रुसमा आयोजित विश्वकप २०१८ मा बत्तीस राष्ट्र सहभागी हुँदैछन् । तिनमध्ये एउटा टोली विजेता हुनेछ ।
तर तपाईँ केका आधारमा विजेताको पूर्वानुमान गर्नुहुन्छ ? विगतका प्रतियोगितामा देखिएको प्रवृत्ति र तथ्याङ्कको विश्लेषण गरेर बीबीसी स्पोर्टले ३१ वटा टोलीलाई हटाएर विश्वविजेताको उपाधि कसको पोल्टामा जाला भनेर निष्कर्ष निकालेको छ। यहाँ सन् २०१८ विश्वकप जित्नेले गर्नुपर्ने कुरामा र उसमा हुनुपर्ने गुणहरूको चर्चा गरिएको छ। वरियतामा पर्नु सन् १९९८ मा विश्वकप ३२ टोलीमा विस्तार भएपछि वरियतामा परेकाहरू टोलीहरू नै विजेता बनेका छन्। सन् १९८६ मा डिएगो म्याराडोना र उनको \'ईश्वरीय हात\' को सहयोगमा विश्वकप जित्दा आर्जेन्टिना वरियतामा थिएन। आर्जेन्टिना नै वरियतामा नभए पनि विश्वविजेता बन्ने अन्तिम टोली थियो। यसलाई आधारमा मानेर हामीले २४ टोलीलाई हटाएका छौँ र आठ टोलीमा सीमित भएका छौँ। आयोजक नहुनु आयोजक राष्ट्रले स्वत: विश्वकप खेल्न पाउने ४४ वर्षे परम्पराका कारण रुस अहिले प्रतियोगिता सहभागी हुँदैछ। विश्व वरियताको ६६ औँ स्थानमा रहेको रुस आयोजक नभएको भए शीर्ष आठमा पर्नसक्ने थिएन। पहिले कुनै बेलामा जस्तो आयोजक हुँदैमा सफलता सुनिश्चित हुँदैन। सन् १९३० देखि १९७८ सम्मका ११ प्रतियोगितामा पाँच चोटि आयोजक देश विजेता बनेका थिए। त्यसपछि आयोजित नौ प्रतियोगितामध्ये सन् १९९८ मा फ्रान्सले मात्रै गृहमैदानमा विजेता बन्ने अवसर पाएको थियो। संयुक्त राज्य अमेरिका, जापान, दक्षिण कोरिया वा दक्षिण अफ्रिका कसैले पनि विश्वकप जित्लान् भन्ने सोचिएको थिएन। सन् १९९० मा इटली, सन् २००६ मा जर्मनी र चार वर्षअघि ब्राजिलमा विश्वकप खेलिएको थियो। तर आयोजक हुँदैमा उनीहरू लाभ भएन। कसिलो खेल बत्तीसवटा टोलीबीच प्रतिस्पर्धा हुन थालेपछि पाँच विजेताले खेलेका आफ्ना सात खेलमा चारभन्दा बढी गोल खाएका छैनन्। हामीले छानेर बाँकी रहेका सात टोलीमध्ये पोलन्डको रक्षापङ्क्ति सबैभन्दा कमजोर देखिएको छ। छनोट चरणमा उसले प्रतिखेल १.४ गोल खाएको थियो। जर्मनी र पोर्चुगलले चाहिँ औसतमा प्रतिखेल ०.४, बेल्जियम एवम् फ्रान्सले ०.६, ब्राजिलले ०.६१ र आर्जेन्टिनाले ०.८८ गोल खाएका छन्। युरोपबाट हुनु हालसम्म युरोप र दक्षिण अमेरिकी राष्ट्रहरू मात्र विश्वकप विजेता बनेका छन्। केही अघिसम्म युरोपेली टोलीहरूले धेरै माथिसम्म जान सक्दैनथे। तर दक्षिण अफ्रिकामा स्पेनको सफलता र ब्राजिलमा जर्मनीको विजयले परम्परा फेरिएको छ। युरोपेली प्रतियोगिताहरूमा प्राय: आयोजक राष्ट्र नै विजेता बन्ने गर्छन्। युरोपेली राष्ट्र आयोजक रहेका विगतका १० वटा प्रतियोगितामध्ये सन् १९५८ मा स्वीडनमा ब्राजिलले जितेबाहेक अरूमा उपाधि बाहिरिएको छैन।
प्रतिकृया लेख्नुहोस्: