Ntc summer Offer
Khabar Dabali १५ मंसिर २०८१ शनिबार | 30th November, 2024 Sat
Investment bank

 थानेडाँडाबाट मूलाबारीसम्म केबलकार चलाइने

पूर्णप्रसाद मिश्र । काठमाडौँ, २ असार । पर्यटन प्रवद्र्धनका लागि उपत्यकाको उत्तर– पूर्वी भेगस्थित गोकर्णेश्वर नगरपालिका–३, थानेडाँडाबाट शिवपुरी नागार्जुन राष्ट्रिय निकुञ्जको मूलाबारीसम्म केबलकार चलाइने भएको छ । केबलकार चलाउन नगरपालिकाले जेठ २७ गते शिवपुरी इको टुरिजम एण्ड केबलकार लिमिटेडलाई अनुमति दिएको छ । ३.५ किमी लामो दूरीमा केबलकार चलाउन वातावरणीय प्रभाव मूल्यांकनको प्रक्रिया अघि बढेको छ । वन तथा वातावरण मन्त्रालयले मूल्यांकन गरेपछि दुई वर्षमा केबलकार निर्माण सम्पन्न हुने जनाइएको छ । पर्यटन प्रवद्र्धन गर्ने उद्देश्यले नेपाल मण्डल पर्यटन नगरीले आज आयोजना गरेको कार्यक्रममा राष्ट्रियसभाका अध्यक्ष गणेश तिमल्सिनाले वातावरणीय क्षति भए पूर्ति हुने गरी केबलकार सञ्चालन हुनुपर्ने बताए । केबलकारले स्वदेशी मात्र नभई विदेशी पर्यटकलाई पनि यहाँ आकर्षित गर्ने उनको भनाइ थियो । गोकर्णेश्वर नगरपालिकाका प्रमुख सन्तोष चालिसेले केबलकार निर्माणले धार्मिक पर्यटनसमेत प्रवद्र्धन हुने भएकाले अनुमति दिइएको सुनाए । विश्वका हिन्दू एवं बौद्ध धर्मावलम्बीलाई शिवपुरीमा आकर्षित गर्न सकिने उनको विचार थियो । कार्यक्रममा राष्ट्रिय शहीद तथा शान्ति स्मारकका अध्यक्ष सुदर्शन सिग्देल, पर्यटन नगरीका अध्यक्ष कृष्ण केसी, उपाध्यक्ष इन्द्र लामा, चन्द्रागिरी नगरपालिका वडा नं १ का अध्यक्ष राजन केसी, महानगरीय प्रहरी वृत्त बौद्धका प्रहरी प्रमुख श्यामकुमार राईलगायतले उपत्यकाको सुन्दर दृश्य देखिने शिवपुरीमा बन्ने केबलकारले स्वदेशी एवं विदेशी पर्यटकलाई आकर्षण गर्ने विचार राखे । वातावरणीय प्रभाव मूल्यांकनको प्रतिवेदन आएलगत्तै निर्माण शुरु गर्ने लिमिटेडका अध्यक्षसमेत रहनुभएका पर्यटन नगरीका उपाध्यक्ष लामाले राससलाई जानकारी दिनुभयो । केबलकार निर्माण गर्न रु एक अर्ब ५० करोड लागत लाग्ने प्रारम्भिक अनुमान गरिएको छ । स्थानीयवासीलाई पनि केबलकारको शेयर वितरण गरिने लिमिटेडले जनाएको छ । यो केबलकार निर्माण भएपछि उपत्यकामा नयाँ संरचनाअनुसार स्थानीय तहको अनुमतिमा बनेको पहिलो केबलकार हुनेछ । केबलकारले गोकर्णेश्वर महादेव मन्दिर र शहीद तथा शान्ति स्मारकको पर्यटन प्रवद्र्धनमा समेत सहयोग गर्ने विश्वास गरिएको छ । निकुञ्जमा रहने वन्यजन्तु एवं जडीबुटी र वनस्पतिको संरक्षमा केबलकारको सञ्चालनले असर नगर्ने जनाइएको छ ।

aplly description here...

बिहिबारदेखि निषेधाज्ञाको अवधिभर सुन आयत नहुने

काठमाडौं । नेपाल सुन चाँदी व्यवसायी महासंघले निषेधाज्ञा अवधिभर बैंकमार्फत हुने सुनको आयातलाई रोक्ने निर्णय गरेको छ । महासंघले बुधबार एक प्रेस बिज्ञेप...

रोल्पामा भीषण आगलागी : जंगलमा लागेको आगो पिराले गाउँमा फैलिदा २५ घर खरानी, २४ चौपायाँ मरे

रोल्पा । रोल्पाको नुवागाउँको एक जंगलबाट सुरु भएको भीषण आगलागी बस्तिमा फैलिदा पिराले गाउँका २५ घर जलेर नष्ट भएका छन् । सोमबारदेखि त्रिवेणी–२ नुवागाउँस...

बुधबार सुनको भाउ घट्यो, चाँदी १३ सय पाँच रुपयाँमा कारोबार

काठमाडौं । सुनको भाउ तोलामा सात सय रुपैयाँले घटेर बुधबार ९० हजार पाँच सयमा कारोबार भएको छ । मंगलबार ९१ हजार दुई सय रुपैयाँमा कारोबार भएको छापावाल सुन...

नेताहरुमा कोरोना संक्रमण देखिएपछि कांग्रेस केन्द्रीय समिति बैठक स्थगित

काठमाडौं । केन्द्रीय सदस्य सहित पार्टी कार्यलयका कर्मचारीलाई कोरोना संक्रमण पुष्टि भएपछि नेपाली कांग्रेसको केन्द्रीय समितिको बैठक स्थगित भएको छ । यसअ...

मन्त्री रायमाझी सहित एमालेका तीन नेतालाई कोरोना संक्रमण पुष्टि

काठमाडौं । नेकपा एमालेका तीन जना नेताहरु कोरोना संक्रमण पुष्टि भएको छ । कोरोना संक्रमण पष्टि हुनेमा उर्जामन्त्री समेत रहेका स्थायी कमिटी सदस्य टोपबहा...

गण्डकी प्रदेशका तीन जना सांसदमा कोरोना पुष्टि, अविश्वास प्रस्तावको पक्ष विपक्षमा भोट हाल्न पाउने

पोखरा । गण्डकी प्रदेश सभाका ३ सांसदलाई कोरोना संक्रमण पुष्टि भएको छ । सोमबारदेखि सुरु भएको प्रदेशसभाको विशेष अधिवेशनको दिन हिजो सत्तारुढ नेकपा एमालेक...

काठमाडौंमा कोरोना र अन्य बिरामीका लागि छुट्टाछुट्टै एम्बुलेन्स व्यवस्था

काठमाडौं । काठमाडौँ महानगरपालिकाले कोरोना भाइरस सङ्क्रमण भएका र अन्य बिरामीलाई अस्पतालसम्म लान ल्याउनका लागि छुट्टाछुट्टै निःशुल्क एम्बुलेन्सको व्यवस...

नेपाली कांग्रेसको कार्यसमिति बैठक बुधबार बस्दै, सबै केन्द्रीय सदस्यको पिसिआर नेगेटिभ

काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय कार्यसमिति बैठक बुधबार दिउँसो बस्ने भएको छ। यसअघि सोमबार बस्ने भनिएको बैठक केन्द्रीय सदस्यहरूको पिसिआर गर्ने भ...

पूर्वी नाकामा भारतीयको अनावश्यक आगमनमा रोक

झापा । नाका खुकुलो भएको विषयमा सबैतिरबाट आलोचना हुन थालेपछि पूर्वीनाका काँकडभिट्टामा भारतीय नागरिकको अनावश्यक आगमनमा रोक लगाइएको छ । भारतमा कोभिड–१९ ...

लोकमार्ग र टेलिकमबीच समन्वय नहुँदा फाइबर टुक्राटुक्रा

गलकोट । शुक्रबार साँझ एक्कासी नेपाल टेलिकमको टेलिफोन सेवा अवरुद्ध भयो । फोन अवरुद्ध हुँदा इन्टरनेटसमेत अवरुद्ध हुन्छ । धवलागिरिका चार जिल्लामा शनिबार...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Right Path
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending Alphabet Education Consultancy