Ntc summer Offer
Khabar Dabali ५ जेष्ठ २०८१ शनिबार | 18th May, 2024 Sat
NIMB

ट्रम्प-किम भेटवार्ताको खर्च १ अर्ब ६१ करोड, सुरक्षामा सबैभन्दा बढी खर्च

सिङ्गापुर । अमेरिकी राष्टपति डोनल्ड ट्रंप र उत्तर कोरियाका सर्वोच्च नेता किम जोङ-उनबीच मंगलवार १२ जुनको दिनको यहाँ ऐतिहासिक भेटवार्ता हुँदैछ र यसमा लाग्ने सम्पूर्ण खर्च व्यहोर्न आफ्नो देश इच्छुक रहेको त्यहाँको सरकारले जनाएको छ । यस सम्मेलनमा कुल २ करोड सिङ्गापुर डलर (लगभग १ अर्ब ६१ करोड ६० लाख नेपाली रुपैयाँ) खर्च हुने भएको छ । सिङ्गापुरका प्रधानमन्त्री ली सेन लुङले यसले सिङ्गापुरको प्रचार हुने र विश्वसमुदायमा उसको साख बढ्ने बताएका छन् । “यसको प्रत्यक्ष प्रभाव भनेको त हाम्रो प्रचार नै हो,” इन्टरनेसनल मिडिया सेन्टरमा सिङ्गापुरको मिडियासँग कुराकानीको क्रममा पधानमन्त्री लीले भने, “फेरि हामीलाई उहाँहरूले नै छान्नु भएको हो, हामीले आउनुस् भनेका होइनौं । यसले अन्तर्राष्ट्रिय समुदायमा हाम्रो ततास्थाता र विश्वसनीयता प्रमाणित गरेको छ ।” प्रधानमन्त्री लीले सिङ्गापुरको दृष्टिकोणबाट यो बैठक सम्पन्न हुनु र यसबाट सकारात्मक नतिजा निस्किनु धेरै महत्वपूर्ण कुरा हो । यसले क्षेत्रीय सुरक्षा र स्थायित्वलाई ‘नयाँ एवम् अनुकूल बाटो‘ प्रदान गर्नेछ । “दुवै पक्षले हामीलाई यस ऐतिहासिक बैठकको आयोजना गर्न भने र हामीले ‘नाइँ!’ भन्न सकेनौं । हामीले यसका लागि अगाडि आउनुपर्छ र त्यो हामी सक्छौं । यसमा हामीले आफ्नो केही स्रोत लगानी गर्नु पर्ने भएको छ तर हामी धेरै राम्रो गर्न सक्छौं । ” प्रधानमन्त्री लीले यसमा लाग्ने सम्पूर्ण खर्च सिङ्गापुरले व्यहोर्ने बताए । उनले भने’ “हामी यसको सम्पूर्ण खर्च उठाउन इच्छुक छौं किनभने यो एउटा अन्तर्राष्ट्रिय प्रयासका लागि हाम्रो योगदान हो र यसमा हाम्रो गहन रुचि रहेको छ । ” आइतवार बिहान प्रधानमन्त्री लीले सन्तोसा द्वीपस्थित सिङ्गापुर वायुसेनाको कार्यसंचालन विभाग र सिङ्गापुर प्रहरी मुख्यालयको भ्रमण गरेका थिए । बैठकको तैयारीको बारेमा बोल्दै प्रधानमन्त्री लीले भने,”उनीहरू(सिङ्गापुर वायुसेना, प्रहरी एवम् सुचना मन्त्रालय)ले साह्रै राम्रो काम गरेका छन् । उनीहरू आआफ्नो क्षेत्रमा मात्र होइन सँगै मिलेर पनि एकअर्कासँग समन्वय गर्न सक्षम छन् ।” प्रधानमन्त्री लीले उत्तर कोरियाली नेता र ट्रंपसँग छुट्टाछुट्टै भेट गर्ने छन् । जस अन्तर्गत १० जुनमा किमसँग र ११ जुनमा ट्रंपसँग उनको भेट निश्चित भइसकेको छ ।
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Right Path
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending Alphabet Education Consultancy Pioneer Software Technologies