Khabar Dabali २३ चैत्र २०८२ सोमबार | 6th April, 2026 Mon

प्रधानमन्त्री ओली भन्छन- पछौटेपन र गरिबीलाई सहदैनौँ

काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले आधुनिक विज्ञान प्रविधिलाई अधिकतम उपयोग गरी मुलुकलाई विकास र समृद्धिको मार्गमा अघि बढाइने बताएको छ । राष्ट्रिय युवा परिषद्ले आजदेखि यहाँ आयोजना गरेको ‘प्रथम विज्ञान, सूचना तथा प्रविधि राष्ट्रिय युवा सम्मेलन’ को उद्घाटन गर्दै उनले उपलब्ध प्राकृतिक स्रोत, साधनलाई वैज्ञानिक तवरले समृद्धिसँग जोडिनुपर्ने बताए । “हामीसँग प्राकृतिक स्रोत, साधन र खनिजयुक्त सम्भावना छ, एउटै कुरा मात्रै आवश्यक छ, आत्मविश्वास र प्रतिबद्धता हामी गर्न सक्छौँ र गर्छौं भन्ने भावना युवा वैज्ञानिकमा हुनुपर्छ त्यति भएपछि हाम्रो विकासलाई कसैले रोक्न सक्दैन । युवा पलायन रोक्न र रोजगार सिर्जना गर्नेतर्फ सरकार गच्छेअनुसार सहयोग गर्न तयार छ । यसका लागि युवा वैज्ञानिक पनि प्रतिबद्धताका साथ लाग्नुपर्छ”, प्रधानमन्त्री ओलीले भने । विज्ञान र प्रविधि हरेक क्षेत्रको विकास तथा उत्पादन र उत्पादकत्व वृद्धिका लागि महत्वपूर्ण छ भन्दै उनले कृषिको वैज्ञानिकीकरण, खनिजजन्य वस्तुको व्यवस्थापनलाई प्राथमिकताका साथ अघि बढाइने उल्लेख गरे। विज्ञान र प्रविधिको सदुपयोग गर्न नसकेकै कारण मुलुकले विकासको फड्को मार्न नसकेको भन्दै प्रधानमन्त्री ओलीले थपे, “अब संकल्प गर्नुपरेको छ, यो पछौटेपन र गरिबीलाई सहदैनौँ यसका लागि हरेक नयाँ उचाइ रेखा तय गर्नुपर्छ । देश बनाउने जिम्मा अब युवाको काँधमा आएको छ ।” फरक प्रसङ्गमा प्रधानमन्त्री ओलीले आफू पद जोगाउन नभई देश जोगाउनका लागि काम गर्ने प्रणका साथ लागेको भन्दै समृद्धिको यो यात्रामा सबै क्षेत्रको सहयोग र सहकार्य अपरिहार्य भएको बताए । उनले सम्मेलनबाट आएको निष्कर्षलाई मुलुकको समृद्धिसँग जोडेर प्रभावकारी कार्यान्वयनमा ल्याइने प्रतिबद्धतासमेत व्यक्त गरे । युवा तथा खेलकूदमन्त्री जगतबहादुर सुनार (विश्वकर्मा) ले सुशासन, विकास र समृद्धिका लागि समग्र युवा जनशक्तिलाई भरपुर परिचालन गरिनुपर्नेमा जोड दिए । उनले वैज्ञानिक खोज, अनुसन्धान तथा उत्पादनशील र आत्मनिर्भर बनाउनेतर्फ मन्त्रालयले विभिन्न कार्यक्रम अघि बढाएको उल्लेख गरे । परिषद्का कार्यकारी उपाध्यक्ष माधव ढुंगेलले उत्पादनशील र स्वरोजगारका लागि युवा लक्षित कार्यक्रमलाई देशव्यापीरुपमा लगिएको जानकारी दिए । तिलगंगा नेत्र विज्ञान प्रतिष्ठानका कार्यकारी निर्देशक प्रा डा सन्दुक रुइतले विज्ञान र प्रविधिको माध्यमबाट युवा शक्तिलाई समाहित गरेरमात्रै मुलुकको समृद्धिले सार्थकता पाउने उल्लेख गरे । सम्मेलनका संयोजक खिम पन्थीले वैज्ञानिक युवा शक्तिलाई प्रविधिमैत्री बनाई कसरी समृद्धि निर्माणमा सहभागिता अभिवृद्धि गर्ने भन्ने उद्देश्यले सम्मेलन आयोजना गरिएको बताए । विज्ञान, सूचना तथा प्रविधिका क्षेत्रका विभिन्न विषयगत क्षेत्रका विद्यमान अवस्था ९संरचना स्रोत, कार्यक्षेत्र, नतिजा० को वस्तुनिष्ठ समीक्षा गरी आगामी दश वर्षका लागि आवश्यक कार्यनीति तय गर्ने तथा नेपाली युवा वैज्ञानिकले गरेका आविष्कार, अनुसन्धान, सोधलाई आमजनतासमक्ष पु¥याउने उद्देश्यले सम्मेलनको आयोजना गरिएको हो । तीन दिनसम्म चल्ने सम्मेलनमा प्राकृतिक, विज्ञान, चिकित्सा र आयुर्वेद विज्ञान, इन्जिनियरिङ, जैविक विज्ञान, भूगर्भ, वातावरण र मौसम, परम्परागत प्रविधि, कृषि तथा वनविज्ञान, सूचना। सञ्चार तथा प्रविधि, खगोल तथा अन्तरिक्ष, विकीकरण तथा ऊर्जालगायत १२ वटा विषयमा सम्बन्धित विज्ञहरुले कार्यपत्र प्रस्तुत गर्नेछ। सम्मेलनमा करीब ४०० युवा अनुसन्धानकर्मी, वैज्ञानिक, नीति निर्माता र विज्ञानसँग सम्बन्धित सरोकारवाला निकाय संघसंस्थाको सहभागिता रहेको छ । सो अवसरमा प्रधानमन्त्री ओलीले सम्मेलन परिसर खुमलटारस्थित राष्ट्रिय प्रकृति संरक्षण कोष परिसरमा युवा वैज्ञानिकद्वारा आविष्कार गरिएका विज्ञान सूचना तथा प्रविधिसम्बन्धी प्रदर्शनीको अवलोकन गरेको थियो ।
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Salt
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending