Khabar Dabali २ पुष २०८२ बुधबार | 17th December, 2025 Wed
Investment bank

'शिखर वार्ताका लागि किमले याचना गरे'

अमेरिकी राष्ट्रपति ट्रम्पका वकिल रुडी जुलिआनीले आफ्ना राष्ट्रपतिले शिखर बैठक रद्द गरेपछि पुनः मिति तोक्नका लागि उत्तर कोरियाली नेताले याचना गरेको बताएका छन् । इजेरलमा आयोजित एउटा सम्मेलनमा बोल्दै जुलिआनीले ट्रम्पको कडा अडानले प्योङ्याङलाई बाध्य बनाएको बताए । उत्तर कोरियाले \'चरम आक्रोश र खुला वैरभाव\' देखाएको भन्दै मे महिनामा ट्रम्पले शिखरवार्ता स्थगनको घोषणा गरेका थिए । तर प्योङ्याङले शान्तिपूर्ण प्रतिक्रिया जनाएपछि सिङ्गापुरमा जुन १२ का लागि प्रस्तावित बैठक फेरि गर्ने सहमति भयो। इजरेलमा लगानीसम्बन्धी एउटा सम्मेलनमा सहभागी भएका बेला जुलिआनीले किमका दूतले नतमस्तक भएर वार्ताका लागि याचना गरेको बताएका हुन्। \'द वाल स्ट्रीट जर्नल\'ले सबैभन्दा पहिले जुलिआनीको भनाइ उद्‌धृत गर्दै लेख्यो, \"घुँडा र हात समाउँदै किम जङ-अनले शिखरभेटका लागि याचना गरे। यो यस्तो अवस्था हो जसमा तपाईँ उनलाई ल्याउन चाहनुहुन्छ।\" सन् २०१६ मा अमेरिकामा भएको राष्ट्रपतीय निर्वाचनको अभियानताका रुससँग ट्रम्पको साठगाँठ भएको आरोपसँग जोडिएका विषय ट्रम्पका तर्फबाट जुलिआनीले हेर्दै आएका छन्। किमसम्बन्धी उनको अभिव्यक्तिबारे उत्तर कोरियाले तत्काल कुनै प्रतिक्रिया जनाएको छैन। बिहीवार एउटा पत्रकार सम्मेलनका क्रममा अमेरिकी विदेशमन्त्री माइक पोम्पेओले जुलिआनीको भनाइको खण्डन गरे। उनले भने, \"वार्ता र यस प्रकारका विषयबारे रुडीले ट्रम्प प्रशासनका लागि बोल्ने हैन।\" \"म उनी साँघुरो घेराभित्र रहेको रूपमा बुझ्छु र टिप्पणीहरू गर्दा उनी गम्भीर नभएको लाग्छ। उनले ठट्यौली पारामा त्यसो भनेको हुनुपर्छ। हामी महत्त्वपूर्ण कुराहरूमा केन्द्रित छौँ।\"

महत्त्वपूर्ण घटनाक्रम

१० मेः सिंगापुरमा जुन १२ मा किमलाई भेट्ने ट्रम्पद्वारा जानकारी १२ मेः उत्तर कोरियाद्वारा पारमाणविक परीक्षण केन्द्र नष्ट गर्ने घोषणा १६ मेः अमेरिकी राष्ट्रिय सुरक्षा सल्लाहकार जन बोल्टनको \'लिबिया शैली\' बारे टिप्पणीपछि शिखर बैठक स्थगित गर्ने उत्तर कोरियाको चेतावनी १८ मेः बोल्टनको भनाइबाट आफूलाई पर राख्दै अमेरिकाले लिबियाली शैलीमा निश्शस्त्रीकरण नचाहेको ट्रम्पद्वारा जानकारी २२ मेः \'निश्चित शर्तहरू पूरा नहुन्जेल बैठकमा नबस्ने\' ट्रम्पको भनाइ २४ मेः उत्तर कोरियाले \'चरम आक्रोश र खुला वैरभाव\' देखाएको भन्दै ट्रम्पद्वारा शिखर बैठक रद्द गरेको घोषणा १ जुनः उत्तर कोरियाली दूत जनरल किम यङ-चोलसँगको वार्तापछि शिखर बैठक निर्धारित मितिमै हुने ट्रम्पद्वारा घोषणा मङ्गलवार ट्रम्पले योजनाहरू \'निकै राम्रो तरिकाले अघि बढिरहेको\' बताएका थिए। उत्तर कोरियाको हालत लिबियाको जस्तै हुने बोल्टनको भनाइका कारण बहुप्रतीक्षित शिखर बैठक गत मेमा झन्डै अवरूद्ध हुन पुगेको थियो। उत्तर कोरियाली विदेश मन्त्रालयले बोल्टनलाई लक्षित गर्दै आक्रोशपूर्ण वक्तव्य जारी गर्‍यो। पछि ट्रम्पले आफ्ना सल्लाहकारको अभिव्यक्तिबाट आफूलाई टाढै राखे। बीबीसी
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending