Khabar Dabali ११ चैत्र २०८२ बुधबार | 25th March, 2026 Wed
Investment bank

गौतमबुद्ध विमानस्थल आयोजनाको खातामा पैसा आएपछि आन्दोलन स्थगित

लुम्बिनी, ६ असार । राष्ट्रिय गौरवको आयोजनाका रुपमा रहेको निर्माणाधीन गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा मुआब्जा पाउनुपर्ने माग राख्दै सोमबारदेखि जारी आन्दोलन स्थगित भएको छ । तत्काल मुआब्जा वितरणका लागि रु दुई अर्ब आयोजनामा आएपछि आन्दोलन स्थगित गरिएको आन्दोलनरत पक्षले जनाएको छ ।

मुआब्जा वितरणका लागि रु दुई अर्ब आइसकेको भोलिबाटै वितरण शुरु गरिने निर्माणाधीन गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलका आयोजना प्रमुख ओम शर्माले जानकारी दिए । मुआब्जा पाउने भएपछि स्थानीयवासीले गरेको आन्दोलन फिर्ता लिएसँगै विमानस्थलको निर्माण कार्य पुरानै गतिमा सञ्चालन भएको पनि उनले जानकारी दिए ।

एक महिना अगाडि नै मुआब्जा वितरणका लागि अर्थमन्त्रालयबाट रु पाँच अर्ब निकासा भए पनि नेपाल नागरिक उड्डयन प्राधिकरणका महानिर्देशक सञ्जीव गौतमले उक्त मुआब्जाको रकम आयोजनाको खातामा नपठाएका कारण पीडितले मुआब्जाको माग गर्दै तीन दिनदेखि आन्दोलन गर्दै आएका थिए । उनीहरुले गौतमविरुद्ध नाराबाजी गर्दै उनको राजीनामासमेत माग गरेका थिए । आन्दोलनको नेतृत्व गरेका प्रदेश नं ५ का प्रदेशसभा सदस्य सन्तोष पाण्डेयले मुआब्जा वितरणका लागि अर्थमन्त्रालयबाट निकासा भएको रु पाँच अर्बमध्ये रु दुई अर्ब आइसकेको जानकारी पाएपछि आन्दोलन स्थगन गरिएको बताए । उहाँले बाँकी रु तीन अर्ब पनि दुई दिनभित्र आउने पर्यटन राज्य मन्त्रीबाट आश्वासन पाएका कारण आन्दोलन स्थगन गरिएको बताउँदै बाँकी रहेको रु तीन करोड दुई दिनभित्र नआए आन्दोलन थप सशक्तरुपमा अगाडि बढाउने चेतावनी दिए । त्यस्तै, पीडितहरुले आगामी साउन महिनादेखि रु १० लाखबाट लाभकर तिर्नुपर्ने व्यवस्थाको विरोध गर्दै लाभकर खारेज गर्नुपर्ने माग गरेका छन् । रासस

aplly description here...

बिहिबारदेखि निषेधाज्ञाको अवधिभर सुन आयत नहुने

काठमाडौं । नेपाल सुन चाँदी व्यवसायी महासंघले निषेधाज्ञा अवधिभर बैंकमार्फत हुने सुनको आयातलाई रोक्ने निर्णय गरेको छ । महासंघले बुधबार एक प्रेस बिज्ञेप...

रोल्पामा भीषण आगलागी : जंगलमा लागेको आगो पिराले गाउँमा फैलिदा २५ घर खरानी, २४ चौपायाँ मरे

रोल्पा । रोल्पाको नुवागाउँको एक जंगलबाट सुरु भएको भीषण आगलागी बस्तिमा फैलिदा पिराले गाउँका २५ घर जलेर नष्ट भएका छन् । सोमबारदेखि त्रिवेणी–२ नुवागाउँस...

बुधबार सुनको भाउ घट्यो, चाँदी १३ सय पाँच रुपयाँमा कारोबार

काठमाडौं । सुनको भाउ तोलामा सात सय रुपैयाँले घटेर बुधबार ९० हजार पाँच सयमा कारोबार भएको छ । मंगलबार ९१ हजार दुई सय रुपैयाँमा कारोबार भएको छापावाल सुन...

नेताहरुमा कोरोना संक्रमण देखिएपछि कांग्रेस केन्द्रीय समिति बैठक स्थगित

काठमाडौं । केन्द्रीय सदस्य सहित पार्टी कार्यलयका कर्मचारीलाई कोरोना संक्रमण पुष्टि भएपछि नेपाली कांग्रेसको केन्द्रीय समितिको बैठक स्थगित भएको छ । यसअ...

मन्त्री रायमाझी सहित एमालेका तीन नेतालाई कोरोना संक्रमण पुष्टि

काठमाडौं । नेकपा एमालेका तीन जना नेताहरु कोरोना संक्रमण पुष्टि भएको छ । कोरोना संक्रमण पष्टि हुनेमा उर्जामन्त्री समेत रहेका स्थायी कमिटी सदस्य टोपबहा...

गण्डकी प्रदेशका तीन जना सांसदमा कोरोना पुष्टि, अविश्वास प्रस्तावको पक्ष विपक्षमा भोट हाल्न पाउने

पोखरा । गण्डकी प्रदेश सभाका ३ सांसदलाई कोरोना संक्रमण पुष्टि भएको छ । सोमबारदेखि सुरु भएको प्रदेशसभाको विशेष अधिवेशनको दिन हिजो सत्तारुढ नेकपा एमालेक...

काठमाडौंमा कोरोना र अन्य बिरामीका लागि छुट्टाछुट्टै एम्बुलेन्स व्यवस्था

काठमाडौं । काठमाडौँ महानगरपालिकाले कोरोना भाइरस सङ्क्रमण भएका र अन्य बिरामीलाई अस्पतालसम्म लान ल्याउनका लागि छुट्टाछुट्टै निःशुल्क एम्बुलेन्सको व्यवस...

नेपाली कांग्रेसको कार्यसमिति बैठक बुधबार बस्दै, सबै केन्द्रीय सदस्यको पिसिआर नेगेटिभ

काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय कार्यसमिति बैठक बुधबार दिउँसो बस्ने भएको छ। यसअघि सोमबार बस्ने भनिएको बैठक केन्द्रीय सदस्यहरूको पिसिआर गर्ने भ...

पूर्वी नाकामा भारतीयको अनावश्यक आगमनमा रोक

झापा । नाका खुकुलो भएको विषयमा सबैतिरबाट आलोचना हुन थालेपछि पूर्वीनाका काँकडभिट्टामा भारतीय नागरिकको अनावश्यक आगमनमा रोक लगाइएको छ । भारतमा कोभिड–१९ ...

लोकमार्ग र टेलिकमबीच समन्वय नहुँदा फाइबर टुक्राटुक्रा

गलकोट । शुक्रबार साँझ एक्कासी नेपाल टेलिकमको टेलिफोन सेवा अवरुद्ध भयो । फोन अवरुद्ध हुँदा इन्टरनेटसमेत अवरुद्ध हुन्छ । धवलागिरिका चार जिल्लामा शनिबार...

अरु धेरै
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्: