Khabar Dabali २४ चैत्र २०८२ मंगलवार | 7th April, 2026 Tue

रेडबुलमा विस भेटियो, खानेहरू सावधान (भिडियोसहित)

काठमाडौं । युवापुस्ता र खेलाडीले रेडबुललाई शक्तिवद्र्धक पेय पदार्थका रूपमा बढी प्रयोग गर्ने गरेका छन् । युरोप र अमेरिकाका अधिकांश मुलुकले रेडबुलको प्रयोगबाट मानव स्वास्थ्यमा पर्ने असरका बारेमा आफ्ना नागरिकलाई सचेत गराउँदै आएका छन् । तर नेपाललगायत अल्प विकसित र विकासशील मुलुकमा भने यसले स्वास्थ्यमा पार्ने असरका बारेमा निकै कम मात्र चर्चा हुने गरेको छ । अाजको नेपाल समाचारपत्रमा खबर छ-इनर्जी ड्रिंक्सका रूपमा रेडबुल बढी प्रयोग गर्नेहरूमा युवापुस्ता र खेलाडीहरू पर्दछन् । केही समयका लागि थकान मेटिएको अनुभव भए पनि यसले कालान्तरमा अनिद्रा, रक्तचाप बढाउने, चिन्ता बढ्ने, ह्दयाघात, टाउको र छाती दुख्ने समस्या, पखाला लाग्ने, छिनछिनमा पिसाब लाग्ने समस्या, तौल बढ्ने, मिर्गौलामा समस्या देखापर्नेलगायतका समस्या देखिने गरेका छन् । सन् १९६० को दशकमा संयुक्त राज्य अमेरिकाको रक्षा विभागले रेडबुलजस्तै एउटा पेय पदार्थ उत्पादन गरेर भियतनाममा रहेका आफ्ना सेनाका लागि प्रयोगमा ल्याएको थियो । यसको मुख्य उद्देश्य युद्धमा थकित सेनाहरूलाई तत्कालका लागि शक्ति प्राप्त गराउनु थियो । त्यो बेला यसलाई ‘यालुसिनोजेनिक ड्रग’ का रूपमा प्रयोगमा ल्याइएको भए पनि पछि उक्त पेय पदार्थको प्रयोग थुप्रै सैनिकको मृत्युको कारण भएको पुष्टि भएपछि यसको उत्पादन बन्द भएको थियो । रेडबुलमा जस्तै रसायन मिसाइएको उक्त पेय पिएर युद्ध लडेका सिपाहीहरूमा माइग्रेन, ब्रेन ट्युमर तथा कलेजोमा दीर्घकालीन असर परेको देखिएपछि अमेरिकामा यसको प्रयोग रोकिएको थियो । रेडबुलमा स्वास्थ्यलाई गम्भीर असर गर्ने रसायनिक पदार्थको मिसावट गरिएको हुन्छ। यसमा भिटामिन बी १२ र ग्लुकोरोनोल्याक्टोन नामक हानिकारक रसायन मिसाइएको हुन्छ। उरुग्वे, डेनमार्क र नर्वेमा अहिले पनि रेडबुलको बिक्रीवितरणमा पूर्ण रूपमा प्रतिबन्ध लगाइएको छ । केही मुलुकहरूमा अहिले पनि औषधि पसलमा मात्र रेडबुल किन्न पाइन्छ। फ्रान्समा पनि सन् २०१४ सम्ममा रेडबुल किनबेचमा पूर्ण रूपमा प्रतिबन्ध लगाइएको थियो । तर त्यहाँको सरकारले ४ वर्षअघिमात्र उक्त निर्णयमाथि फुकुवा गर्दै औषधि पसलबाट मात्र खरिद बिक्री गर्न मिल्ने प्रावधान राखेको छ । त्यसै गरी कुबेतमा १६ वर्षभन्दा कम उमेरका व्यक्तिले रेडबुल किन्न पाउँदैनन् । स्वीडेनमा रेडबुल खाएर तीन जनाको तीन जनाको मृत्यु भएको विषयमा अहिले पनि अनुसन्धान चलिरहेको छ। मृत्यु भएका ती व्यक्तिमध्ये २ जनाले रक्सीसँग रेडबुल मिसाएर खाएका कारण त्यसले रक्तसञ्चार बन्द भएको ठानिएको छ । त्यस्तै अर्का एक व्यक्तिले एकैचोटि ३ वटा रेडबुल पिएका कारण मृत्यु भएको ठानिएको छ । रक्सी र रेडबुलको सम्मिश्रण हुँदा हानिकारक रसायन बन्छ जसले कलेजोमा प्रत्यक्ष असर पु¥याउँछ । ब्रिटिस मेडिकल जर्नलका अनुसार रक्सीसँग रेडबुल खाँदा मानिसको ज्यानै जान सक्ने कुरा उल्लेख गरिएको छ। जर्नलका अनुसार रेडबुल र भोड्का मिसाएर खाँदा त्यो स्वाथ्यका लागि बढी हानिकारक हुन्छ। जर्नलले यी दुई पेय पदार्थको मिश्रणलाई ‘डेड्ली बम’को उपनाम दिएको छ। नेपालमा पनि अधिकांश युवा पुस्ताले भोड्का र रेडबुल मिसाएर खाने गरेको भए पनि यसले मानव स्वास्थ्यमा पार्ने असरका विषयमा भने निकै कम व्यक्ति मात्र जानकार छन्। अधिकांश खेलाडीले इनर्जी ड्रिंक्सका नाममा रेडबुल पिउने गर्दछन्। तत्कालका लागि यसले शरीरमा शक्ति प्रवाह गरेको महसुस भए पनि यसले दीर्घकालमा देखिने गम्भीर खालका रोगहरू निम्ताउने ब्रिटिस मेडिकल जर्नलमा उल्लेख छ। बेलायतमा लामो समयसम्म अनुसन्धानले गरेपछि रेडबुल पिउँदा मानव स्वास्थ्यमा पर्ने असरका विषयमा उक्त निष्कर्ष निकालिएको हो। ‘फुटबल, ब्याडमिन्टन, बास्केटबल, जिम, मार्सल आर्टस्लगायत अन्य एथ्लेटिक्सका क्रममा रेडबुल पिउँदा यसले मुटुको गति बढाउँछ। मुटुको गति बढेपछि शरीरमा रगत छिटोछिटो प्रवाह हुन थाल्छ र मानिसहरूले तत्कालका लागि केही शक्ति प्राप्त गरेको महसुस गर्दछन्।’ –जर्नलमा भनिएको छ। यसरी मुटुको गति बढ्दा खेलाडीहरूमा तत्काल हृदयाघात नै हुन सक्ने निष्कर्षमा बेलायतमा गरिएको अनुसन्धानले देखाएको हो। आयरल्यान्डका १८ वर्षीय बास्केटबल खेलाडी रुज कोनीको बाल्केटबल खेल्दा खेल्दै हर्ट अट्याकका कारण मृत्यु भयो। उनको मृत्युका पछाडि बढी मात्रामा रेडबुल पिएर कोर्टमा उत्रनुलाई कारण मानिएको छ। त्यसै गरी, अमेरिकाका ३३ वर्षीय कोरी टेरीको पनि बास्केट खेल्ने क्रममा मृत्यु भएपछि उनको परिवारले रेडबुलसँग १८ मिलियन अमेरिकी डलर बराबरको क्षतिपूर्ति माग गरेको घटना सेलाउन पाएको छैन। दैनिकरूपमा व्यायाम नगर्ने व्यक्तिले रेडबुल पिउँदा पनि यसले हृदयाघात हुने सम्भावना बढी हुन्छ। यसको मुख्य कारण भनेको शरीरमा निकै कम शक्ति प्रवाह भएको अवस्थामा पनि रेडबुलले मुटुको धड्कन बढाउँछ। शक्तिवद्र्धक पेय पदार्थका रूपमा खेलाडी तथा युवाहरू बढी पिउने गर्छन्। तर यसले पार्ने असरका विषयमा निकै कम व्यक्ति मात्र जानकार छन् । हेर्नुहोस् यो भिडियो
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Salt
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending