Khabar Dabali २८ मंसिर २०८२ शनिबार | 13th December, 2025 Sat
Investment bank

कसरी लाग्छ मानिसलाई रोग ?

संसारमा विभिन्न चिकित्सा पद्धतिको विकास भएको छ । फरक–फरक चिकित्सा विज्ञानले स्वास्थ्य र रोगलाई फरक–फरक तरिकाबाटै परिभाषित गरेको पाइन्छ । खासगरी एलोप्याथिक र योग विज्ञानले परिभाषित गरेको स्वास्थ्य र रोगबारे नयाँ पत्रिकामा उल्लेख छ : के हो स्वास्थ्य ? महर्षि चरकको भनाइअनुसार जसको त्रिदोष अर्थात् बात, पित, कफ र समयमा नै दिसा हुने क्रियाकलाप सन्तुलित अवस्थामा छ र आत्मा, इन्द्रिय र मन सधैँ प्रसन्न रहन्छ भने त्यही मानिस पूर्ण रूपमा स्वस्थ हो । होमियोप्याथीअनुसार शरीर, मन र जिवनीशक्ति अर्थात् आत्माको सन्तुलन नै स्वास्थ्य हो । यसैको असन्तुलन नै रोगको कारण हो । जसरी आयुर्वेदमा रोगको कारण बात, पित्त र कफ हो, यसरी नै होमियोप्याथीमा कुनै पनि रोगको कारण सोरा, सिफिलिस, साइकोसिस र ट्युबरक्लोसिस गरी चार कारण छन् । मानव शरीरमा हुने धेरैजसो मानसिक एवं शारीरिक रोगको मुख्य कारण नै यही हो । मन दूषित भएन भने तन पनि दूषित हुँदैन । मनको भित्री अवस्था नै रोगको रूपमा प्रकट हुन्छ । अर्थात् भित्र जस्तो छ, बाहिर पनि त्यस्तै देखिन्छ । रोग के हो ? मानिसको मनमा अनेक प्रकारका चाहना र वासना हुन्छन् । त्यसको पूर्ति भएन भने मन क्षुब्ध हुन्छ । मन क्षुब्ध हुनाले प्राण क्षुब्ध हुनुका साथै प्राणको नाडीतन्त्र प्रभावित हुनाले स्नायुमण्डल अव्यवस्थित हुन जान्छ । र, शरीरमा कुजिर्ण तत्व, अजिर्ण तत्व जम्मा हुन्छन् । फलस्वरूप कालान्तरमा गएर शरीरमा विभिन्न प्रकारका स्वास्थ्य समस्या उत्पन्न हुने गर्छ । यसैलाई नै रोग भनिन्छ । रोगका मुख्य दुई कारण १. दैनिक व्यवहार गर्ने क्रममा मानिसमा उत्पन्न हुने तनावको प्रतिफल नै सामान्यतया रोग हो । जसको समाधानको साधनलाई उसले प्राकृतिक चिकित्सा अर्थात् योग बताएको छ । २. अर्कोचाहिँ आकस्मिक रूपमा या कारणविनै हुने रोग हो । जस्तो कि चोटपटक लाग्नु, घरको छतबाट लड्नु, संक्रमण हुनु आदि कारणले उत्पन्न हुने गर्छ । कुन चिकित्सा विधि कस्तो ? मनको भावना तथा विचारको शुद्धीका लागि योग चिकित्सा विज्ञान निकै उपयोगी हुन्छ । शरीरको स्तरमा आयुर्वेद, होमियोप्याथी, प्राकृतिक चिकित्सा, युनानी, तिब्बतीय एवं अन्य चिकित्सा पद्धतिहरू उपयोगी हुन सक्छन् । रोगको उत्पत्ति र त्यसको निदानको विषयमा योग, आयुर्वेद एवं होमियोप्याथी, प्राकृतिक, युनानी चिकित्सा पद्धतिबीच सैद्धान्तिक एकरूपताजस्तो देखिन्छ । तर, त्यस्तो समानता आधुनिक चिकित्सा एलोप्याथीमा भने देखिँदैन । स्वास्थ्यबारे पूर्व र पश्चिममा निकै भिन्नता छ । एलोप्याथिकबाट कुनै रोगीको उपचार गर्दा रोगको निदानपश्चात् मुटु, श्वासप्रश्वास, पेट, नसा, मानसिक, छाला आदि श्रेणीमा वर्गीकरण गरी छुट्याइन्छ । त्यसपछि शरीरको प्रभावित भागको मात्र उपचार गरिन्छ । किनकि, आधुनिक चिकित्सा विज्ञानमा आधार भनेकै क्लिनिकल परीक्षण र रोगलाई नियन्त्रण गर्नु हो । तर, होमियोप्याथीलगायतका उपचारमा रोगीको लक्षण र मानसिक अवस्थाको पनि ज्ञान लिएर उपचार गरिन्छ । लेखकः होमियोप्याथिक कन्सल्टेन्स, अास्था होमियो क्लिनिक
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending