Khabar Dabali २१ चैत्र २०८२ शनिबार | 4th April, 2026 Sat

नुवाकोटमा गरिबी निवारणका लागि दश करोड लगानी

नुवाकोट । गरिबी निवारण कोषमार्फत नुवाकोटमा करीब रु १० करोड लगानी भएको छ । विसं २०७१ चैतदेखि शुरु भएर जिल्लाका साविक २५ गाविसमा सञ्चालनमा रहेको कार्यक्रममार्फत नेपाल सरकार गरिबी निवारण कोषमार्फत आयआर्जन, भौतिक पूर्वाधार र जीविकोपार्जनको क्षेत्रमा समुदायमा गठन भएका संस्थामार्फत रु नौ करोड ३६ लाख ९९ हजार लगानी भएको कोषको नुवाकोट एकाइ संयोजक एवं जिल्ला समन्वय समितिका प्रमुख सन्तमान तामाङले जानकारी दिए । तामाङका अनुसार विभिन्न चारवटा सामाजिक संस्थामार्फत सञ्चालनमा रहेको कार्यक्रमले १७१ सामुदायिक संस्था निर्माण गरी रु छ करोड १२ लाख ५२ हजार लगानी गरी घुम्ती कोष सञ्चालन गर्दै आएको छ । लगानीको ब्याजसहित कोषमा हाल रु १० करोड पुग्न लागेको हो । “संस्थामा आबद्ध भएका चार हजार ७६६ जना सदस्यलाई गरिबीबाट उन्मूलन गरी आर्थिकरुपमा समृद्ध बनाउन लगानी प्रभावकारी देखिएको छ ।” उनले भने “गरिबी निवारणको चरणअन्तर्गत न्यूनीकरणमा समेत उल्लेखनीय प्रगति हासिल गरेका छौँ ।” प्रधानमन्त्रीको अध्यक्षतामा रहेको उक्त कार्यक्रम गत चैत महिनादेखि सम्पन्न भएको र समय थप नहुँदा नयाँ कार्यक्रमको स्वरुप भने अन्योल छ । राष्ट्र नै गरीब रहेको अवस्थामा धेरै नेपाली गरिब रहे पनि त्यसको मापनको अवस्था नहुँदा अब आर्थिकरुपमा सचेतनाको माध्यमबाट मुलुकलाई समृद्ध बनाउन अब स्थानीय तहमार्फत कार्यक्रम सञ्चालन भएमा प्रभावकारी हुने तामाङले बताए । सरकारले लगानी गरेको रकम अहिले सम्बन्धित सामुदायिक संस्थामार्फत घुम्ती कोषको रुपमा सञ्चालनमा छन् । कोषलाई परिवर्तित स्वरुप र शैलीमा सञ्चालन गर्ने भनिए पनि अझै निर्णय नहँुदा सरकारको लगानी जोखिम र दुरुपयोगको खतरा देखिएको छ । रासस

Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Salt
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending