Khabar Dabali २३ चैत्र २०८२ सोमबार | 6th April, 2026 Mon

प्रचण्डको तर्कः सभामुख र उपसभामुख नेकपामा छैनन्, कसरी एउटै पार्टीका भए ?

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टीका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले प्रतिनिधि सभाका सभामुख र उपसभामुख अहिले कुनै पनि पार्टीमा नभएको बताएका छन् । मंगलबार बिहान भरतपुर बिमानस्थलमा पत्रकारहरुसँग कुरा गर्दै अध्यक्ष प्रचण्डले भन्नुभयो,‘संविधानमा सभामुख र उपसभामुख एउटै दलको नहुने व्यवस्था छ । जतिबेला सभामुख र उपसभामुखको चुनाव भयो, त्यतिबेला उनीहरु फरक पार्टीबाट नै त्यहाँ पुगेका हुन् । अहिले सभामूख र उपसभामूख पनि कुनै पार्टीमा छैनन् । उहाँहरु दुवैले पार्टीबाट राजीनामा दिनुभएको छ ।’ प्रचण्डले प्रतिपक्षी कांग्रेसले सभामूख र उपसभामूखमध्ये एउटा आफूहरुले पाउनुपर्ने भन्दै गरेको मागको खण्डन गरे । उनले भने ‘पार्टी एकता नहुँदै उहाँहरु निर्वाचित भएको हो । पार्टी एकता गर्न पाइन्नँ त संविधानमा कहीँ भनिएको छैन । अनि, उहाँहरु अहिले कुनै पार्टीमा पनि हुनुहुन्नँ । पार्टीमै नभएको मान्छेलाई सभामूख र उपसभामूख एउटै पार्टीको भयो भन्न मिल्छ र ?’ प्रचण्डले अहिलेको बजेट विकास र सुशासनको दीर्घकालीन महत्वलाई लक्षित गरेर आएको बताए । उहाँले भन्नुभयो,‘पहिला पहिला सरकार नौं महिना टिक्छ कि दश महिना ? भन्ने चिन्ता हुन्थ्यो, त्यसैले सबै सरकारले राज्यको सामर्थ्य नभए पनि लोकप्रिय कार्यक्रम ल्याउँथे, अहिले हामी त्यो बाध्यतामा छैनौं । अहिले अर्थतन्त्र सुदृढ गर्नेतिर सोचेका छौं ।’ ‘यो हामी पहिलो गेयर हो, हामी गेयर बढाउँदै जान्छौं’ प्रचण्डले भने, ‘सरकारले धेरै नै जनमूखी कार्यक्रम ल्याउने सोचमा छ । तर, सेन्टिमेन्टमा आएर अर्थतन्त्र चल्दैन, भोट तान्नेभन्दा पनि विकास र सुशासनको लक्ष्य हासिल गर्न हामी केन्द्रित हुन्छौं ।’ कार्यकारी राष्ट्रपति देशका लागि आवश्यक रहे पनि तत्कालको एजेण्डा नभएको प्रचण्डले बताए । ‘कार्यकारी राष्ट्रपतिबारे हाम्रो पुरानो मान्यतामाथि औपचारिक छलफल भएको छैन । तर, तत्कालका लागि विकास, समृद्धि र सुशासन नै हाम्रो एजेण्डा हो, हामी अरु कुरामा अल्झदैनौं ।’
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Salt
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending