Khabar Dabali २३ चैत्र २०८२ सोमबार | 6th April, 2026 Mon

मन्त्री पण्डित भन्छन्, ‘काममा नजाने कर्मचारीलाई कारबाही हुन्छ’

पोखरा, असार ३ । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री लालबाबु पण्डितले प्रशासनमा अन्तरिक संक्रमण चलिरहेको बताएका छन्। पत्रकार महासंघ कास्कीले आइतबार पोखरामा गरेको पत्रकार भेटघाटमा मन्त्री पण्डितले असार मसान्तसम्म सबै प्रशासनिक संक्रमण अन्त्य हुने बताए। ‘स्थानीय तहमा ९५ प्रतिशत प्रमुख प्रशासकीय अधिकृत खटाइसकिएको छ’, उनले भने, ‘काममा नजाने कर्मचारीलाई कारबाही हुन्छ।’ बाँकी रिक्त रहेका ठाउँमा पनि व्यवस्था हुने उनले बताए। उनले भने,‘छिटै प्रदेश लोकसेवा आयोग गठन गरेर त्यसैमार्फत सबै ठाउँमा कर्मचारीको व्यवस्थापन गर्छौं।’ नेपाल सरकारले कर्मचारीलाई २४ घन्टामा जुनसुकै बेला जहाँ पनि खटाउन सक्ने समेत उनले बताए। मन्त्री पण्डितले उनले जागिर खाएर पनि पढ्ने र काम नगर्नेमाथि निगरानी भइरहेको बताए। सरकारी तलब पनि खाइरहने र बढुवाका लागि पढिरहने बानी नराम्रो भएको उनको भनाइ छ। ‘जनताको काम नगरी माथि जाने काम राम्रो होइन’, उनले भने। अवकासको २ वर्षसम्म कर्मचारीले आइएनजिओमा काम गर्न नपाउने सरकारी कर्मचारीले अवकास भएको २ वर्षसम्म कुनै एनजिओ, आइएनजिओमा काम गर्न नपाउने मन्त्री पण्डितले बताएका छन्। ‘राष्ट्रसेवक कर्मचारी अवकास पाउनेबित्तिकै एनजिओ र आइएनजिओमा काम गर्दा राष्ट्रको सूचनाको दुरुपयोग हुन्छ’, उनले भने। माथिल्लो पदका कर्मचारी सरकारी सूचनासँग अपडेट हुने भएकाले सूचनाहरु आइएनजिओहरुले प्रयोग गर्ने खतरा हुने उनले बताए। ‘त्यसका लागि राष्ट्रसेवक कर्मचारीलाई अवकासपछि पनि देशमै काम गर्नेगरी व्यवस्था मिलाउछौं,’ उनले भने। मन्त्री पण्डितले पदमा रहेसम्म उत्साहित भएर काम गर्न राष्ट्रसेवकलाई सुझाव समेत दिए।
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Salt
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending