Ntc summer Offer
Khabar Dabali ५ पुष २०८१ शुक्रबार | 20th December, 2024 Fri
Investment bank

गौचरन बन्यो विमानस्थल

दाङ । यहाँको विमानस्थलमा उडान हुन छाडेपछि गौचरन बनेको छ । टरिगाउँ विमानस्थलमा उडान बन्द भएपछि हाल यहाँकावासिन्दाले विमानस्थलभित्र पशुचौपाया चराउने थलोका रुपमा उपयोग गर्न थालेका हुन् । विसं २०११ फागुन ११ गते परीक्षण उडान गरिएको यस विमानस्थलमा २०१६ सालदेखि नेपाल वायु सेवा निगमको जहाजले उडान भर्दै आएको थियो । त्यसपछि २०५२ सालमा नेपाल एयरलाइन्सले उडान भरे पनि इन्धन अभाव देखाउँदै चार महिनामै उडान बन्द गरेको थियो । विसं २०६० मा नेपाल वायु सेवा निगम, यति र सीता एयरलाइन्सले हप्तामा एक दिन भए पनि लगातार छ वर्षसम्म उडान भरेका थिए । विमानस्थल कालोपत्रे गर्न थालेपछि यो विमानस्थल चार वर्षसम्म बन्द भएको थियो । कालोपत्रे सकिएपछि तुलसीपुर उद्योग वाणिज्य संघको पहल र समन्वयमा गोमा एयरले २०७२ सालमा नौ महिनासम्म उडान भरेको थियो । यात्रु अभाव देखाउँदै फेरि सेवा रोकिएको थियो । यसपटक पनि यहाँ उडान भर्दै आएको समिट एयरलाइन्सले पनि यात्रु अभावको कारण देखाउँदै उडान रोकेको छ । पटक पटक बन्द हुदै सञ्चालन हुँदै आएको विमानस्थल कालोपत्रेपछि नियमित हुने आशामा बसेका दाङवासीको आशा अझै पूरा हुन सकेको छैन । पछिल्लो समयमा घाँसेमैदान हवाईमैदान बनाउन रु १० करोडको लगानीमा ७०० मिटर धावनमार्ग कालोपत्रे भएको थियो । विमानस्थल सानो भएकाले ठूला विमान अवतरण गर्न नसक्ने भन्दै त्यसको स्तरोन्नतिका लागि पहल गर्नुपर्ने स्थानीयवासीले माग गरिरहेका बेला सरकारको बजेट वक्तव्यले नछोएपछि उनीहरू आक्रोशित भएका छन् । जनप्रतिनिधिहरु निर्वाचित भएपछि तुलसीपुर उपमहानगरपालिकाले २०७४ पुस १९ गते बाजागाजासहित पहिलोपटक समिट एयरसँग सम्झौता गरी विमान सञ्चालन गरेको थियो । पटक–पटक सञ्चालन र बन्द हुँदै आएको विमान सेवा बन्द भएपछि यहाँका स्थानीयवासीले फेरि नेपालगञ्जबाटै विमान सेवा उपभोग गर्नुपर्ने बाध्यता भएको छ । तुलसीपुर उपमहानगरपालिका र समिट एयरबीच गत पुसमा प्रतियात्रु रु सात हजार २०० भाडा लिने सहमति भएको थियो । सोही सहमतिअनुसार १९ पुसमा समिट एयरले पहिलोपटक दाङको टरीगाउँ हवाईमैदानबाट उडान भरेको थियो । इन्धनको मूल्य वृद्धि भएको भन्दै समिट एयरले प्रतियात्रु रु दुई हजार ६८० एकतर्फीरुपमा भाडामा वृद्धि गरेपछि तुलसीपुर उपमहानगरपालिकाले समन्वय गर्न छोडेको छ । भाडा वृद्धिसँगै यात्रु पाइन छोडेपछि गएको जेठ १३ र २० गते समिट एयरले उडान भर्न सकेन । समिट एयरले हप्तामा आइतबार र बुधबार दुईपटक उडान भर्ने सहमति गरे पनि पछिल्लो समय आएर आइतबारमात्रै उडान भर्दै आएको थियो । हप्तामा एकपटक उडान भर्दै आएको समिट एयरले पुसदेखि जेठसम्म छ महिनाको अवधिमा तीनपटक उडान रद्द गरेको सूचना अधिकारी खरेलले बताए । नियमित उडान पनि नहुने, महँगो भाडादरले हवाईसेवा सञ्चालन गर्न निकै कठिनाइ र समस्या भएको उपमहानगरपालिकाले जनाएको छ । तुलसीपुर उपमहानगरपालिकाका प्रमुख घनश्याम पाण्डेले आपसी सहमतिका आधारमा गरिएको सम्झौताविपरीत काम गर्नु राम्रो नभएको भन्दै पुनर्विचारका लागि विमान कम्पनीलाई अनुरोध गर्ने बताउनुभयो । सम्झौताअनुसार काम नभए नयाँ र धेरै विमान भएको विमान कम्पनीसँग समन्वय गरेर उडान सेवा सञ्चालन गर्ने उहाँले जानकारी दिए । विभिन्न समयमा हुने संघसंस्था होस् वा अन्य निर्वाचनमा नेताहरुले विमानस्थललाई चुनावी नारा गराए पनि नियमित विमान सेवा सञ्चालन र विमानस्थलको स्तरोन्नतिमा भने कसैले पनि ठोस कदम नचालेको स्थानीय निमकुमार श्रेष्ठले बताए । यहाँ आउने विभिन्न दलका नेता तथा मन्त्रीहरुले विमानस्थल सबै किसिमले उपयुक्त भएकाले नियमित विमान सञ्चालन गर्ने प्रतिबद्धता भने व्यक्त गर्न छोडको छैनन ।
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Global Ime Bank
Vianet Nepal Internet
world Link Nepal
Right Path
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending Alphabet Education Consultancy