Khabar Dabali २५ चैत्र २०८२ बुधबार | 8th April, 2026 Wed

अर्जेन्टिनी समर्थकद्वारा झुन्डिएर आत्महत्या

उपाधि दाबेदार टिम विश्वकपबाट बाहिरिएपछि सामान्य जीवनमै फर्किन्छन् । खेलाडीहरू जति सक्दो छिटो हार बिर्सिने प्रयास गर्छन् । उनीहरू नयाँ अध्याय सुरु गर्नुपर्ने संकल्पका साथ पुनः फुटबल मैदानमा फर्किन्छन् । तर, कतिपय फुटबल फ्यानहरू यस्ता पनि हुन्छन्, जसले हारलाई सहज रूपमा लिन सक्दैनन् । त्यस्ता फुटबल समर्थक आफ्नो मन पर्ने टिमको हारलाई जीवनकै ठूलो हारका रूपमा लिने गर्छन् । अनि, जीवनको इहलीला नै समाप्त गर्छन् । अहिले भारतमा एउटा यस्तै घटना भएको छ । अर्जेन्टिना र लियोनल मेसीको टिम प्रिक्वार्टरफाइनलबाटै बाहिरिएपछि २० वर्षीय एक अर्जेन्टिनी समर्थकले मृत्यु रोजेका छन् । वेस्ट बंगालको माल्दा जिल्लाका मोनोतोष हाल्दरले आइतबार आत्महत्या गरेका हुन् । प्रिक्वार्टरफाइनलमा अर्जेन्टिना फ्रान्ससँग ४–३ ले पराजित हुँदा मोनोतोषले त्यसलाई सामान्य रूपमै लिए । शनिबार बिहानदेखि नै उनको मनमा धेरै कुरा खेल्न थाल्यो । राति परिवारसँगै रमाइलोसँगै डिनर लिए । मोनोतोषले परिवारका सदस्यहरूलाई ‘गुड बाई, सुत्न जान्छु’ भन्दै बिदा लिए । तर, परिवारका सदस्यहरूलाई के थाहा, वास्तवमै शनिबारको डिनर मोनोतोषको जीवनकै अन्तिम थियो । आइतबार बिहान मोनोतोष नउठेपछि परिवारका सदस्य उनलाई उठाउन गए । ढोकामा बारम्बार आवाज दिँदा भित्र कोठाबाट केही आवाज नआएपछि उनीहरूको मनमा चिसो पस्यो । त्यसपछि प्रहरी बोलाएर ढोका फोड्न लगाइयो । प्रहरी भित्र प्रवेश गर्दा मोनोतोष पंखामा झुन्डिएको अवस्थामा भेटिएका थिए । मोनोतोषका बुबा मोन्गोल हाल्दरले छोरा कुनै मानसिक रोगी नभएको प्रहरीलाई जानकारी दिएका छन् । ‘मेरो छोरा मानसिक रोगी होइन, विश्वकप आएपछि प्रत्येक दिन टिभीअगाडि फुटबल हेरिरहन्थ्यो,’ फुटबलप्रेमी छोरा बताउँदै मोन्गोलले भने, ‘उसलाई अर्जेन्टिना र मेसी भनेपछि केही चाहिँदैनथ्यो ।’ फ्रान्ससँग अर्जेन्टिना पराजित भए पनि छोराले त्यसलाई सामान्य नै व्यवहार गरेको बुबाले बताए । ‘हामीलाई मोनोतोषले यस्तो अकल्पनीय काम गर्छ भन्ने कत्ति पनि महसुस हुन दिएन,’ आँसु झार्दै मोन्गोलले भने, ‘अर्जेन्टिनाका लागि उसले आफ्नो अमूल्य ज्यान नै दियो ।’ अर्जेन्टिना विश्वकपमा पराजित भएपछि समर्थकले आत्महत्या गरेको यो पहिलो घटना भने होइन । समूह चरणमा अर्जेन्टिना क्रोएसियासँग ३–० ले पराजित भएपछि केरलाका दिनु एलेक्सले नदीमा हामफालेर ज्यान दिएका थिए । एजेन्सी
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Salt
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending