Ntc summer Offer
Khabar Dabali ४ आश्विन २०८१ शुक्रबार | 20th September, 2024 Fri
NIMB

वृद्धाश्रम भत्किएपछि ज्येष्ठ नागरिकलाई समस्या

काठमाडौँ, पटक पटकको भूकम्पका कारण पशुपति क्षेत्रमा रहेको महिला, बालबालिका तथा समाजकल्याण मन्त्रालय, समाज कल्याण केन्द्र वृद्धाश्रम भत्किएपछि त्यहाँ रहेका ज्येष्ठ नागरिकको अवस्था झन् दयनीय बन्न पुगेको छ । भूकम्पले वृद्धाश्रमको सबैजसो भाग बस्नै नमिल्ने भएपछि त्यहाँ रहेका २३० ज्येष्ठ नागरिकलाई खाना पकाउने र खुवाउने स्थानमा सारिएको छ । लामो समयदेखि वृद्धाश्रममा नै आश्रय लिइरहेकी ९१ वर्षीया रमा केसीलाई यो भूकम्पले निकै सास्ती दिएको छ । “राम्ररी हिँड्डुलसमेत गर्न सक्दिन, भूकम्प आउँदा मन्दिरकै आडमा थिएँ, अब त भगवानकै शरणमा जाने भइयो भन्ने सोचेको थिएँ, बाँच्न लेखेको रहेछ’–उनले भनिन् । उनले आड लिएको पञ्चदेवल मन्दिर लगभग लड्ने अवस्थामा पुगिसकेको छ । केही न केही बिसन्चो भइरहने ७५ वर्षीय नरसिकमान श्रेष्ठ भूकम्पका बेला पनि सञ्चो नभएर सुतिरहेका थिए ।  भूकम्पले हल्लाउँदा उनलाई आफैँ हल्लिएको जस्तो लागेको थियो । उनी भन्छन् – ‘भूकम्प आउँदा भाग्न खोजे पनि सकिनँ, एक त ढल्कँदो उमेर, अर्को बिसन्चो ज्यान, यस्तोमा भाग्न नसकेपछि लडेर बसेँ ।’ अहिले पनि उनले औषधिको प्रयोग गरिरहेका छन् । दृष्टिविहीन ७२ वर्षीय लीलाबहादुर राउतलाई भूकम्पले झन् आतङ्कित पारेको छ । बस्ने ठाउँको अभाव भएकाले बारम्बारको भूकम्पको धक्काले झन् समस्यामा पार्ने हो कि भन्ने चिन्ता लागेको उनले बताए । वृद्धाश्रमका प्रमुख मनोजकुमार बस्नेतले वृद्धाश्रमको सबैजसो भाग बस्नै नमिल्ने गरी भत्किएको र दक्षिणपट्टिको भाग सुरक्षित भनिए पनि त्यहाँ टेको लगाएर अड्याइएको उनले बताए । भूकम्पलगत्तै ज्येष्ठ नागरिकलाई सुरक्षित ठाउँमा सारिएको बताउँदै उनले भने– ‘वृद्धाश्रमको उत्तरपट्टिको मुख्य भागमा ३७ ज्येष्ठ नागरिकलाई तत्काल राखिएको र अरूलाई खाना पकाउने र खुवाउने स्थानमा राखिएको छ ।’ वृद्धाश्रमको चउरमा राख्ने भनिएपछि ज्येष्ठ नागरिकको स्वास्थ्यलगायतको अवस्था प्रतिकूल रहने भएकाले त्यसो गर्न नसकिएकाले जस्ताले बारेर भए पनि खाना पकाउने ठाउँमा नै उनीहरुलाई राखिएको बस्नेतले बताए । उनी भन्छन् – ‘ती स्थानमा अहिले पनि बर्सातमा पानी चुहिने समस्या भएकाले टालटुल गर्दै बसोबासको व्यवस्था मिलाएका छौँ, वृद्धाश्रम परिसरमा रहेको पञ्चदेवलको मन्दिरले पनि जोखिम बढाएको छ, मन्दिर पूर्ण रुपमा क्षति पुगेकाले बर्सातमा मन्दिर ढल्न सक्ने सम्भावना छ ।’ आफूले सम्बन्धित निकायमा सोबारेमा सम्पूर्ण जानकारी गराइसकेको भए पनि वैकल्पिक बसोबासका लागि केही व्यवस्था हुन नसकेको गुनासो उनले गरे ।
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Right Path
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending Alphabet Education Consultancy