Khabar Dabali २४ चैत्र २०८२ मंगलवार | 7th April, 2026 Tue

सडक मिचिएका संरचना भत्काउँदै सडक विस्तार

\"\"भक्तपुर। दैनिक सडक जाम हुन थालेपछि सूर्यविनायक चोकदेखि सूर्यविनायक गणेश मन्दिरसम्म जाने सडकको अतिक्रमित संरचना हटाउँदै सडक विस्तार कार्य शुरु गरिएको छ । सूर्यविनायक नगरपालिका वडा नं ८ का वडाध्यक्ष किरण थापा र वडा नं ६ का वडाध्यक्ष रामेश्वर ध्वजुको पहलमा अतिक्रमित सडकका संरचना भत्काएर सडक विस्तार कार्य शुरु गरिएको हो । दुईवटै वडाको सिमानामा पर्ने उक्त सडकको मापदण्डभित्र पर्ने स्थानीयवासीका घरका पर्खाल, पेटी र टहरा भत्काउन शुरु गरेको वडा नं ८ का वडाध्यक्ष किरण थापाले जानकारी दिए । केहीदिनभित्रै संरचना भत्काएर सडकलाई फराकिलो बनाउने र सूर्यविनायक चोकदेखि सूर्यविनायक मन्दिर प्रवेशद्वारसम्मको सडकलाई फराकिलो बनाउने उहाँले बताए । एक महिना अगाडि स्थानीयसँग छलफल गरी स्थानीय बासिन्दालाई सडक मापदण्डभित्र पर्नेहरुले आफ्नो कम्पाउण्ड पर्खाल भत्काउन, टहरा हटाउन सूचना जारी गरेपछि पनि स्थानीयवासीले नहटाएकाले वडा कार्यालयले आफैँ भत्काउन थालेको हो । यद्यपि सडक मापदण्डभित्र परेका घर भने तत्काल नभत्काइने बताउँदै अध्यक्ष थापाले घरको उचित मुआब्जाको व्यवस्था गर्न माग गर्ने बताए । वडा नं ६ का वडाध्यक्ष रामेश्वर ध्वजुले हाललाई स्थानीयवासीका घरलाई क्षति नपुगोस् भनी बलियो गरी बनाइएको भ¥याङ, पेटीलगायतका अरु संरचना घरधनी आफैँले सात दिनभित्र भत्काउने गरी कागज गरेको बताए । सडक फराकिलो बनाएपछि सडकको गाभ्रेल गरिने भएको छ । साथै सात मिटर सडकलाई विस्तार गरी १४ मिटर फराकिलो सडक बनाउने गरी सडक विस्तार आयोजनाले डिपिआर तयार गरिरहेको बताइएको छ ।
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Salt
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending