Khabar Dabali २३ चैत्र २०८२ सोमबार | 6th April, 2026 Mon

जडिबुटीमा नेकपा निकट कर्मचारीलार्इ छानी-छानी बर्खास्त

काठमाडौं । जडिबुटी उत्पादन तथा प्रशोधन कम्पनी लिमिटेडका अध्यक्ष पेमनारायण कँडेलले मनोमानी ढंगले ज्यालादारी कर्मचारी बर्खास्त गरेका छन् । कम्पनीमा जीएम् पद रिक्त रहेका बेला अध्यक्षले एकलौटी ढंगले सात जना कर्मचारी बर्खास्त गरेका हुन् । वन मन्त्रालयको योजना शाखा प्रमुखसमेत रहेका अध्यक्ष कँडेलले मन्त्रालयबाट दवाब आएको भन्दै शुक्रबारबाट कार्यालय नआउन निर्देशन दिएको एक कर्मचारीहरुले बताएका छन् । अध्यक्षको निर्देशनलगत्तै शुक्रबार वन मन्त्रालय पुगेका कर्मचारीले सरकारले रोजगारीको अवसर सिर्जना गर्ने बताइरहँदा आफुहरुले खाइपाइ आएको रोजगारी खोस्न नमिल्ने बताए । मन्त्रालय स्रोतले भने कर्मचारी निकाल्नेबारेमा कुनै कुराकानी नै नभएको जानकारी दिएको छ । कम्पनीमा प्रमुख नभएकाबेला मन्त्रालयसँग समन्वय नै नगरी कर्मचारी निकाल्नु गैरकानुनी भएको कम्पनीका अन्य कर्मचारीलेसमेत बताएका छन् । कम्पनीमा कार्यरत एक कर्मचारीले खबरडबलीलार्इ दिएको जानकारीनुसार कँडेल नेपाली कांग्रेस निकट हुन् । हाल उनले नेपाल कम्युनिष्ट पार्टी (ने क पा) निकट ७ जना कर्मचारीलार्इ बर्खास्त गरेका हुन् । कमला सुवेदी, कविता चाैलागाइँ, प्रमिला तिमल्सिना, शारदा बुढाथोकी, सुशिला अाचार्य, कुन्ति अाचार्य (अधिकारी) र भगवती दाहाललार्इ कँडेलले बर्खास्त गरेका हुन् । बर्खास्त भएका सबै कर्मचारी नेकपा निकटका हुन् । कँडेलले उनीहरूलार्इ मन्त्रालयबाट तोक लगाएर ल्याए मात्र हाजिर गराउने भनेको नाम नखुलाउने सर्तमा एक कर्मचारी खबरडबलीलार्इ बताइन् । महाप्रबन्धक माधव अोझाको म्याद सकिएपछि अहिले कम्पनीमा नयाँ महाप्रबन्धक राखिएको छैन् । यहि माैका छाेपी कँडेलले कांग्रेस निकट कर्मचारीलार्इ राखेर नेकपा निकट कर्मचारीलार्इ हटाएको अारोप छ ।
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Salt
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending