Khabar Dabali २३ चैत्र २०८२ सोमबार | 6th April, 2026 Mon

प्रधानमन्त्री कपको उपाधि सशस्त्र प्रहरीले जित्यो

काठमाडौं । प्रधानमन्त्री कप एक दिवसीय क्रिकेट प्रतियोगिताको उपाधि सशस्त्र प्रहरी बलको एपीएफ क्लबले जितेको छ । सोमबार कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा भएको फाइनल खेलमा त्रिभुवन आर्मी क्लबलाई ६ विकेटले पराजित गर्दै सशस्त्र च्याम्पियन बनेको हो । २१० रनको सामान्य चुनौति सशस्त्रले ४ विकेटको क्षतिमा ४१ ओभर २ बलमै पूरा गरेको हो । खेलमा अनिलकुमार शाह र प्रदीपसिंह ऐरीको जोडीले उत्कृष्ट साझेदारी ग¥यो । पहिलो विकेटका लागि ११९ रनको साझेदारी गर्नेक्रममा प्रदीप र अनिलले समान ६३/६३ रन जोडे । प्रदीप यो प्रतियोगिताका सर्वाधिक रनकर्ता पनि हुन् । उनले ६ खेलमा ३१३ रन बनाए । यसअघि, खेलमा टस जितेर पहिले ब्याटिङ गरेको आर्मीले निर्धारित् ५० ओभरमा सबै विकेट गुमाएर २०९ रन बनाएको थियो । भीम सार्कीले सर्वाधिक ४५ रन बनाएको इनिङ्समा सोमपाल कामीले ३६ तथा कप्तान विनोद भण्डारीले ३५ रन जोडे । करण केसीले ३ तथा बसन्त रेग्मी र भुवन कार्कीले समान २/२ विकेट लिए । समूह चरणमा आर्मीसँग पराजय भोगेको सशस्त्रले बदलासमेत लिएको छ । अनिल ‘प्लेयर अफ दी फाइनल’ घोषित भए । विजेता सशस्त्रले ट्रफीसहित २० लाख तथा उपविजेता आर्मीले १० लाख रुपैयाँ पुरस्कार पाएका छन् । प्रतियोगिताको सर्वोत्कृष्ट खेलाडी आर्मीका सागर पुन घोषित भए । उनले एक लाख रुपैयाँ पुरस्कार पाए । त्यसैगरी, उत्कृष्ट बलर सुशन भारी घोषित भए भने उत्कृष्ट ब्याट्सम्यान प्रदीपसिंह ऐरी भए । दुवैले समान ५०/५० हजार रुपैयाँ पुरस्कार पाए ।
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Salt
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending