Khabar Dabali २४ चैत्र २०८२ मंगलवार | 7th April, 2026 Tue

१३ वर्षिया बालिकाको ओलम्पिकमा भाग लिने सपना

पाकिस्तानको प्रमुख शहर कराँचीमा रहेको ल्यारी क्षेत्र । ल्यारी कराँचीको यस्तो क्षेत्र हो, जहाँ विभिन्न समुदायका कयौँ मानिसको बसोबास रहेको छ । तर यहाँको साझा चिनारी हो, गरिबी । ल्यारी क्षेत्रमा आउँदा शुरुवाती दिनमा अजब लागेको थियो । यस इलाकामा बाहिरका मानिस आउन असुरक्षित महशुस गर्ने रहेछन् । किनकी यहाँको चोक र गल्ली मारकाट, खुनखराबाका लागि प्रसिद्ध जस्तै भएको रहेछ । प्रहरी प्रशासनको पनि पहुँच नपुगेको र प्रहरी जान नमान्ने क्षेत्रको रुपमा चिनिएको रहेछ । पकिस्तानको अर्धसैन्य बलको लामो अभियानपछि सो क्षेत्रका अराजक क्रियाकलाप र अराजक तत्वहरुको निर्मूल पार्न सफल भएको हो । हाल यो क्षेत्रमा आममानिस ओहोरदोहोर गर्न कुनै समस्या रहेको छैन । महिलाको पहिलो बक्सिङ क्लब ल्यारी क्षेत्रमा रहेको बक्सिङ क्लबमा युवतीहरुको बाक्लो उपस्थिती रहेको थियो । बक्सिङमा आफ्नो भविष्य खोजिरहेका देखिन्थे । हरेक दिन स्कुल छुट्टी भएपछि दर्जनौँ युवती ‘पाक शाहिन बक्सिङ क्लब’ मा पुगिसकेका हुन्छन् । पंचिग ब्यागमा मुक्का बजार्दै युवतीहरु बक्सिङको माध्यमबाट आत्मनिर्भर बन्न खोजिरहेका देखिन्थे । बक्सिङ क्लबमा सबै आवश्यकिय चिजहरुको राम्रो बन्दोबस्त थियो । क्लबको एउटा ढोकामा अमेरिकी बक्सन मोहम्मद अलिको तस्बिर राखिएको छ । अर्को ढोकामा बक्सिङ ग्लोभ टाँगिएको छ । ओलम्पिक खेलाडी बन्ने सपना १३ वर्षिया आलिया सुमरो पाक शाहिन बक्सिङ क्लबकी सबैभन्दा जोशिली बक्सर हुन् । उनले आजसम्म कुनै पनि टुर्नामेन्ट हारेकी छैनन् । बक्सर मोहमद अलि आफ्नो प्रेरणाको स्रोत बताउने आलियाले भनिन्, ‘ एकदिन मैले मोहमद अलिको फाइट देखेको थिएँ । त्यो दृश्य बडो रोमाञ्चक थियो । म पनि त्यसै गरी खेल्न चाहन्थे । उनले तीनवटा प्रतियोगिता जितेका छन् । म पाँचवटा जित्न चाहन्छु । ’ बक्सिङ खेल्नु उनको लागि कुनै गाह्रो काम नभएको बताउँदिन् । उनि भन्छिन् , ‘ जब म आफ्नो पहिलो म्याच खेल्दै थिएँ । मानिसले मेरो बेइज्जत गरेका थिए । घरमा नबसेर, नमाज कुरान पाठ नगरेर भन्दै कुरा काटेका थिए । साथै मेरो बुबालाई पनि किन बक्सिङ खेलाएको भन्दै खिस्साएका थिए । ’ जेजति चुनौती भएपनि आफू एकदिन ओलम्पिक खेलाडी बनेरै छाड्ने आलियाले दाबी गरिन् । बक्सिङबाट आशाको किरण सन् २०१३ मा पाक शाहिन क्लबमा महिला बक्सरले बक्सिङ सिकाउन शुरु गरेकी थिइन् । ल्यारी क्षेत्रमा त्यसताका ग्याङवारको विगविगी थियो । त्यसबाट सबैभन्दा बढि प्रभावित महिला नै हुन्थे । असुरक्षित हुन्थे । युनुस कमबरनी भन्छिन्, ‘ त्यसबेला ज्यादै खराब दिन थियो । क्लबको परिसरमा गोलीको छर्रा आइपुग्थे । गरिबी र हिंसामा जुधिरहेका क्षेत्रमा जनतामा आशाको किरण जगाउन सकिएला भन्ने लागेको थियो । र मैले काम सुरु गरेको थिए । तर सबै मेरो विरुद्धमा लागे । तर त्यसको वेवास्ता गर्दै आफ्नो काममा अडिग भएर लागिरहेँ । ’ कमरवानीले आजसम्म धेरै युवतीलाई बक्सिङको तालिम दिइसकेकी दिन् । धेरैले विभिन्न प्रतियोगितामा भागसमेत लिइसकेको बताउँछिन् । घरबाट बाहिर निस्कन नदिने, पढ्न जान नदिने युवतीहरुलाई बक्सिङ क्लबमा सहभागी हुन दिने अभ्यास त्यहाँको समाजमा अहिले पनि मुस्किल छ । किनकी त्यो समाज ज्यादै नै रुढीवादी छ । विस्तारै बक्सिङ मार्फत् महिलाप्रति हेर्ने समाजको दृष्टिकोणमा बदलाब आएको छ । महिलाहरु कुनै ठूला घटना भयो भने त्यसको नेतृत्व गर्दै समाधानमा लाग्छन् । बक्सिङ क्लबको दीगोपनामा भने समस्या देखिएको छ । कुनै पनि प्रतियोगिता गर्न पर्यो भने सामान्य खर्चको जोहो गर्न पनि अप्ठेरो रहेको छ । यसमा कसैको सहयोगको टड्कारो आवश्यकता देखिएको छ । क्लबमा सुन्दर दृश्यहरु देख्न पाइन्छ । युवतीहरु आफ्नो तागत लगाएर मुक्का बजारीरहेका थिए । आँखामा आवेग तर ‘बडिल्याङग्वेज’ भावुक बनाउने खालका देखिन्थे । ढोकामा टाँगिएको पोस्टरमा लेखिएजस्तै महिलाले आफ्नो शक्ति देखाइरहेका थिए । एजेन्सी
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Salt
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending