काठमाडौँ, २ असार । नेपाल र स्विट्जरल्याण्डका परराष्ट्र मन्त्रालयबीच दोस्रो द्विपक्षीय परामर्श बैठक स्विट्जरल्याण्डको राजधानी वर्नमा बिहीबार सम्पन्न भयो । जेनेभास्थित नेपाली दूतावासद्वारा प्रकाशित प्रेस विज्ञप्तिका अनुसार बैठकमा दुवै पक्षले द्विपक्षीय सम्बन्धका सबै पक्षमा समीक्षा गर्नुका साथै व्यापार, लगानी, पर्यटन तथा वाणिज्य सहयोगका क्षेत्रको सम्भाव्यताबारे छलफल गरेका थिए । सो अवसरमा आप्रवास, मानवीय सुरक्षा, जलवायु परिवर्तन तथा पर्वतीय सहकार्यबारे पनि छलफल भएको थियो । बैठकमा नेपालका तर्फबाट परराष्ट्र मन्त्रालयको युरोप–अमेरिका महाशाखा हेर्ने सहसचिव घनश्याम भण्डारी र स्विट्जरल्याण्डका तर्फबाट त्यहाँका एशिया प्रशान्त क्षेत्र हेर्ने सहायक राज्य सचिव जोहान्स मट्यासी सहभागी थिए । नेपाली टोलीमा सहभागी अन्य सदस्यमा अर्थमन्त्रालयका उपसचिव टेकबहादुर खत्री, जेनेभास्थित दूतावासका मिनिस्टर काउन्सेलर सुरेश अधिकारी तथा परराष्ट्र मन्त्रालयका उपसचिव लक्षुमन खनाल थिए भने स्विट्जरल्याण्डका तर्फबाट स्विस परराष्ट्र अधिकारी राफेल नागेली, पियत्रो मोना, नाथालिए सेमोरोज तथा नेपालस्थित स्विस दूतावासका नियोग उपप्रमुख दीपक एल्मर थिए। प्रथम परामर्श बैठक सन् २०१६ को मई ३० मा काठमाडौँमा भएको थियो । रासस
aplly description here...
बैशाख १५ गते, २०७८ - १३:५४
काठमाडौं । नेपाल सुन चाँदी व्यवसायी महासंघले निषेधाज्ञा अवधिभर बैंकमार्फत हुने सुनको आयातलाई रोक्ने निर्णय गरेको छ । महासंघले बुधबार एक प्रेस बिज्ञेप...
बैशाख १५ गते, २०७८ - १३:०६
रोल्पा । रोल्पाको नुवागाउँको एक जंगलबाट सुरु भएको भीषण आगलागी बस्तिमा फैलिदा पिराले गाउँका २५ घर जलेर नष्ट भएका छन् । सोमबारदेखि त्रिवेणी–२ नुवागाउँस...
बैशाख १५ गते, २०७८ - १२:३४
काठमाडौं । सुनको भाउ तोलामा सात सय रुपैयाँले घटेर बुधबार ९० हजार पाँच सयमा कारोबार भएको छ । मंगलबार ९१ हजार दुई सय रुपैयाँमा कारोबार भएको छापावाल सुन...
बैशाख १५ गते, २०७८ - १२:०४
काठमाडौं । केन्द्रीय सदस्य सहित पार्टी कार्यलयका कर्मचारीलाई कोरोना संक्रमण पुष्टि भएपछि नेपाली कांग्रेसको केन्द्रीय समितिको बैठक स्थगित भएको छ । यसअ...
बैशाख १५ गते, २०७८ - ११:३१
काठमाडौं । नेकपा एमालेका तीन जना नेताहरु कोरोना संक्रमण पुष्टि भएको छ । कोरोना संक्रमण पष्टि हुनेमा उर्जामन्त्री समेत रहेका स्थायी कमिटी सदस्य टोपबहा...
बैशाख १५ गते, २०७८ - ११:१२
पोखरा । गण्डकी प्रदेश सभाका ३ सांसदलाई कोरोना संक्रमण पुष्टि भएको छ । सोमबारदेखि सुरु भएको प्रदेशसभाको विशेष अधिवेशनको दिन हिजो सत्तारुढ नेकपा एमालेक...
बैशाख १५ गते, २०७८ - ०९:१४
काठमाडौं । काठमाडौँ महानगरपालिकाले कोरोना भाइरस सङ्क्रमण भएका र अन्य बिरामीलाई अस्पतालसम्म लान ल्याउनका लागि छुट्टाछुट्टै निःशुल्क एम्बुलेन्सको व्यवस...
बैशाख १५ गते, २०७८ - ०८:५३
काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय कार्यसमिति बैठक बुधबार दिउँसो बस्ने भएको छ। यसअघि सोमबार बस्ने भनिएको बैठक केन्द्रीय सदस्यहरूको पिसिआर गर्ने भ...
बैशाख १५ गते, २०७८ - ०८:३३
झापा । नाका खुकुलो भएको विषयमा सबैतिरबाट आलोचना हुन थालेपछि पूर्वीनाका काँकडभिट्टामा भारतीय नागरिकको अनावश्यक आगमनमा रोक लगाइएको छ । भारतमा कोभिड–१९ ...
बैशाख १५ गते, २०७८ - ०८:२७
गलकोट । शुक्रबार साँझ एक्कासी नेपाल टेलिकमको टेलिफोन सेवा अवरुद्ध भयो । फोन अवरुद्ध हुँदा इन्टरनेटसमेत अवरुद्ध हुन्छ । धवलागिरिका चार जिल्लामा शनिबार...
प्रतिकृया लेख्नुहोस्: