काठमाडौँ, मुलुक महाविपत्तिमा परेको र अन्तर्राष्ट्रिय समुदायले कहाँ, कसरी, कस्तो र के सहयोग गराँै भनिरहेका बेलामा आफ्ना प्राथमिकताबारे अब सरकारले स्पष्ट रुपमा बोल्न आवश्यक रहेको बताइएको छ ।क
व्यवस्थापिका–संसद् सुशासन तथा अनुगमन समितिको आइतबारको बैठकमा सदस्यहरुले मुलुकभित्रका सानातिना सरकारी संयन्त्रले महाविपत्तिको सामना गर्न प्रभावकारी भूमिका निर्वाह गर्न नसकेको टिप्पणी गरे ।
उनिहरुले भने – \'राहत वितरण प्रणालीमा आफँै धामी आफँै बोक्सीजस्तो भएका छौँ, जनता राजनीतिक भागबन्डा देखेर दिक्दारी भएका छन्, सांसदको भूमिका प्रष्ट हुन नसक्दाको समस्या देखिएको हो यो ।\'
\'दातृ निकायले कुन क्षेत्रमा कस्तो संयन्त्रमार्फत लगानी गर्ने यकिन नगरेसम्म कार्यक्रम अघि नबढाउने भएकाले आपत् परेको समयमा के सहयोग गराँै भनिरहेका बेला सरकारले लगानीका क्षेत्रका बारेस्पष्ट पार्न जरुरी छ\' – उनिहरुको भनाइ थियो ।
देशमा अझ चर्काेखाले विपत्ति आइलागेमा त्यसलाई सामना गर्न सक्ने राज्यको संयन्त्र कसरी परिचालन हुन सक्छ भन्ने सोच अझै पनि कहीँ कतै नदेखिएको गुनासो गर्दै सदस्यहरुले भूकम्पपीडितको राहत, उद्धार र पुनर्वासको अनुगमनमा सरकार स्वयम् रहने व्यवस्था व्यावहारिक र सुहाउँदो नभएको धारणा व्यक्त गरे।
जोखिमलाई कानुनी संरचना बनाएर सम्बोधन गर्नुपर्छ भन्नेमा सबै सरकार र राजनीतिक दलहरु कसरी चुकेका रहेछाैँ भन्ने अहिले महसुस भएको बताउँदै उहाँहरुले राहत व्यवस्थापनमा सांसदलाई भूमिकाविहीन बनाउँदा कसले, कहाँ, कसरी वितरण गरिरहेको छ भन्ने अत्तोपत्तो हुन नसकेको यथार्थ चित्रण प्रस्तुत गरे ।
अर्बौंको सम्पत्ति भूकम्पबाट हलचल नभएका व्यक्तिहरु नै राहत चामल लिन बोरा लिएर अग्रपङ्क्तिमा उभिएको देखिएको बताउँदै सदस्यहरुले भने –\' राहत वितरणमा एकद्वार प्रणालीभन्दा बाहिर जाने कुरा उठाउनेको स्वार्थ छ । जो वास्तविक पीडित छन् उनीहरुले अझै पनि न्यूनतम राहत पाउन सकेका छैनन् ।\'
भूकम्पपछि जनप्रतिनिधिका नाताले सांसदको घरमा जनताको ओइरो लाग्ने गरेको भए पनि महाविपत्तिको समयमा सांसदहरुको भूमिकालाई निस्तेज तुल्याउँदा उनीहरुले राखेका सामान्य मागसमेत सम्बोधन गर्न नसकेको घटनाप्रति सदस्यहरुले दुःखेसो पोखे । राहत पाउनुपर्नेले राहत पाएको तथ्याङ्क देखिएकै छैन, देश विदेशबाट राहतको नाममा धेरै सामान आएका छन्, त्यसमा भ्रष्टाचार र अनियमितता हुन सक्छ, त्यसैले सामूहिक र व्यक्तिगत रुपमै पनि राहत विपन्न वर्गलाई केन्द्रित गरेर पु¥याउन सबै तह र तप्का सहयोगी बन्नुपर्छ \'– उनिहरुले भने ।
भूकम्पको त्रासदीले आन्तरिक ऊर्जासमेत खलबलिएको, शरीरदेखि रहनसहन, जीवनशैली नै परिवर्तन गराएको छ, यस्तो अवस्थामा पीडितका लागि दाताले दिएको सहयोग गाउँमा पुग्यो होला भनेर आशा गर्दा दुरुपयोग भयो भन्ने सुन्नुपर्दा दुःख लागेको बताउँदै सदस्यहरुले यतिखेर मुलुकले निष्पक्ष राजनीतिज्ञको भूमिका खोजिरहेको धारणा राखे ।
समितिका सभापति शेरधन राईको अध्यक्षतामा भएको उक्त बैठकमा सदस्यहरु शेरबहादुर देउवा, जनकराज जोशी, सिद्धिलाल सिंह, मिलनकुमारी राजवंशी, उदय नेपाली, अम्बिका खवास राजवंशी, ध्यानगोविन्द रञ्जित, अम्बरबहादुर थापा, जीतु गौतमले विपद्का बेला सांसदको भूमिकालाई स्पष्ट पार्नुपर्ने सुझाव दिए ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
बैशाख २० गते, २०७८ - १०:२१
काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ । भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना ग...
बैशाख २० गते, २०७८ - ०७:२४
काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...
बैशाख २० गते, २०७८ - ०७:१७
काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...
बैशाख १९ गते, २०७८ - १६:०६
काठमाडाैं । नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...
बैशाख १९ गते, २०७८ - १३:४८
लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ। माओवादी र एमाले विभा...
बैशाख १९ गते, २०७८ - १०:३१
काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...
बैशाख १९ गते, २०७८ - १०:२६
काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ । पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...
बैशाख १९ गते, २०७८ - ०९:५१
काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...
बैशाख १९ गते, २०७८ - ०९:४७
चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले स्थलगत अध्ययन तथा छलफल गरेको छ । चितवनबाट प्रतिनिधित...
बैशाख १९ गते, २०७८ - ०९:४०
दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...



प्रतिकृया लेख्नुहोस्: