Khabar Dabali २४ चैत्र २०८२ मंगलवार | 7th April, 2026 Tue

सशस्त्र द्वन्द्वका अपांगता भएकाहरुको राहत निरन्तरता दिने सरकारको निर्णय

काठमाडौं । सशस्त्र द्वन्द्वमा परी घाईते/अपांगता भएका व्यक्तिहरुलाई यसअघि निर्धारण गरीएकै अपांगता प्रतिशतका आधारमा विगत बमोजिमकै तोकिएको आर्थिक सहायता रकम वितरण गर्ने निर्णय भएको छ । गृहमन्त्री रामबहादुर थापा बादलको मन्त्रीस्तरीय निर्णयको आधारमा सबै जिल्ला प्रशासन कार्यालयमा सो सम्बन्धी परिपत्र आज गृह मन्त्रालयले पठाएको छ । यसअघि तत्कालिन शान्ति तथा पुनःनिर्माण मन्त्रालयलले वि.स. २०७४ भदौ २९ गते आर्थिक सहायतका सम्बन्धमा “ सशस्त्र द्वन्द्वमा घाईते भई अपागंता भएका व्यक्तिहरुको अपांगता प्रतिशत निर्धारण तथा पुनरावलोकन कार्यविधि २०७४ बमोजिम प्रतिशत पुनरावलोकन पश्चात एकिन गरी वितरण गर्नुहुन भन्ने ” परिपत्र गरेको थियो । सोही परिपत्रका आधारमा जीवन निर्वाहका लागि राहत/आर्थिक सहायता निर्धारण गरीएकै मापदण्डको आधारमा सशस्त्र द्वन्द्वमा घाईते भई अपागंता भएका व्यक्तिहरुले पाउँदै आएको रकम विगत केही महिनादेखि रोकिएको थियो । एकातिर प्रतिशत पुनरावलोकन पनि नहुने र अर्कोतिर पाउनुपर्ने रकम पनि पाउन छाडेपछि द्वन्द्वमा घाईते अपागंता भएका व्यक्तिहरुले उपचार लगायतमा समस्या पैदा भएको थियो । छिट्टै प्रतिशत पुनरावलोकन गरी सोही आधारमा राहत रकम दिईने र सो प्रक्रिया पुरा नहुन्जेलसम्मलाई विगतमा पाउँदै आएको रकम द्वन्द्वमा अपागंता भएका व्यक्तिहरुले अब नियमित रुपमा पाउने गृहमन्त्रालयले जनाएको छ । मन्त्रालय पुर्नसंरचनाको क्रममा शान्ति तथा पुनःनिर्माण मन्त्रालयल अहिले गृहमन्त्रालयमा गाभिएपछि विगतमा शान्ति मन्त्रालयले गर्ने गरेका कामहरु अहिले गृहले गर्ने गरेको छ ।
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Salt
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending