काठमाडौं, असार २ । खानेपानी मन्त्री बीना मगरले शहीद र वेपत्ता नागरिकले देखाएको बाटोमा अघि बढ्ने प्रतिबद्धता व्यक्त गरेका छन् । नेकपा (माओवादी) ले सञ्चालन गरेको दीर्घकालिन जनयुद्धका क्रममा काठमाडौंबाट बेपत्ता पारिएका विपिन भण्डारी (सुशिल) र दिलबहादुर राई (प्रविण)को स्मृतिमा आयोजित “वेपत्ता योद्धाहरुको योगदान र वर्तमानमा हाम्रो दायित्व” विषयक कार्यक्रममा वहाँले यस्तो प्रतिबद्धता व्यक्त गरेकी हुन् ।
“हामी अहिले जुन राजनीतिक उपलब्धिको कुरा गर्दैछौं, त्यो सबै शहीद र वेपत्ता साथीहरुको योगदानका कारण हो ।” मन्त्री मगरले भनिन्, “हाम्रा सपना अझै पुरा भएका छैनन, हाम्रो लडाई जारी छ ।” माओवादी नेता विपिन भण्डारीबाट आफूले राजनीतिकरुपमा धेरै कुरा सिकेको बताउनुहुँदै मन्त्री मगरले व्यक्तिगत स्वार्थभन्दा जनताको हितलाई माथि राखेर राजनीति गर्नुपर्ने शिक्षा र प्रेरणा वहाँहरुबाट पाएको बताए । कञ्चनपुरबाट काठमाडौं आएको बेला राजनीतिक सचेतना र नेतृत्वदायी भूमिका निर्वाह गर्न प्रेरणा र उर्जा दिने दर्जनौं साथीहरु शहीद र केही वेपत्ता भएको उनले बताइन् ।
“हामीले वहाँहरुले साँचेको सपना बिर्सेका छैनौं । वहाँहरुको योगदानकै कारण आज देशमा यति परिवर्तन भएको छ ।” मन्त्री मगरले भनिन्, “तर वहाँहरुले खोजेको यतिमात्रै होइन, आम दुखी, मजदूर किसानको आँगनमा घाम झुल्किने व्यवस्था अझै आएको छैन । अहिले हामी त्यसकै लागि फेरी नयाँ संघर्षमा छौं ।” मन्त्री मगरले वेपत्ताहरुको अवस्था सार्वजनिक गर्न पटकपटक बिभिन्न तहबाट प्रयास भएपनि कतिपय साथीहरुको अवस्था सार्वजनिक हुन नसकेकोमा दुख व्यक्त गरिन् ।
aplly description here...
बैशाख १५ गते, २०७८ - १३:५४
काठमाडौं । नेपाल सुन चाँदी व्यवसायी महासंघले निषेधाज्ञा अवधिभर बैंकमार्फत हुने सुनको आयातलाई रोक्ने निर्णय गरेको छ । महासंघले बुधबार एक प्रेस बिज्ञेप...
बैशाख १५ गते, २०७८ - १३:०६
रोल्पा । रोल्पाको नुवागाउँको एक जंगलबाट सुरु भएको भीषण आगलागी बस्तिमा फैलिदा पिराले गाउँका २५ घर जलेर नष्ट भएका छन् । सोमबारदेखि त्रिवेणी–२ नुवागाउँस...
बैशाख १५ गते, २०७८ - १२:३४
काठमाडौं । सुनको भाउ तोलामा सात सय रुपैयाँले घटेर बुधबार ९० हजार पाँच सयमा कारोबार भएको छ । मंगलबार ९१ हजार दुई सय रुपैयाँमा कारोबार भएको छापावाल सुन...
बैशाख १५ गते, २०७८ - १२:०४
काठमाडौं । केन्द्रीय सदस्य सहित पार्टी कार्यलयका कर्मचारीलाई कोरोना संक्रमण पुष्टि भएपछि नेपाली कांग्रेसको केन्द्रीय समितिको बैठक स्थगित भएको छ । यसअ...
बैशाख १५ गते, २०७८ - ११:३१
काठमाडौं । नेकपा एमालेका तीन जना नेताहरु कोरोना संक्रमण पुष्टि भएको छ । कोरोना संक्रमण पष्टि हुनेमा उर्जामन्त्री समेत रहेका स्थायी कमिटी सदस्य टोपबहा...
बैशाख १५ गते, २०७८ - ११:१२
पोखरा । गण्डकी प्रदेश सभाका ३ सांसदलाई कोरोना संक्रमण पुष्टि भएको छ । सोमबारदेखि सुरु भएको प्रदेशसभाको विशेष अधिवेशनको दिन हिजो सत्तारुढ नेकपा एमालेक...
बैशाख १५ गते, २०७८ - ०९:१४
काठमाडौं । काठमाडौँ महानगरपालिकाले कोरोना भाइरस सङ्क्रमण भएका र अन्य बिरामीलाई अस्पतालसम्म लान ल्याउनका लागि छुट्टाछुट्टै निःशुल्क एम्बुलेन्सको व्यवस...
बैशाख १५ गते, २०७८ - ०८:५३
काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय कार्यसमिति बैठक बुधबार दिउँसो बस्ने भएको छ। यसअघि सोमबार बस्ने भनिएको बैठक केन्द्रीय सदस्यहरूको पिसिआर गर्ने भ...
बैशाख १५ गते, २०७८ - ०८:३३
झापा । नाका खुकुलो भएको विषयमा सबैतिरबाट आलोचना हुन थालेपछि पूर्वीनाका काँकडभिट्टामा भारतीय नागरिकको अनावश्यक आगमनमा रोक लगाइएको छ । भारतमा कोभिड–१९ ...
बैशाख १५ गते, २०७८ - ०८:२७
गलकोट । शुक्रबार साँझ एक्कासी नेपाल टेलिकमको टेलिफोन सेवा अवरुद्ध भयो । फोन अवरुद्ध हुँदा इन्टरनेटसमेत अवरुद्ध हुन्छ । धवलागिरिका चार जिल्लामा शनिबार...
प्रतिकृया लेख्नुहोस्: