Khabar Dabali ११ चैत्र २०८२ बुधबार | 25th March, 2026 Wed
Investment bank

प्रभावित क्षेत्र सबैतिर क्रान्तिकारीको उद्धार, राहत र जनसेवा जारी

काठमाडौं, देशमा विनाशकारी भूकम्पले थुप्रै जनधनको क्षति भएपश्चात अखिल (क्रान्तिकारी) निरन्तर रुपमा जनसेवा, उद्दार र राहतको काममा निरन्तर रुपमा क्रियाशील रहँदै आएको क्रान्तिकारीका केन्द्रीय अध्यक्ष रमेश मल्लले जनाएका छन् । संगठनका केही गतिविधिलाई सामाजिक सञ्जालहरुमार्फत समेत सार्वजनिक गरिरहेको उल्लेख गर्दै अध्यक्ष मल्लले महाभूकम्पले सिर्जना गरेको महाविनाशको यस घडीमा संगठन र मातहतका कार्यकर्ताले गरेका कामहरु राजनीतिक उद्देश्यका निम्ति प्रचार गर्ने कुनै नियत नरहेको समेत जनाएका छन् । आज जनताले राजनीतिक पार्टी तथा तिनका भ्रातृसंस्थाहरु के गर्दैछन् भनेर प्रश्न गरिरहेकाले मात्रै आफ्नो संगठनले गरेका कामहरुको मोडालिटी बाहिर आउँदा राम्रो होला भनेर सञ्चारमाध्यम र सामाजिक सञ्जालहरुमार्फत गतिविधिबारे बेलाबखत जानकारी गराइएको समेत संगठनले बताएको छ । वैशाख १२ को महाविनाशकारी भूकम्प तथा त्यसयता निरन्तर आइरहेका ‘प्रतिकम्पन’ का क्रममा आहत राष्ट्र र जनताको आवश्यकतालाई ध्यानमा राखेर क्रान्तिकारीहरुले यसबीच मूलतः निम्नानुसार जनसेवाका कार्यहरु गरिरहेको छ– सरसफाई र स्वास्थ्य शिविर सञ्चालन क्रान्तिकारीले आफ्नै पहल, नेतृत्व र आबद्ध सदस्यहरुको सक्रियतामा वैशाख १३ गतेदेखि नै टिम बनाएर पाटन, जनमैत्री, त्रिवि शिक्षण अस्पताल, केएमसी शिक्षण अस्पताल र वीर अस्पतालमा स्वयंसेवी काम गर्ने तथा खुलामञ्च र नयाँ बसपार्कको अस्थायी शिविरमा सरसफाई गर्ने काम सम्पन्न गरेको छ । त्यसैगरी सो संगठनले भक्तपुरको चाँगुनारायण र दधिकोटमा लगातार ४ दिन र सिन्धुपाल्चोकको बाँडेगाउँ र धुस्कुन, ललितपुरको इकुडोल र काठमाडौंको साङ्लामा एक–एक दिन विशेषज्ञ डाक्टरसहित स्वास्थ्य शिविर समेत सञ्चालन गरिसकेको छ । राहत वितरण अखिल (क्रान्तिकारी) ले गोरखाको बारपाक, आँपपीपल र अर्चले, काभ्रेको अनेकोट, ललितपुरको इकुडोल र धादिङको चेपाङ वस्तीमा चामल, खाद्यन्न तथा त्रिपालसहित राहत वितरण गर्यो । अस्थायी वासस्थान निर्माण काठमाडौंको नाङलेभारे, चापाबोट र झोर, नुवाकोटको जिलिङ र तुप्चे, सिन्धुपाल्चोकको सिपापोखरी तथा गोरखाका विभिन्न स्थानमा अहिलेसम्म ५० वटा जति अस्थायी वासस्थान निर्माण गरिसकेको क्रान्तिकारीले यो क्रम अझै जारी नै रहेको जनाएको छ । महाभूकम्पमा क्षतिग्रस्त भई भग्नावशेषमा पुरिएका जनताको खाद्यन्न, लत्ताकपडा तथा वस्तुभाउ निकाल्ने काममा समेत अखिल (क्रान्तिकारी) ले स्वयंसेवक टोली परिचालन गरिरहेको छ । क्षतिग्रस्त विद्यालयमा अस्थायी भवन–टहरा निर्माण भगवती मावि– दानसिंङ, कास्की; चण्डेश्वरी उमावि– तुप्चे, नुवाकोट; सिजाली मावि– ताप्लुङ, गोरखा; मूूलदेवी प्रावि–ग्याजी–सिउरपानी, गोरखा र उराजङ प्रावि– स्वारा– ८, पटनेरी–गोरखामा अस्थायी टहरा निर्माण गरी विद्यालय सञ्चालनका निम्ति भौतिक वातावरण तयार पार्ने काम समेत अखिल (क्रान्तिकारी) ले गरेको छ । १५–१५ जना सदस्य रहेका अखिल (क्रान्तिकारी) का १७ वटा स्वयंसेवक टिम अहिलेसम्म अतिप्रभावित क्षेत्रमा क्रियाशील छन् । १ महिनासम्म स्वयंसेवा गर्नेगरी खटाइएको टिमलाई रोटेसन गरी परिचालन गर्ने योजना क्रान्तिकारी केन्द्रीय कार्यालयले निर्माण गरेको जनाइएको छ ।

तस्बिरमा क्रान्तिकारीका गतिविधि–

\"Akhil_R_2-640\" \"Akhil_R_3-640\" \"Akhil_R_4-640\" \"Akhil_R_5-640\" \"Akhil_R_6-640\" \"Akhil_R_7-640\"\"Akhil_R_8-640\" \"Akhil_R_9-640\" \"Akhil_R_10-640\" \"Akhil_R_11-640\" \"Akhil_R_12-640\" \"Akhil_R_13-640\" \"Akhil_R_14-640\" \"Akhil_R_15-640\" \"Akhil_R_16-640\" \"Akhil_R_17-640\" \"Akhil_R_18-640\" \"Akhil_R_19-640\" \"Akhil_R_20-640\" \"Akhil_R_21-640\" \"Akhil_R_22-640\"  
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्: