस्तो अवस्थामा उहाँ बोल्न नसक्नु उहाँको नालायीपन हो ।’ ‘निष्ठावान प्रहरी कर्मचारीलाई फसाउने काम भएको छ,’ पूर्वएआइजी भण्डारीले भने, ‘यसले छानबिनमा गम्भीर त्रुटि भएको पुष्टि गर्छ ।’ लोहनीलाई हतारमा जेल हाल्ने काम भएको भन्दै पूर्वडिआइजी ठकुरीले अनुसन्धान गर्ने प्रहरीलाई यसरी कारबाही गर्दा प्रहरी संगठनमा दीर्घकालिन रुपमा असर पर्ने बताए । ‘लोहनीले यस घटना अनुसन्धानका लागि विभिन्न ट्रिक लगाएका छन्, त्यसैको भरमा उनीहरुलाई कारबाही गर्ने पर्याप्त ठाउँ भने हुदैन्थ्यो,’ पूर्व डिआइजी ठकुरीले भने । हाइ रिक्स’ लिएर बर्षौदेख संगठनमा काम गरिरहेका सञ्जेलका साथै गजेन्द्र रावललाई पनि २ दिन थुन्ने काम भयो, यो निकै दुःखत कुरा हो, यसले संगठनकै मनोबल गिरेको छ,’ ठकुरीले भने । समिति भन्छः किन टाउको दुखाएको ? नेपाल प्रहरीका पूर्ववरिष्ठ अधिकृतहरुले नै छानविनमा आशंका गरेको भन्दै छानविन समितिका सदस्यले असन्तुष्टी जनाएका छन् । उनीहरुले अदालतमा विचाधिन मुद्दाका विषयमा बोल्नु उचित नभएको बताएका छन् । अदालतमा विचाराधीन मुद्दामा बोल्दै हिँड्नु गलत भएको छानविन समितिका एक सदस्यले बताए । ‘अदालतमा विचाराधीन मुद्दा हो । उहाँहरुले मुद्दा प्रभावित हुने गरी नबोल्दा राम्रो हुन्थ्यो,’ एक सदस्यले भने, ‘अनुसन्धानलाई प्रभावित पार्नेगरी गरी जुन अभिव्यक्ति आएको छ त्यो पक्कै पनि हाम्रो ध्यानाकर्षण भएको छ ।’ स–प्रमाणसहित आएको विषयमा प्रहरी संगठनमा राम्रो छवि बनाएका अफिसरहरुले छानविनबारे टाउकाे दुखाउनु नपर्ने समितिका एक सदस्य बताउँछन् ।
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Salt
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending