Khabar Dabali २३ चैत्र २०८२ सोमबार | 6th April, 2026 Mon

नयाँ शक्तिका प्रवक्ता खतिवडा भन्छन्-सरकार जेट विमान होइन, थोत्रो साइकल जस्तो

काठमाडौं । नयाँ शक्ति नेपालका प्रवक्ता डम्बर खतिवडाले वर्तमान सरकार थोत्रो साइकलजस्तो भएको बताएका छन् । शुक्रबार राजधानीमा युवा शक्ति नेपालको नयाँ कार्यसमिति र कार्यक्रमबारे जानकारी दिन आयोजित पत्रकार सम्मेलनमा बोल्दै खतिवडाले भने ‘अहिलेको सरकारले आफूलाई जेट विमान ठान्छ तर हामीले हेर्दा थोत्रो साइकल जस्तो लाग्छ ।’ उनले अगाडिले थपे \'थोत्रो साइकलको समृद्धि र सुशासनको दुवै पाङ्ग्रा पञ्चट भएजस्तो छ ।’
उनले वर्तमान सरकारले ल्याएको बजेटले विकास र समृद्धिको कुरा गरे पनि यसको व्यवहारिक रुपान्तरण गर्न नसक्ने बताए । प्रवक्ता खतिवडाले सरकारको बजेटप्रति आलोचना गर्दै भने ‘सरकारको बजेट विकास र समृद्धिलक्षित छैन । सामाजिक न्यायलाई सम्बोधन गर्न सक्ने छैन । परम्परागत शैलीमा छ ।’
प्रशिक्षण विभाग प्रमुख समेत रहेका खतिवडाले काँग्रेस र कम्युनिष्टहरु लोकतन्त्रका लागि लडेपनि विकास, समृद्धि र सुशासनमा चुकेको टिप्पणी गर्नुभयो । उहाँले काँग्रेस र कम्युनिष्टहरुले पछिल्लो ३० वर्षमा देशलाई कंगाल बनाएको बताए । उनले भने ‘पछिल्लो ३० वर्षमा गरिब भनिएका देशहरु धनीको सूचीमा सामेल भए तर काँग्रेस र कम्युनिष्टहरुको शासनकालमा यो देश गरिब र कंगाल भएको छ ।’
६४ प्रतिशत चालु खर्च र २४ प्रतिशतको विकास खर्च समावेश गरिएको बजेटले मुलुक समृद्ध नहुने प्रवक्ता खतिवडाको बताए ।
उनले सरकारले सुशासनको कुरा गरेपनि देशमा भष्ट्राचार बढिरहेको उल्लेख गर्दै अहिलेको सरकारको अवस्था हेर्दा यसको नेतृत्व नयाँ शक्तिले लिनुपर्ने अवस्था आएको बताए । उनले नयाँ शक्ति नेपालको युवा संगठनले नयाँ शक्तिको रुपमा रचनात्मक भूमिका निर्वाह गर्ने उल्लेख गरे । रासस
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Salt
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending