Khabar Dabali २४ चैत्र २०८२ मंगलवार | 7th April, 2026 Tue

ट्रम्प-किम भेटवार्ताको खर्च १ अर्ब ६१ करोड, सुरक्षामा सबैभन्दा बढी खर्च

सिङ्गापुर । अमेरिकी राष्टपति डोनल्ड ट्रंप र उत्तर कोरियाका सर्वोच्च नेता किम जोङ-उनबीच मंगलवार १२ जुनको दिनको यहाँ ऐतिहासिक भेटवार्ता हुँदैछ र यसमा लाग्ने सम्पूर्ण खर्च व्यहोर्न आफ्नो देश इच्छुक रहेको त्यहाँको सरकारले जनाएको छ । यस सम्मेलनमा कुल २ करोड सिङ्गापुर डलर (लगभग १ अर्ब ६१ करोड ६० लाख नेपाली रुपैयाँ) खर्च हुने भएको छ । सिङ्गापुरका प्रधानमन्त्री ली सेन लुङले यसले सिङ्गापुरको प्रचार हुने र विश्वसमुदायमा उसको साख बढ्ने बताएका छन् । “यसको प्रत्यक्ष प्रभाव भनेको त हाम्रो प्रचार नै हो,” इन्टरनेसनल मिडिया सेन्टरमा सिङ्गापुरको मिडियासँग कुराकानीको क्रममा पधानमन्त्री लीले भने, “फेरि हामीलाई उहाँहरूले नै छान्नु भएको हो, हामीले आउनुस् भनेका होइनौं । यसले अन्तर्राष्ट्रिय समुदायमा हाम्रो ततास्थाता र विश्वसनीयता प्रमाणित गरेको छ ।” प्रधानमन्त्री लीले सिङ्गापुरको दृष्टिकोणबाट यो बैठक सम्पन्न हुनु र यसबाट सकारात्मक नतिजा निस्किनु धेरै महत्वपूर्ण कुरा हो । यसले क्षेत्रीय सुरक्षा र स्थायित्वलाई ‘नयाँ एवम् अनुकूल बाटो‘ प्रदान गर्नेछ । “दुवै पक्षले हामीलाई यस ऐतिहासिक बैठकको आयोजना गर्न भने र हामीले ‘नाइँ!’ भन्न सकेनौं । हामीले यसका लागि अगाडि आउनुपर्छ र त्यो हामी सक्छौं । यसमा हामीले आफ्नो केही स्रोत लगानी गर्नु पर्ने भएको छ तर हामी धेरै राम्रो गर्न सक्छौं । ” प्रधानमन्त्री लीले यसमा लाग्ने सम्पूर्ण खर्च सिङ्गापुरले व्यहोर्ने बताए । उनले भने’ “हामी यसको सम्पूर्ण खर्च उठाउन इच्छुक छौं किनभने यो एउटा अन्तर्राष्ट्रिय प्रयासका लागि हाम्रो योगदान हो र यसमा हाम्रो गहन रुचि रहेको छ । ” आइतवार बिहान प्रधानमन्त्री लीले सन्तोसा द्वीपस्थित सिङ्गापुर वायुसेनाको कार्यसंचालन विभाग र सिङ्गापुर प्रहरी मुख्यालयको भ्रमण गरेका थिए । बैठकको तैयारीको बारेमा बोल्दै प्रधानमन्त्री लीले भने,”उनीहरू(सिङ्गापुर वायुसेना, प्रहरी एवम् सुचना मन्त्रालय)ले साह्रै राम्रो काम गरेका छन् । उनीहरू आआफ्नो क्षेत्रमा मात्र होइन सँगै मिलेर पनि एकअर्कासँग समन्वय गर्न सक्षम छन् ।” प्रधानमन्त्री लीले उत्तर कोरियाली नेता र ट्रंपसँग छुट्टाछुट्टै भेट गर्ने छन् । जस अन्तर्गत १० जुनमा किमसँग र ११ जुनमा ट्रंपसँग उनको भेट निश्चित भइसकेको छ ।
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Salt
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending