Ntc summer Offer
Khabar Dabali ५ आश्विन २०८१ शनिबार | 21st September, 2024 Sat
NIMB

दुई वर्षभित्र असुरक्षित गर्भपतन शून्य बनाउने लक्ष्य

\"\"तेह्रथुम । सुरक्षित गर्भपतनसम्बन्धी सेवा शुरु भएको छोटो अवधिमै जिल्लाका धेरै महिलाले गर्भपतन गराएका छन् । सरकारी स्वास्थ्य संस्थाबाटै निःशुल्क मान्यताप्राप्त स्वास्थ्यकर्मीले गर्भपतन सेवा दिन थालेपछि असुरक्षित गर्भपतन गराइरहेकाहरु पनि स्वास्थ्य संस्थामै जान थालेका हुन् । जिल्लामा सुरक्षित गर्भपतन सेवा शुरु भएको तीन महिना पूरा नहुँदै २३३ जनाले सो सेवा लिइसकेका छन् । गत चैतबाट जिल्ला स्वास्थ्य कार्यालयले आइपास नेपालको सहयोगमा जिल्ला अस्पतालसहित मातहतका दुईवटा प्राथमिक स्वास्थ्य केन्द्र र ११ वटा स्वास्थ्य चौकीमा निःशुल्क सुरक्षित गर्भपतन सेवा शुरु गरेको थियो । त्यसयता सुरक्षित गर्भपतनका लागि चौतर्फीरुपमा सचेतना कार्यक्रम सञ्चालन हुँदै आइरहेका छन् । समृद्ध तेह्रथुमका लागि अभियान नामक संस्थाले पनि वसन्तपुर, सोल्मा, आम्बुङ र मोराहाङमा यौन तथा प्रजनन अधिकार सुदृढीकरण परियोजना सञ्चालन गरिरहेको छ । मार्च ८ मा महिला दिवसको अवसरमा महिला अधिकारकर्मी र सरोकारवालाले जिल्लामा आगामी दुई वर्षभित्र असुरक्षित गर्भपतन शून्यमा पु¥याउने घोषणा गरेका थिए । असुरक्षित गर्भपतनका कारण महिलाको ज्यानै गुम्ने खतरा हुने भन्दै त्यसको निराकरणका लागि जिल्लामा सुरक्षित गर्भपतन सेवा विस्तार गरिएको जिल्ला स्वास्थ्य प्रमुख डा मुक्तिनारायण शाहले बताए । उनले भने, “असुरक्षित गर्भपतनले ज्यानै गुम्ने खतरा हुने भएकाले त्यसलाई घटाउन परिवार नियोजनका साधनबारे सचेतना जगाउने र अनिच्छित गर्भपतनका लागि सुरक्षित गर्भपतन सेवा उपलब्ध गराउने कार्यक्रम सञ्चालन भएको हो ।” सुरक्षित गर्भपतन सेवा निःशुल्करुपमा सरकारी संस्थाबाटै गोप्यरुपमा पाउन थालेपछि सुरक्षितरुपमा सेवा लिनेको संख्या बढीरहेको छ । तीन महिनाको अबधिमा जिल्ला अस्पतालबाट मात्रै १२७ जनाले र मोराहाङ स्वास्थ्य चौकीबाट १५ जनाले सुरक्षित गर्भपतन सेवा लिएका छन् । यस्तै सक्रान्तिबजार प्राथमिक स्वास्थ्य केन्द्रमा २६, वसन्तपुरमा १२, ओयाक्जुङमा १०, पोक्लाबाङमा सात, हमरजुङ, आम्बुङ, सोल्मा र ओख्रेमा छ–छ र इवामा पाँचजनाले सुरक्षित गर्भपतन सेवा लिएका आइपास नेपालका जिल्ला संयोजक केदार भण्डारीले बताए। उहाँका अनुसार समुदायका महिलालाई यससम्बन्धी जानकारी गराएपछि स्वास्थ्य संस्थामा आएर सेवा लिनेको संख्या ह्वात्तै ठूलो देखिएको बताए। सेवा शुरु भएको छोटो समयमै धेरै महिलाले सेवा लिनुले यसअघि असुरक्षित गर्भपतनको दर ठूलो थियो भन्ने अनुमान सरोकारवालाको छ । जिल्ला महिला अधिकार मञ्चकी अध्यक्ष इङ्वा सुब्बाले भने, “महिलाका आफ्नै बाध्यता हुन्छन्, अनिच्छित गर्भ भयो भने कसैले थाहा पाउँला कि भन्दै गर्भपतन गर्नुपर्ने अवस्था अब नभएको र गोप्य, निःशुल्क र सुरक्षित सेवा पाउन थालेपछि यो संख्या उच्च देखिएको हो ।” उनले सुरक्षित गर्भपतनबारे ज्ञान नहुँदा महिलाले जोखिम मोलेर असुरक्षित गर्भपतन गर्ने गरेका बताए । जिल्ला अस्पतालका डा रोहितकुमार झाले जिल्लामा परिवार नियोजनका साधनको प्रयोगको दर ज्यादै कमी र गर्भपतन गराउनेको संख्या बढेकाले असुरक्षित यौन सम्पर्क बढेको जानकारी गराए। उनले भने, “जब असुरक्षित यौन सम्पर्क हुन्छ, तब अनिच्छित गर्भको सम्भावना उच्च हुन्छ, अनि असुरक्षित गर्भपतन त हुने नै भयो ।” ग्रामीण क्षेत्रमा जानकारी अभावका कारण परिवार नियोजनका साधनको प्रयोग नगर्ने गरेको र जोखिम मोलेर गर्भपतन गराउने बढी देखिएकोे डा झाले बताए । हाल जिल्लामा जिल्ला अस्पतालसहितका १४ वटा स्वास्थ्य संस्थामा निःशुल्क सुरक्षित गर्भपतन सेवा शुरु भएको छ । जसमा वसन्तपुर र संक्रान्तिबजार प्राथमिक स्वास्थ्य केन्द्र तथा चुहानडाँडा, इवा, सम्दु, पोक्लाबाङ, ओयाक्जुङ, मोराहाङ, आङ्बुङ, सोल्मा, हमरजुङ, ओख्रे र फाक्चामारा स्वास्थ्य चौकी छन् । ती स्वास्थ्य संस्थामा आवश्यक न्यूनतम मापदण्ड पूरा गरी तालीमप्राप्त २६ जना स्वास्थ्यकर्मी परिचालित छन् । स्वास्थ्य चौकीबाट नौ महिनासम्मको गर्भ औषधिको प्रयोग गरी पतन गर्न सकिने सुविधा छ । प्राथमिक स्वास्थ्य केन्द्रमा तालीम प्राप्त डाक्टरबाट १२ हप्तासम्मको गर्भ र जिल्ला अस्पतालमा कानूनले तोकेबमोजिम सबै प्रकारका गर्भपतन गर्न पाइने सुविधा उपलब्ध छ । असुरक्षित गर्भपतन गर्नेहरु धेरैले औषधिको प्रयोग गरी गर्भपतन गर्ने गरेका थाहा पाएपछि जिल्ला प्रशासन कार्यालयको संयोजनमा औषधि व्यवसायीसँग समेत परामर्श गरिएको जिल्ला स्वास्थ्य प्रमुख डा शाहले बताए । औषधि व्यवसायीले समेत कानूनबमोजिम सुरक्षित गर्भपतन सेवा प्रवद्र्धनका लागि सहयोग पु¥याउने बताए । विसं २०५९ मा गर्भपतनले कानूनी मान्यता पाएकामा सरकारले २०७३ सालदेखि निःशुल्क सुरक्षित गर्भपतन सेवाको शुरुवात गरेको थियो । नेपालमा सन् २००९ को तथ्यांकअनुसार कूल मातृ मृत्युमध्ये सात प्रतिशत असुरक्षित गर्भपतनका कारण हुने गरेको छ । कानूनीरुपमा गर्भपतनले मान्यता पाएको यतिका समय बिते पनि प्रजनन उमेरका ४१ प्रतिशत महिलाले मात्रै त्यसबारे थाहा पाएको तथ्यांक छ । नेपालमा कूल गर्भवती महिलामध्ये १९ प्रतिशत महिलाले अनिच्छित गर्भधारण गर्ने गरेका छन् । एक सर्भेक्षण अनुसार नेपालमा तीन लाख २३ हजार महिलाले गर्भपतन गराउने गरेकामा ५८ प्रतिशतले असुरक्षित गर्भपतन गराउने गरेका छन् ।
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Right Path
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending Alphabet Education Consultancy