Khabar Dabali ११ चैत्र २०८२ बुधबार | 25th March, 2026 Wed
Investment bank

मानवबस्तीविहीन लाङ्टाङमा नब्बे प्रतिशत बस्ती बस्यो

काठमाडौँ, २८ जेठ । भूकम्पपछि गएको हिमपहिरोका कारण पूर्णरुपमा क्षतिग्रस्त लाङ्टाङमा पुनः बस्ती बसेको छ । निडकोे अगुवाइमा सर्वप्रथम २०७२ असार महिनामा सम्भाव्यताको अध्ययनपछि बस्ती बसाउन सफल भएको हो । लाङ्टाङ सद्भावना दूतका रुपमा रहनुभएका पत्रकार अशोक सिलवालको नेतृत्वमा सो क्षेत्रमा स्थानीयवासीसहित पुगी सम्भाव्यता अध्ययन भएको थियो । सो अध्ययनपछि पहिरो गएका क्षेत्रमा पुनः बस्ती बसाउन मिल्ने निष्कर्ष निस्किएपछि स्थानीयवासीको सहयोगमा बस्ती बसाइएकोे सिलवालले बताए । काठमाडौँमा आज आयोजित ‘लाङ्टाङ यात्राः विछोडदेखि प्रेरणासम्म’ नामक छलफल कार्यक्रममा बोल्नुहुँदै उनले भने, “लाङ्टाङ क्षेत्रलाई पुनःजीवन दिन उक्त क्षेत्रमा सम्भाव्यता अध्ययनका लागि पर्यटनसँग सम्बन्धित संस्थाको सहकार्यमा सो क्षेत्रको अध्ययन गरिएको हो”, उनले थपे, “उक्त क्षेत्रको यात्रापछि वृत्तचित्रको निर्माण गरेपछि पुनः पर्यटनको सम्भाव्यता देखिएको थियो ।” मानवविहीन बनेको पर्वतीय पर्यटनको एउटा विशेष केन्द्र लाङ्टाङमा पहिलो पत्रकारका रुपमा आफू उक्त क्षेत्रमा पुग्न सफल भएको उनले बताउनुभयो । लाङ्टाङमा अहिले १०० प्रतिशत स्थानीयवासी आफ्ना घर फर्किएर गइसकेको उहाँले जानकारी दिनुभयो । उहाँले ९० प्रतिशत घर सो क्षेत्रमा बनिसकेको बताए । सो पहिरोमा परी १७५ जना स्थानीयवासीको निधन भएको थियो भने स्थानीयवासी र विदेशी पर्यटक गरी ८३ जना बेपत्ता भएका थिए । लाङ्टाङ क्षेत्रका बासिन्दा ९० प्रतिशत पर्यटनमा निर्भर छन् । उक्त क्षेत्रमा मानिस बस्न थालेपछि पुनः पर्यटनका क्रियाकलापसमेत सुरु हुन थालेका छन् भने बाह्य पर्यटकसमेत पदयात्राका लागि जाने गरेका छन् । पुनः उक्त क्षेत्रमा बस्ती बस्न शुरु भएपछि पूर्वाधारमा थप विकास भएको सिलवालले जानकारी दिए । पर्यटन व्यवसायी दीपक महतले सर्वप्रथम पत्रकार सिलवाल लाङ्टाङको अध्ययनका लागि त्यहाँ पैदल जानका लागि प्रस्ताव राख्नुभएको बताए । महतले भने, “लाङ्टाङसँग भावनात्मकरुपमा मेरो पनि नाता भएकाले त्यसका लागि सहयोग गर्न तयार भएको थिएँ ।” लाङ्टाङमा बस्ती बसाउन स्थानीयवासीलगायत सिलवाल पनि पत्रकारिता पेशालाई नै त्यागेर उक्त क्षेत्रको पर्यटनको विकासका लागि लाग्नुभएको उनले जानकारी दिए । ‘निड’ नामक संस्थाको अगुवाइमा सिलवाललाई स्थानीयवासीसहित प्रभावित क्षेत्रमा पठाएको उनले स्मरण गरे । सो अवसरमा रेडियो नेपालका कार्यक्रम प्रस्तोता तथा कवि नवराज लम्सालले लाङ्टाङको पर्यटनको विकासका लागि कविताको भूमिका महत्वपूर्ण हुने भन्दै कविको टोली सो क्षेत्रमा लैजानुुपर्नेमा जोड दिए ।

aplly description here...

बिहिबारदेखि निषेधाज्ञाको अवधिभर सुन आयत नहुने

काठमाडौं । नेपाल सुन चाँदी व्यवसायी महासंघले निषेधाज्ञा अवधिभर बैंकमार्फत हुने सुनको आयातलाई रोक्ने निर्णय गरेको छ । महासंघले बुधबार एक प्रेस बिज्ञेप...

रोल्पामा भीषण आगलागी : जंगलमा लागेको आगो पिराले गाउँमा फैलिदा २५ घर खरानी, २४ चौपायाँ मरे

रोल्पा । रोल्पाको नुवागाउँको एक जंगलबाट सुरु भएको भीषण आगलागी बस्तिमा फैलिदा पिराले गाउँका २५ घर जलेर नष्ट भएका छन् । सोमबारदेखि त्रिवेणी–२ नुवागाउँस...

बुधबार सुनको भाउ घट्यो, चाँदी १३ सय पाँच रुपयाँमा कारोबार

काठमाडौं । सुनको भाउ तोलामा सात सय रुपैयाँले घटेर बुधबार ९० हजार पाँच सयमा कारोबार भएको छ । मंगलबार ९१ हजार दुई सय रुपैयाँमा कारोबार भएको छापावाल सुन...

नेताहरुमा कोरोना संक्रमण देखिएपछि कांग्रेस केन्द्रीय समिति बैठक स्थगित

काठमाडौं । केन्द्रीय सदस्य सहित पार्टी कार्यलयका कर्मचारीलाई कोरोना संक्रमण पुष्टि भएपछि नेपाली कांग्रेसको केन्द्रीय समितिको बैठक स्थगित भएको छ । यसअ...

मन्त्री रायमाझी सहित एमालेका तीन नेतालाई कोरोना संक्रमण पुष्टि

काठमाडौं । नेकपा एमालेका तीन जना नेताहरु कोरोना संक्रमण पुष्टि भएको छ । कोरोना संक्रमण पष्टि हुनेमा उर्जामन्त्री समेत रहेका स्थायी कमिटी सदस्य टोपबहा...

गण्डकी प्रदेशका तीन जना सांसदमा कोरोना पुष्टि, अविश्वास प्रस्तावको पक्ष विपक्षमा भोट हाल्न पाउने

पोखरा । गण्डकी प्रदेश सभाका ३ सांसदलाई कोरोना संक्रमण पुष्टि भएको छ । सोमबारदेखि सुरु भएको प्रदेशसभाको विशेष अधिवेशनको दिन हिजो सत्तारुढ नेकपा एमालेक...

काठमाडौंमा कोरोना र अन्य बिरामीका लागि छुट्टाछुट्टै एम्बुलेन्स व्यवस्था

काठमाडौं । काठमाडौँ महानगरपालिकाले कोरोना भाइरस सङ्क्रमण भएका र अन्य बिरामीलाई अस्पतालसम्म लान ल्याउनका लागि छुट्टाछुट्टै निःशुल्क एम्बुलेन्सको व्यवस...

नेपाली कांग्रेसको कार्यसमिति बैठक बुधबार बस्दै, सबै केन्द्रीय सदस्यको पिसिआर नेगेटिभ

काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय कार्यसमिति बैठक बुधबार दिउँसो बस्ने भएको छ। यसअघि सोमबार बस्ने भनिएको बैठक केन्द्रीय सदस्यहरूको पिसिआर गर्ने भ...

पूर्वी नाकामा भारतीयको अनावश्यक आगमनमा रोक

झापा । नाका खुकुलो भएको विषयमा सबैतिरबाट आलोचना हुन थालेपछि पूर्वीनाका काँकडभिट्टामा भारतीय नागरिकको अनावश्यक आगमनमा रोक लगाइएको छ । भारतमा कोभिड–१९ ...

लोकमार्ग र टेलिकमबीच समन्वय नहुँदा फाइबर टुक्राटुक्रा

गलकोट । शुक्रबार साँझ एक्कासी नेपाल टेलिकमको टेलिफोन सेवा अवरुद्ध भयो । फोन अवरुद्ध हुँदा इन्टरनेटसमेत अवरुद्ध हुन्छ । धवलागिरिका चार जिल्लामा शनिबार...

अरु धेरै
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्: