Ntc summer Offer
Khabar Dabali १६ चैत्र २०८१ शनिबार | 29th March, 2025 Sat
Investment bank

सोरु गाउँपालिका सडक सञ्जालमा

  मुगु । मुगु जिल्लामा रहेको सोरु गाउँपालिका सडक सञ्जालमा जोडिएको छ । जिल्लास्थित स्थानीय तहका जनप्रतिनिधि र सरोकारवालाहरुको सहभागितामा सफल रुपमा चारपाङ्गे्र जीप सञ्चालन गरिएपछि यो गाउँपालिका सदरमुकामसँगै सडक सञ्जालमा जोडिएको जानकारी दिइएको हो । ग्रामीण पहुँच कार्यक्रमको आर्थिक तथा प्राविधिक सहयोगमा आर्थिक वर्ष २०७० फागुण २२ गतेबाट गमगढी गिलाह धुलाचौर सडकको निमार्ण कार्य शुरु भएको थियो । शुक्रबार गमगढी गिलाह २३ किमीमध्ये १७ किमी सडकमा सवारी साधान परीक्षणको रूपमा सञ्चालन गरिएको थियो । उक्त गाउँपालिकामा सडक पुगेसँगै नगरपालिका र गाउँपालिका एकापसमा जोडिएका छन् । सडक जोडिएसँगै सोरुगाउँपालिकामा उत्पादन हुने मास, सिमी, जडीबुटी र फलफूल जिल्ला सदरमुकाममा बिक्री वितरण गर्न र विकास निर्माणका सामग्री लिन सहज भएको गाउँपालिका प्रमुख लोगबहादुर शाहीले बताए । नगरप्रमुख हरिजंग शाहीले जनताको सहभागितामा उपकरणबिना गुणस्तरयुक्त सडक बनाएकामा ग्रामीण पहुँच कार्यक्रमलाई धन्यवाद दिँदै आफ्नो नगर क्षेत्रमा आगामी वर्षबाट यही कार्यक्रमबमोजिम सडक निर्माण गर्ने बताए । सडक निर्माणमा ७० समूहका एक हजार ५०० कामदार खटिएको र चार वर्षमा रु ३८ करोड खर्च भएको कार्यक्रमका प्रमुख मोहान रुवालीले बताए । उहाँले यो परीक्षणमात्र भएकाले कच्चे गाउँको तल रहेको ५०० मिटर पहरा फोरेपछि दुई महिनामा गिलाहमा २३ किलोमिटरमा सडक पुग्ने र आगामी पुस महिनामा यो सडक सञ्चालनमा ल्याइने बताए । मान्छेले काम गरेर गाडी गुड्ला भनेर आफूले नसोचेको सडक निर्माणमा सक्रिय निगाले गाउँकी कामदार जानसर खड्का बताए । सडक बनाउँदा आफ्नो गाउँमा प्रायः सबै घरले कम्तीमा रु सात आठ लाख कमाएको बताउँदै गाडी पुगेपछि सदरमुकाममा तरकारी बेच्न सहज हुने उहाँले बताए । यो गाउँमा जिल्लाकै नमूना तरकारीखेती हुने गरेको छ । रासस
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Global Ime Bank
Vianet Nepal Internet
world Link Nepal
Right Path
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Krishi Bikas Bank NIBL RIGHT SIDE Salt Trending Alphabet Education Consultancy