महान् फुटबलर मेसी आफ्ना नायक तथा अर्जेन्टिनाका फुटबलर लियोनल मेसीलाई प्रत्यक्ष देख्नु उनको सपना थियो । अन्ततः सो सपना पूरा गर्दै छन् । मेसी उनका नजरमा विश्वकै महान् फुटबलर हुन् । साइक्लिङका सोखिन उनी फुटबल भनेपछि मरिहत्ते गर्छन् । त्यही भएर उनले आफ्ना दुई मोहलाई एकैचोटि पूरा गर्दै छन् ।००० इरानबाट रसियाको राजधानी मस्को ४२ सय किलोमिटर टाढा पर्छ । उनको नजरमा इरान विश्वकै सुन्दर देश हो । इरानी नागरिक निकै दयालु देखिन्थे । ४५ दिन लामो इरान बसाइका क्रममा उनी जम्मा दुई दिन मात्र होटेलमा वास बसे । फ्रान्सिस दैनिक १० डलरभन्दा बढी खर्च गर्न सक्दैनथे । तर, उनी इरानमा मन लागेका ठाउँमा निस्फिक्री डुले । इरानीले उनलाई घरघरमा निम्तो दिए र टन्न खुवाए । इरानीको आतिथ्यले नतमस्तक भएका उनको परम्परागत धारणा परिवर्तन भयो । ‘इरानलाई हेर्ने मेरो दृष्टिकोण नै परिवर्तन भयो । भूराजनीतिक अवस्थाका आधारमा मात्र तपार्इं कुनै पनि देशबारे आफ्नो धारणा बनाउन सक्नुहुन्न,’ उनी भन्छन् । इरानका लोभलाग्दा प्राकृतिक वातावरणले उनले पूरै थकान बिर्सेका थिए । भारतको तुलनामा इरानमा साइकल चलाउन उनलाई सजिलो भयो । रसियामा जारी विश्वकपमा इरानी समूहको समर्थन गर्न प्रायः इरानीले उनको कबोल मागेका थिए । कतिपय इरानी बलिउडका प्रशंसक भएकाले उनलाई त्यहाँ घुलमिल गर्न कठिनाइ भएन । उनलाई लाग्यो– फुटबल र फिल्मले विश्वलाई जोडेको रहेछ । पालमुनि रात काटे उनको बाँकी गन्तव्य थियो अजरबैजान । सीमा प्रहरीले उनको यात्रासम्बन्धी कागजातलाई लिएर धेरै नै सास्ती दिएको थियो । कागजातमा टाँसेको फोटो र उनको अनुहारमा आकाश–जमिनको फरक थियो । निरन्तर साइकल चलाउँदा उनको तौल निकै घटेको थियो ।
दुबईका साइकल पसल चहारे । एउटा पसलमा ठीकैको साइकल भेटे । लामो दूरीको यात्राका लागि त्यो सर्वश्रेष्ठ थिएन । पैसासँग सम्झौता गर्नुपर्ने भएकाले त्यसैमा चित्त बुझाए ।‘म पासपोर्टको तस्बिरमा जस्तो हृष्टपुष्ट देखिन्नथे । मेरो विवरण पुष्टि गर्न प्रहरीलाई झन्डै आठ घन्टा लाग्यो,’ उनी भन्छन् । जे होस्, प्रहरीले उनीसँग भद्र व्यवहार देखाएका थिए । उनीसँग होटेलमा बस्ने पैसा थिएन । चिनेका पनि कोही थिएनन् । अजरबैजानका सार्वजनिक पार्कहरूमा पालमुनि रात काटे । उनका नजरमा अजरबैजानका मानिस विदेशीसँग तत्कालै झ्याम्मिँदैनन् । राजधानी बाकुमा उनको केही भारतीयसँग भेट भयो, तर आर्थिक सहयोग पाएनन् । झमेलै झमेला जर्जियामा पुगेपछि उनले निकै ठूलो झमेला सामना गर्नुप-यो । उनीसँग सबै कागजात थिए । तैपनि, उनलाई भिसा दिइएन । एक मनले उनलाई बेकारमा आएछु भन्ने लाग्यो । अजरबैजानका लागि उनको सिंगल इन्ट्री भिसा थियो । उनी जर्जिया र अजरबैजानको नो म्यान ल्यान्डमा पूरा एक दिन फसे । अन्ततः उनलाई अजरबैजानले आकस्मिक भिसा उपलब्ध गरायो । रसिया पुग्न उनले अर्को मार्ग खोज्नुप-यो । अजरबैजानले रसियाको सीमावर्ती डाजेस्टान क्षेत्रलाई छुने भएकाले उनी सोही बाटो मस्को पुग्ने निधो गरे । ‘असुरक्षित बाटोका बाबजुद डाजेस्टान जाने बाटो रोजेँ । किनकि फर्किने विकल्प थिएन,’ उनले भने । स्थानीय चकित अन्ततः उनी जुन ५ मा डाजेस्टान पुगे । त्यहाँ उनलाई भाषाको ठूलो समस्या थियो । डाजेस्टानमा मानिस मुस्किलले अंग्रेजी बुझ्थे । उनले फुटबल र फिल्मका विश्वव्यापी सांकेतिक भाषा प्रयोग गरे । अस्पष्ट भाषा प्रयोग गर्दै मस्कोबाट ४६० किलोमिटर दूरीमा रहेको दक्षिणी सहर तामभोम पुगे । साइकलमा एउटा ख्याउटे भारतीय विश्वकप हेर्न आउँदै छ भन्ने सुन्दा स्थानीय चकित परेका थिए । उनी २६ जुनसम्म राजधानी मस्को पुगिसक्नेछन् । सोही दिन फ्रान्स र डेनमार्कको खेलमा उनी सहभागी हुँदै छन् । सोही खेलका लागि उनले टिकट बुक गरिसकेका छन् । तथापि, उनी अर्जेन्टिनाका स्थायी समर्थक हुन् र मेसी उनका आदर्श खेलाडी हुन् । ‘म अर्जेन्टिनालाई समर्थन गर्छु, मेसी मेरा मन पर्ने खेलाडी हुन् । म उनलाई पूजा गर्छु । उनलाई भेट्नु मेरो सपना हो,’ उनी भन्छन् । फुटबलमा उत्प्रेरित होऊन् आफ्नो साइकल यात्राले फुटबल र फिटनेसलाई उत्प्रेरित गर्ने क्लिफिन फ्रान्सिस बताउँछन् । एक दिन भारत पनि विश्वकपमा सहभागी भएको उनी देख्न चाहन्छन् । उनी भन्छन्, ‘भारत पनि विश्वकपमा सहभागी भएको देख्न चाहन्छु । त्यसका लागि बढीभन्दा बढी बालबालिकालाई फुटबल खेल्ने अवसर दिनुपर्छ । आगामी २० वर्षमा भारत विश्वकपमा सहभागी हुने विश्वास छ ।’ आफ्नो यात्राले भारतमा एक मात्र बालबालिकालाई फुटबलमा उत्प्रेरित गरे आफू खुसी हुने उनी बताउँछन् ।
प्रतिकृया लेख्नुहोस्: