Ntc summer Offer
Khabar Dabali २० बैशाख २०८१ बिहीबार | 2nd May, 2024 Thu
NIMB

अनि एक्कासी होहल्लाबाट सन्नाटा छायो…

काठमाडाैं । सिठ्ठी फुके रेफ्रिले । समर्थकहरु पेनाल्टी….पेनाल्टी भन्दै तीन हात उफ्रिए । तर पेनाल्टी असफल भयो । एक्कासी होहल्लाबाट सन्नाटा छायो । खेल सकिन धेरै समय लागेन । मुखामुख गर्न थाले । के गर्यो यार…. मेस्सीले भन्दै प्रतिक्रिया जनाउन थाले । भिडमा मेस्सीको समर्थक नै बढि थिए। आइसल्याण्डको कम थिए । तर क्लब गेममा क्रिस्टियानो रोनाल्डोको समर्थक सबै आइसल्याण्डको पक्षमा ताली पिटिरहेका थिए । हेर.. हेर.. त्यो आइसल्याण्डले झेली गरेको । रेफ्रीले कुन चकलेट खाएछ ? एउटा मेस्सीलाई पाँच जनाले छोड्दैन अनि कहाँ सक्छ ? मेस्सीको अगाडि कस्को के लाग्छ ? जस्ता प्रश्न गर्दै मुरमुरिरहेका थिए, अर्जेन्टाइन समर्थक । मेसीको खुट्टामा बल पर्ने वित्तिकै गोल….गोल भन्दै उफ्रिरहेका हुन्थे । उता कमेन्टेटर पनि ‘हियर इज अगेन मेस्सी’ भन्दै ठूलो स्वर गरिहाल्थे । गए राती चोकचोकमा भेला भएका खेलप्रेमीमा देखिएको चित्र हो यो । अर्जेन्टिना र आइसल्याण्ड (विश्वकपमा युरोपबाट पहिलोपटक प्रवेश पाएको देश) बीच म्याच भएको थियो । खेलको दौरानमा अर्जेन्टिनाले ‘पेनाल्टी किक’ पायो । क्याप्टेन लिओनल मेस्सी पेनाल्टी हान्न तम्सिए । हाने पनि । तर आइसल्याण्डका गोलकिपरले मेस्सीको खुट्टाको हाउभाउ बुझे र गोल हुनबाट बचाए । मेस्सीले त्यसलाई सामान्य रुपमा स्विकारे। खेलपछि ‘म टुटेको छु’ भन्ने प्रतिक्रिया दिए । यो घटना चानचुने थिएन । दुनियाँभरका सञ्चारमाध्यम र समर्थकहरुले ‘महान खेलाडी’ ,‘फुटबलका भगवान’ ‘प्लेमेकर’ र ‘गोलमेसिन’ को रुपमा दर्ज गराएका छन् । नेपालमा मेस्सीका समर्थक धेरै छन्। उनका समर्थकहरु मेस्सीलाई फुटबलमा बादशाहको रुपमा परिचित गराउँछन् । असार १ गते भएको स्पेन र पोर्चुगलको गेममा रोनाल्डोले पेनाल्टीबाट गोल छिराउँदा मेस्सीका समर्थकहरुले खिसीट्युरी गरेका थिए । पेनाल्टी त जसले पनि छिराउँछ नि भन्दै सामाजिक सञ्जाल रंगाएका थिए । तर रोनाल्डोले धेरै राम्रा खेलाडीले सजिएको स्पेनलाई तीन गोल हानेर विश्वकपमा ‘ह्याट्रिक्स’ गरेका थिए । भोलिपल्ट मेस्सीले पेनाल्टी गुमाउने बित्तिकै आइसल्याण्डका समर्थकहरुले सयौँ ट्रोल र छेडखानीका श्रृंखला नै बनाए । पक्ष र विपक्षमा विभक्त भएर तल्लो स्तरमा स्टाटस हाल्न थाले । साँच्चै खेलको परख गर्ने समर्थकहरुले मेस्सी दबाबमा आएर खेल्नु हुँदैन । तिम्रो ‘स्पोर्टसम्यानसिप’को हामी कदर गर्छौँ भन्दै धेरैले सहानुभूतिका शब्द लेखे । त्यसो त क्लब गेममा पनि मेस्सीले नेतृत्व गरेको बार्सिलोना फुटबल क्लबले यो सिजनमा उपाधि हात पार्न असफल भएकै थियो । मेस्सी राम्रा खेलाडी हुन् । उनि भगवान पक्कै होइनन् । उनिसँग त्यस्तो कुनै जादुको छडी छैन। जसले जतिबेला पनि गोल हान्न असमर्थ छन् । पहिलो गेममा बराबरीमा रोकिँदैमा अर्जेन्टिना प्रतियोगिताबाट बाहिरिएको पनि छैन । नेपालीले एकजना व्यक्तिको नाममा सामाजिक सञ्जालमा तथानाम गालीगलौज र आरोप प्रत्यारोपमा उत्रिनुको कुनै तुक छैन । खेलकौशलको परख गर्दै सम्मान गर्ने बानीको विकास गर्नु उपयुक्त हुने देखिन्छ । गल्ती र कमजोरीलाई ढाकछोप गरेर समर्थकको मसिहा बन्न छोडे कति जाति हुन्थ्यो होला ?  
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending Alphabet Education Consultancy Pioneer Software Technologies