Khabar Dabali २३ चैत्र २०८२ सोमबार | 6th April, 2026 Mon

होटल म्यानेजमेन्ट अध्यापन सम्झौता

इटहरी। इम्पेरियल इन्स्टिच्युट अफ होटल म्यानेजमेन्ट कलेज तथा शान्ति र विकासका लागि युवा नेपालबीच विद्यार्थीलाई सहुलियतमा होटल म्यानेजमेन्ट पढाउन आज यहाँ सम्झौता भएको छ । शान्ति र विकासका लागि युवा नेपालको सहयोगमा उक्त कलेजले गरिब र विपन्न समुदायका विद्यार्थीलाई सहुलियत दरमा एकवर्षे डिप्लोमा इन होटल म्यानेजमेन्ट पढाउने सम्झौता गरेको हो । आर्थिक अवस्था कमजोर भएका विद्यार्थीलाई पढ्ने अवसर दिलाउन सो सम्झौता गरिएको शान्ति र विकासका लागि युवा नेपालका उपाध्यक्ष श्रवण घिमिरेले जानकारी दिए । पैसा नभएर पढ्न नपाउने केही विद्यार्थीलाई सहयोगका लागि इम्पेरियलसंँग सम्झौता गरिएको उनको भनाइ थियो । भारतको दार्जिलिङमा होटल म्यानेजमेन्ट अध्यापन गराउँदै आएको इम्पेरियलले यस वर्षदेखि इटहरीमा पनि सेवा विस्तार गरेको र पढाइ सकेपछि शतप्रतिशत विद्यार्थीलाई रोजगारी दिने इम्पेरियलका सञ्चालक बद्री अर्यालले जानकारी दिए । उनले रु दुई लाख ५० हजारको कोर्ष रू एक लाख २० हजारमा पढाएर आर्थिक अवस्था कम भएका विद्यार्थीलाई सहयोग गर्न लागेको थप जानकारी दिए। दार्जिलिङमा डिप्लोमा इन होटल म्यानेजमेन्ट र ब्याचलर इन होटल म्यानेजमेन्टका कोर्ष पढाउँदै आएको इम्पेरियलले इटहरीमा भने यसै आर्थिक वर्षदेखि ‘कुलिनरी आर्टस एण्ड हस्पिटालिटी’ मेनेजमेन्टका नाममा डिप्लोमा इन होटल म्यानेजमेन्टको कक्षा शुरु गरेको जनाएको छ । रासस  
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Salt
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending